निर्णय नं. २८६२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८६२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०७ २१७७ निर्णय नं. २८६२ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २३६२ आदेश भएको मिति : २०४३।९।७।२ मा निवेदक : ल.पु.जि.अ.लगनखेल बस्ने प्रेमभक्त तुलाधरसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयसमेत विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) फिराद परी कारवाही भई अदालतमा विचाराधीन रही रहेको प्रस्तुत विषयमा ललितपुर जिल्ला अदालतको निर्णयबाट नै हुने हुँदा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत मुद्दा परी निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. ल.पु.न.पं.वार्ड नं. १२ मा म निवेदक प्रेमभक्त तुलाधरले निर्माण गरेको टहरा घरको सम्बन्धमा विपक्षी अम्बिका ज्ञवालीले काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिमा बाटो कायम गराउन पर्खालको ढोका मेरो जग्गामा राखेकोले सो पर्खालको ढोका बन्द गरी पाउँ भनी मिति २०३९।९।२९ मा उजूर दिनु भएको उपर कारवाही हुँदा काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिले बाटोको हकमा उजूर सुन्ने निर्णयबाट हुने नियम विपरीत पर्खाल ढोका निर्माण गरेको हकमा चाहीं नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को दफा ६ को उपदफा (१) को अधिकार प्रयोग गरी रु.५००।– जरिवाना गर्ने मिति ०४०।१०।९ मा निर्णय भएको थियो । ३. तत्पश्चात विपक्षी अम्बिका ज्ञवालीले उपत्यका नगर विकास योजना कार्यान्वयन समितिले ढोका बन्द गर्ने सम्बन्धमा ठहर निर्णय नगरेको भन्ने आधारमा श्री ५ को सरकारमा पुनरावेदन गर्नुभएको रहेछ । उक्त पुनरावेदनको सम्बन्धमा तत्कालीन माननीय निर्माण तथा यातायात राज्यमन्त्री श्रीप्रसाद बुढाथोकीबाट काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिले शुरु कारवाहीको सिलसिलामा नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को दफा ६ को उपदफा (१) बमोजिम रु.५००।– जरिवाना गर्ने गरेको फैसला मनासिब देखिन्छ । अर्काको जग्गातर्फ पर्खालको ढोका राखेकोले सो ढोका बन्द गराउन पर्ने देखेको हुँदा अम्बिका ज्ञवालीको जग्गातर्फ प्रेमभक्त तुलाधरले राखेको पर्खालको ढोका बन्द गराउने ठहर्छ भनी मिति २०४२।६।३० मा निर्णय भएको छ । ४. विपक्षी अम्बिका ज्ञवालीको मिति २०३७।४।३ मा ल.पु.न.पं.मा पास गरेको नक्शामा स्पष्टतः आफ्नो पूर्व किल्लामा बाटो देखाउनु भएको, जुन बाटो हामीहरूको जग्गामा आएर टुंगिन्छ जसमा हामीले ढोका राखेका थियौं । नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को दफा ६ ले बाटोमा रहेको ढोका बन्द गराउने अधिकार निर्माण तथा यातायात मन्त्रीलाई छैन यसरी पुनरावेदन तहबाट निर्णय गर्दा शुरु निर्णय फरक पर्ने भएमा अ.बं.को २०२ अनुरुप हामीलाई बुझी निर्णय दिनु पर्नेमा हामीलाई समेत नबुझी प्राकृतिक न्यायको सिद्धान्त समेतको प्रतिकूल गरी मिति २०४२।६।३० मा निर्णय गर्नुभएकोबाट मेरो संविधानद्वारा प्रदत्त कानुन संरक्षणको मौलिक हक धारा ११(२)(ङ) एवं