निर्णय नं. २८६१ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८६१ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०७ २१४५ निर्णय नं. २८६१ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २२०१ आदेश भएको मिति : २०४३।९।७।२ मा निवेदक : ल.पु.जि.लगनटोल बस्ने प्रेमभक्त तुलाधर विरुद्ध विपक्ष : ललितपुर नगर पञ्चायतसमेत विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) हक बेहकमा अदालतमा नालेश गर्नु भनी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम सुनाई दिन प्रत्यर्थी कार्यालय ललितपुर नगर पञ्चायतको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री पूण्यप्रसाद अर्याल विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. मेरो आफ्नो दर्ताको ल.पु.जि.ल.पु.न.पं.वार्ड नं. १२(क) स्थित कि.नं.१९१ मा कायम भएको रोपनी ०–४–२ मा उत्तरतर्फबाट जग्गा बाँकी राखी एकतल्ले टहरा बनाई बसोबास गर्दै आएको छु । विपक्षी अम्बिका ज्ञवालीले मेरो दाता राजन खड्काको पालामा मिति २०३७।४।३ मा ल.पु.न.पं.बाट नक्शा पास गराई घर बनाउनु भएको छ । दक्षिणतर्फ पर्खाल समेत बनाउने साईटप्लान पेश गर्नुभएकोमा पर्खाल भने अद्यावधिक सम्म बनाउनु भएको छैन । विपक्षी अम्बिका ज्ञवालीले घरको नक्शा पास गराउँदा दक्षिणतर्फ ३” १०” जग्गा बाँकी राख्‍नु भएको छ । जुन कुरा नगर पञ्चायतबाट पारित नक्शाबाट परिलक्षित हुन्छ । ३. विपक्षीले सो आफूले दक्षिणतर्फ बाँकी राखेको ३” १०” जग्गा र मैले आफ्नो उत्तरतर्फ (अर्थात् विपक्षीको दक्षिण साँध) मा प्रकाश एवं हावा समेतलाई छाडेको जग्गा समेतमा घर बनाउने धृष्टता गर्नु भयो र नक्शा पास नै नगरी घर बनाउन शुरु गर्नासाथ निर्माण हुन लागेको घर रोक्का राखी पाउँ भनी विपक्षी ललितपुर नगर पञ्चायतमा मिति ०४२।३।१० मा निवेदन गरे उपर कारवाही हुँदा कि.नं.१३० भित्र पारी बनाएको भन्ने देखिँदा मिति ०४३।३।१० को निवेदन बमोजिम कि.नं.१९१ को कित्तामा समेत गर्ने गरी बनाएको नदेखिने भनी विपक्षी नगर पञ्चायत कार्यालयबाट नगर पञ्चायत ऐन, २०१९ को दफा ४९ समेतको उल्लंघन गरी मिति ०४२।६।२२ मा आदेश गरियो । जबकी हक बेहक गर्नु पर्ने स्थिति उत्पन्न भएमा नालिश गर्न सुनाई ठहरे बमोजिम गर्नु पर्ने हुन्छ । यसरी विपक्षी ललितपुर नगर पञ्चायतद्वारा मिति ०४२।६।२२ मा गरिएको आदेशबाट संविधानको धारा १०(१) द्वारा प्रत्याभूत कानुनको समान संरक्षणको मौलिक हक धारा १०(२)(ङ) एवं धारा १५ द्वारा प्रदत्त सम्पत्ति विषयक मौलिक हक समेत कुण्ठित भएको र नगर पञ्चायत ऐन, २०१९ द्वारा प्रदत्त कानुनी हक समेत आघातित भएकोले धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी मिति २०४२।६।२२ को आदेश र तत्सम्बन्धी सम्पूर्ण कारवाही बदर गरी पुनः कानुन बमोजिम कारवाही र निर्णय गर्नु भन्ने परमादेशको आदेश जारी गरी कुण्ठित हकको संरक्षण र प्रचलन गरी पाउँ भन्ने निवेदन जिकिर । ४. यसमा के भएको हो ? विपक्षीहरू संग जवाफ झिकाई वा अवधि नाघी आएपछि नियम बमोजिम पेश गर्नु भन्ने मिति ०४२।११।२७ को यस अदालतको सिंगलबेञ्चको आदेश । ५. म अम्बिका ज्ञवालीले २