निर्णय नं. २१९२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१९२ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/०४ २४४२ निर्णय नं. २१९२ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. २०३१ विषय : उत्प्रेषण निवेदक : जिल्ला गुल्मी अर्वाधोक घर भै हाल जि.का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी डेरागरी बस्ने माधवप्रसाद उपाध्याय अर्याल विरूद्ध विपक्षी : श्री ५ को सरकार भूमि सुधार विभाग काठमाडौं भूमि सुधार कार्यालय काठमाडौं पशुपति अमालकोट कचहरी देवपाटन काठमाडौं का.जि. का.न.पं. वार्ड नं. २९ बकेनापाटी बस्ने लिला देवी थपलिया ऐ ऐ वार्ड नं. २ लाजिम्पाट बस्ने माधव प्रसाद उपाध्याय अर्याल आदेश भएको मिति : २०४१।११।४।६ मा § जग्गाधनीको निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई नभएको । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल उल्लेखित मुद्दा : x आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. जग्गावाला लक्ष्मीकुमारी मानन्धरका नाममा का.माल साविक मौजा ठमेलको हा.नं. ११७ को लगतमा हिलेडोल भन्ने खेत रोपनी २–०–० दर्ता भए मध्ये नापी हुँदा का.जि.गोंगबु गा.पं. वार्ड नं. ४(ग) कि.नं. २८९ को ०–१५–० ठहर भई ज.ध. लक्ष्मीकुमारी र जोताहामा मेरो नाम लेखिएको छ । माहिला प्रजापतिसँग जोत तेरो मेरो मुद्दा पर्दा म मोही ठहरी भू.सु.का. काठमाडौंबाट २०२९।४।२२ मा फैसला भयो । मैले मोहियानी हकको प्रमाणपत्र २०३६।१०।७ मा प्राप्त गरेको छु । विपक्षी लिलादेवीले खिचोला गरेकोले मेरो उजूर पर्दा गुठीको जग्गा हो भनी झुठ्ठा प्रतिवाद गर्नुभयो । विपक्षी भू.सु.का. बाट भू.सु.वि.को निर्देशानुसार विवादित जग्गा पशुपति अमालकोटको हुँदा यस सम्बन्धमा निर्णय गर्ने कार्यक्षेत्र यस कार्यालयको नहुँदा वादी दावी खारेज हुने ठहर्छ भनी २०४०।१०।१५ मा निर्णय भयो । ३. यसरी पशुपति अमालकोटको जग्गा हो भनी हक बेहकको निर्णय गर्न पाउने अधिकार विपक्षी कार्यालयलाई छैन । लिलादेवीले कीर्ते माधवप्रसाद खडा गरी बकसपत्र गराई लिए उपर कीर्ते मुद्दा, पशुपतिनाथ अमालकोटले दर्ता गरे उपर दर्ताबदर गराई हक कायम गरिपाउँ भन्ने मुद्दा समेत मिति ०४०।१०।१०।२ का हु.प्र.बमोजिम बा.अं.अ. को इन्साफ जाँचिने भई हाल म.क्षे.अ. को विचाराधिनमा छ । उही कार्यालयबाट पहिले मेरो जोत ठहरी फैसला भएको र मोहियानी हकको प्रमाणपत्र समेत प्रदान गरेकोमा ऐले गुठीको जग्गा भनी हक पुग्ने व्यक्तिको उजूरी खारेज गर्न मिल्ने होइन । हकमा विवाद परेपछि ज.ध. लक्ष्मीकुमारी तथा निजका हकवालालाई बुझ्नुपर्ने सो भएको छैन । मोहियानी सम्बन्धी मुद्दा भू.सु.का.को कार्यक्षेत्र भित्र भएकोमा आफ्नो स्वविवेकबाट निर्णय गर्नुपर्नेमा विपक्षी विभागको निर्देशन लिने र दिने गरेको त्रुटिपूर्ण छ । तसर्थ विपक्षी कार्यालयको मिति २०४०।१०।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कारवाही निर्णय गर्न परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेश । ५. विवादको जग्गा पशुपतिनाथ अमालकोटको देखिएको हुँदा यस कार्यालयबाट निर