निर्णय नं. २१९३ - अंश लिखित बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१९३ - अंश लिखित बदर भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/१०/१५ २७३० निर्णय नं. २१९३ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ५०१ मुद्दा : अंश लिखित बदर पुनरावेदक/वादी : जि.मोरङ गोविन्दपुर गा.पं. वडा नं. ९ बस्ने अमरलाल राजवंशी विरूद्ध विपक्षी/प्रतिवादी : जि.मोरङ गोविन्दपुर गा.पं. वडा नं. ९ बस्ने चिनी राजवंशी मरी मु.स. गर्ने निजको पत्नी ऐ. बस्ने तेलानी राजवंशी ऐ बस्ने सम्त तेलानी राजवंशी ऐ बस्ने मट्ठतासरी राजवंशी ऐ बस्ने पुस्पतलाल राजवंशी फैसला भएको मिति : २०४१।१०।१५।२ मा § सगोलको सम्पत्ति बकस दिँदा लेनदेन व्यवहारको १० नं. ले मञ्जूरी लिन पर्ने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवदेशकुमार सिंह विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पू.क्षेत्रीय अदालतको मिति ०४०।२।३१ को निर्णय फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मूल पुर्खा किन्नुलालका ४ छोरा मध्ये जेठा टिकमलाल, माहिला चिनी, साहिला म अमरलाल र कान्छा मोतिचन्द्र समेत हो । बाबु आमा र कान्छा मोतिचन्द्र अघि नै परलोक भएका जेठा दाजु टिकमलाल माहिला चिनी साहिला म अमरलाल कान्छा भइ मोतिचन्द्रको पत्नी सस्तासरी र छोरा सम्पत पुष्पत समेत हामी सबै एकै सगोलमा बसी बाबु किन्नुको आर्जनको निजको नाउँबाट टिकमलालका नाउँमा दर्ता भएको गोविन्दपुर गा.पं. वडा नं. २,३,५ को जग्गा र बाबुको नाउँको जग्गा चिनीका नाउँमा नामसारी दर्ता भएको ऐ. वार्ड नं. ९ के घर जग्गा चौपाया समेत सगोलमै भोगी आएकोमा जग्गाको हेरचार टिकमलाल र सुनचाँदी तालाकुन्जी बुहारी सस्तासरीले गरी आएकोमा धेरै परिवार बढिएका सगोलमा बस्न नसक्ने भएबाट ०३०।३।१ गते भात भान्सा अलग गरी जग्गाको आयस्ता दाजुहरूले दिए जति खाई भोगी आएकोमा ०३१ साल बैशाखमा जेठा दाजु टिकम परलोक हुनु भयो । वहाँको छोराछोरी कोही नभएबाट सगोलका ३ अंशियारहरू मध्ये १ अंशी चिनीलाल १, अंशी म वादी र १ अंशी मोतिचन्द्रको अंश भाग खाने सस्ता, सम्पत, पुष्पत समेतले सल्लाह गरी टिकमलालका नाउँको जग्गा चिनी, अमर, सम्पतका नाउँमा संयुक्त नामसारी गर्दा गराउन पञ्चायतबाट सिफारिश समेत भएको जग्गा नामसारी दर्ता हुन नपाउँदै सोही आषाढ महीनामा विपक्षीहरूसँग मैले पाउने अंश दिनुहोस् भन्दा नामसारी नगरी बण्डा हुँदैन, सबैले घर छाडी हिड्नु हुँदैन तिम्रो हकमा वारेसनामा लिई जान्छौं संयुक्त नामसारी गरी लिई आउँछौं भनी लेखी राखेको कागज १ थान र यो बिग्रियो भने फेरि किन आइरहनु भनी नलेखेको १ थान कागजमा समेत सहिछाप गरी लगे र ०३१ साल आश्विन लागेपछि सबै प्रतिवादीहरू जम्मा भएको बखत अंश छुट्याई दिनु होस् भन्दा खेरी एकै मुख लागी अंश लिने आसा नगर भनी जवाफ दिएको र निजहरू ०३१ साल आश्विन २७ गते भू.प्र.का. मोरङ आई बुझ्दा ०३१ साल श्रावण १ गते मै दाजु चिनीले निजका नाउँको जग्गामध्येबाट प्र.सस्तासरीलाई २–१–१ सम्पतलाई २–८–१९ पुष्पतलाई २–१४–९ जग्गा समेत ७–४–९ बकसपत्र पास गरी दिएको थाहा भयो जग्गा दर्तावाला माहिला दाजु, घरको राखन धरन गर्ने बुहारी र निजका छोरा समेतले अंशबण्डा गरी नदिएकोले अंशबण्डाको ३५ नं. ले ३ भाग अंश मलाई यहाँ नदिई मञ्ज