निर्णय नं. २१९४ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१९४ - ठगी भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/१०/०४ २३८१ निर्णय नं. २१९४ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको डि.फौ.पु.नं. ४४८ मुद्दा : ठगी पुनरावेदक/प्रतिवादी : रौतहट गौर गा.पं. वा.नं. ९ बस्ने कमलेश्वर उपाध्याय ऐ ऐ बस्ने मिथिला देवी विरूद्ध विपक्षी/वादी : रौतहट जिल्ला साविक बसतपुर गा.पं. वडा नं. ८ हाल बर्डहवा गा.पं.बस्ने अम्बिकादेवी ब्राम्हणी फैसला भएको मिति : २०४१।१०।४।५ मा § बन्धकी राख्न दिएको भनी स्वीकार गरी विश्वासको भरमा रसिद भर्पाई नलिएको र सुन निखन्न जाँदा के को सुन कस्तो सुन भनी निखन्न नदिएको भनी ठगी अन्तर्गतको कार्य गरेको भनी परेको वादी दावा ठगीको १ नं. को परिभाषासँग मिल्ने देखिँदैन । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित उल्लेखित मुद्दा : x फैसला न्या. हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।३।३१ मा भएको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. प्रतिवादी बम्बईको माइती भएको र मेरा कान्छा छोराको ससुराली घर जि.सिराहा मदनपुर गा.पं.मा भएको र जान पहिचान रहेको उसमा पनि मेरो ज्वाइँ नारायणप्रसाद रौ.जि.अ.मा सरूवा भई आउँदा निजहरूकै घरमा डेरा गरी बसेबाट समेत बढी सम्पर्क हुँदा लोग्नेको पालाको सुन तोला ६ को २ लराको सिकरी र २ तोलाको पिटवा चुरी थान १ र १।। तोलाको असर्फीको औंठी १ समेत जम्मा ९।। सुन घर व्यवहारको लागि बन्धकी राख्नुपर्ने हुँदा प्रतिवादीहरू कहाँ ल्याई राखी ०३४ सालको मालपोत तिर्न रू. ४००। र छोरी बिदाई गर्न रू. ४००। समेतको आवश्यकता परी गहना बैंकमा राख्न ०३४।१।१ का दिन गौर आई बन्धक राखी रुपैयाँ लिने कुरा गर्दा प्रतिवादीहरूले यो यति गहना लिई गौर बडहर्वा बराबर आवत जावत गर्दा जीउज्यानको खतरा हुन्छ भन्ने भयभित कुरा गरी मलाई फकाई बेइमानी चिताई गहना बन्धकी राखी रुपैयाँ ल्याई दिन्छु भनी भनेका सबै रुपैयाँको अहिले आवश्यकता छैन पोता तिर्न रू. ४००। लिनुस् आषाढमा छोरी बिदाईको अवस्थामा लानु भनेकाले रू. ४००। आषाढमा बुझी लिई ०३५ सालमा प्र.हरूलाई रू. ८००। चैत्र महीनामा बुझाउन गई बुझी लिनुस् मेरो गहना दिनुस भन्दा रुपैयाँ बुझ्न इन्कार गरी म कहाँ कहिले कस्तो तपाईंको सुन भनी जवाफ दिनुभएकोले प्र.हरू माथि ठगीका कुराको पञ्चायत गराउँदा मसँग ठगी गरेको कुरामा सिद्ध भई छोरीको विवाहमा केही खर्च गरेको छ केही दिनपछि जग्गा बिक्री गर्दा सब पूरा गरी दिउँला भनेकोमा नदिएकोले मोल बिगो रू. १३६५०। को सुन ठगी गरेको हुँदा उक्त बिगो दिलाई ठगीको १ नं. अनुसार सजाय गरिपाउँ भन्ने वादी । ३. वादी दावी बमोजिम हामीले ठगी गरेको छैनौं वादी दावी झुठ्ठा हो । वादीको ज्वाइँ मेरो घरमा केही वर्ष अघि भाडामा बसी रू. १००। बाँकी लगाई ०३५ सालमा निज रौ.जि.अ.मा सरूवा भई आउँदा घर डेरा सासू लिई खोज्न आउँदा पहिलेको रुपैयाँ माग्दा इन्कार गरेकोले भाडामा घर दिन्न भन्ने इवीबाट वादीलाई उचाली झुठ्ठा नालिश गरेको हुन् भन्ने प्रतिउत्तर । ४. वादी दावी बमोजिमको सुनको ठगी गरेको ठहर्छ भन्ने समेत रौतहट जिल्ला अदा