निर्णय नं. २१९१ - ज्यानमार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१९१ - ज्यानमार्ने उद्योग भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/०९/२६ २६४९ निर्णय नं. २१९१ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको फौ.पु.नं. ४४४ मुद्दा : ज्यानमार्ने उद्योग पुनरावेदक/प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर न.पं. वार्ड नं. २ जलोटोल बस्ने इश्वरीराज बोहजु विरूद्ध विपक्षी/वादी : आशाबहादुरको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।९।२६।४ मा § चक्कु खोसी छुट्याएको भन्ने कुरा स्पष्ट देखिन आएको हुँदा प्रयोग गरेको हतियार र चोटको किसिमबाट मनसाय भएको पुष्टि हुने । (प्रकरण नं. १९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा तथा विद्वान सरकारी अधिबक्ता श्री राजेन्द्रराज पन्त उल्लेखित मुद्दा : x फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : म.क्षेत्रीय अदालतको ०४०।१२।१५ गतेको निर्णय त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन पर्न आएकोमा यस अदालत डिभिजन बेञ्चबाट पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार छ । २. २०३८।७।१४ गतेका दिन मेरो कान्छो छोरा रामेश्वर बोहजुलाई भ.पु.जि.ताथली गा.पं. वार्ड नं. ८ मा आइरहेको अवस्था माहिलो छोरा इश्वरीराजले मार्ने मनासयले चक्कुले हानेको घाइतेलाई अस्पतालमा भर्ना गरेको छु ज्यान मार्ने नियमतले चक्कु प्रहार गरी मार्ने इश्वरीराज बोहजुलाई प्रहरीद्वारा खोजतलास गरी कारवाही गरिपाउँ भन्ने समेत आशाबहादुरको जाहेरी दर्खास्त । ३. ०३८।७।१४ का दिन भाइ रामेश्वर समेत १०।१५ जना खेततर्फ जान लागेको, धानको विषयमा भनाभन भई भाइले नोलले हिर्काए पछि नाम थाहा नभएको व्यक्तिको हातबाट चक्कु खोसी भाइलाई भुँडीमा रोपी, निजका साथमा रहेका व्यक्तिहरूले लछार पछार गरेकोले कुन–कुन ठाउँमा हिर्काए थाहा भएन, भागी आउँदा हुलले घेरी राखेको अवस्था प्रहरीले पक्राउ गरी हस्पिटल लगी ०३८।७।१५ गते डिस्चार्ज भएको हो भन्ने समेत इश्वरीराज बोहजुको प्रहरी समक्ष गरेको कागज । ४. खेतमा गएको बखत इटुमरी भन्ने ठाउँमा मसँग नारायणभक्त, हरिबहादुर, विषलाल, कृष्णराज, विश्वनाथ थिए । इश्वरीराज घर फर्कन लागेका रहेछन् निजले मसँग कुस्ती खेल्ने मानिस को छ ? भनी भन्दा हामीले कोही पनि छैन जाउ हामी हाम्रो काममा जान्छौं भनी म साथीहरू अलि अघि र म पछि थिएँ, त्यसै अवस्थामा इश्वरीराजले एक्कासि मेरो पिठ्युँमा चक्कु हाने, त्यसपछि पेटमा पाखुरामा हानेपछि विषलाल समेतले चक्कु खोजे, म बेहोस भएँ अरू थाहा पाइँन भन्ने समेत घाइते रामेश्वर बोहजुको कागज । ५. हामी खेतमा फर्की जाँदा इश्वरीराज घरतिर जान लागेका रहेछन् हामीसँग रामेश्वर पनि थिए । जाँदैका बखत निजले मसँग कुस्ती खेल्ने मानिस को छ भनी भन्दा तिमीसँग कुस्ती खेल्ने कोही छैन तिमी तिम्रो बाटो जाउ हामी हाम्रो काममा जान्छौ भनी हामी अघि अघि लाग्यौं रामेश्वर हाम्रो पछाडि थियो निजहरू भनाभन गर्दै थिए । त्यसैबखत इश्वरीराजले चक्कुले हानेछ रामेश्वरको कराएको आवाज सुनी फर्की हेर्दा चक्कुले धमाधम हानी रहेको देखी म समेतलाई डर लागी के गरेको भनी भन्दा इश्वरीराज बोहजुको चक्कुको चोटबाट रामेश्वर भुइँमा लडे, निजको हातको चक्कु खोस्दा मेरो हातमा घाउ लाग्यो भन्ने समेत विषलालको र सोही मिल