निर्णय नं. २१८९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१८९ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१३ २२५३ निर्णय नं. २१८९ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४४१ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : शा.अ. कृष्णधर श्रेष्ठ समेतको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला ओखलढुंगा देउराली गा.पं. वार्ड नं. ८ बस्ने टंकबहादुर खत्री फैसला भएको मिति : २०४१।११।१३।१ मा § तथ्ययुक्त ठोस सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने। (प्रकरण नं. २०) पुनरावेदक/वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. जि.का.सि.प्र.शाखा नाम्चेका पि.टिकाबहादुर मिति २०२६।१२।९ गते खाना खाई सुतेको थियो । राति के कुन समयमा अगाडि ढोका बाहिर झुण्डी मरेको देखेकोले जाहेर गरेको छु भन्ने समेत शा.अ.कृष्णधरको जाहेरी दर्खास्त । ३. मेरो दाजु टिकाबहादुर बस्नेत झुण्डी मरेको खबर पाई आई हेर्दा कर्तव्य गरी मारी झुण्ड्याएको देखिएकोले सो घरमा शा.अ.ख.नविन, मु.टंकबहादुर बाहेक कोही पनि नबस्ने गरेको र वारदातको दिन भित्रबाट ढोका समेत लागेको बुझिएकोले कर्तव्यवालालाई कारवाही गरिपाउँ भन्ने समेत नरेन्द्रकुमार बस्नेतको डोर मुकाममा परेको निवेदन । ४. मृतक टिकाबहादुरको घाँटीमा रातो नाइलनको डोरी सुर्काने पारी सरामा बाँधिएको, टाउको अगाडि भूइँतिर झुकेको, आँखा चिम्लिएको, नाक, मुखबाट रगत बगेको, जिब्रो टोकिएको, दुवै हातमा रगत लागेको, लास रहेको ठाउँमा रगत पोतिएको, डोरीमा एकहात जति रगत लागेको, लासको पछाडिबाट रगत झरेको लासदेखि २ फिटमा रगत लागेको, नाँगो खुकुरी रगत पुछिएको खबर कागज, लास उत्तानो पारी हेर्दा घाँटीमा घोक्रो कलनासो छिनेको अं. २ इन्च जति गहिरो अं.३ इन्च लामो घाउ भएको देखिएको भन्ने लासप्रकृति मुचुल्का । ५. २०३६ चैत्र ९ गते बेलुका १२ बजे म मादक पदार्थ सेवन गरी डेरामा आएँ । ख.नविनले ढोका खोल्नु भयो म ओछ्यानमा गई सुतेँ । सुतेपछि पिउन टिकाबहादुरले अगाडि देखी मलाई अ.त.हो भनी हाकिमलाई कुरा लगाएकोले मैले टिकाबहादुरलाई मार्ने विचार गरी सिरानको खुकुरी बोकी भान्छा कोठामा आई सलाई कोरी हेर्दा पि.टिकाबहादुर उत्तानो परी सुतिरहेको रहेछ । र खुकुरीले एक फेर जोडले रेटी दिएँ । निज उफ्रन थालेपछि घुँडाले छातीमा १०।१५ मिनेटसम्म थिची उफ्रन छोडेपछि झुण्डाई दिएको हुँ । मार्नेमा अरू कोही छैन भन्ने अभियुक्त टंकबहादुरले डोर मुकाममा गरेको कागज । ६. २०३६ चैत्र ९ गते नागरिकता बाँधेर ल्याएको रातो नाइलनको डोरी टंकबहादुरलाई राख्न दिएको थिएँ । बेलुका खाना खाई हामी सुत्यौं । टंकबहादुर आएको थिएन । राति कुन समयमा आई पि.टिकाबहादुरलाई मारी सो डोरीले झुण्डाएछ । मार्नेमा खास टंकबहादुर मात्र छ भन्ने समेत शा.अ. कृष्णधरले डोर मुकाममा गरेको कागज । ७. उक्त दिन खाना खाई सुत्यौं । पि.टिकाबहादुर छिडी कोठामा सुत्न झर्‍यो सो समयसम्म टंकबहादुर आएको थिएन । अं. १२ बजेतिर टंकबहादुर आई बोलायो ढोका खोली हेर्दा रक्सी खाई मातेको थियो । खाना खाने भन्दा रक्सी खाएको छु के खानु र भन्यो । कोठमा बत्ती बालेको थिएन, विस्तराम