निर्णय नं. २८६४ - सवारी दुर्घटनाबाट मृत्यु भएको ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८६४ - सवारी दुर्घटनाबाट मृत्यु भएको ज्यान भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/२३ २५९७ निर्णय नं. २८६४ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको साधक नं. १०१ फैसला भएको मिति : २०४३।९।२३।४ मा वादी : दिलकुमारी गुरुङको जाहेरीले श्री ५ सरकार विरुद्ध प्रतिवादी : महेशकुमार ताम्राकार मुद्दा : सवारी दुर्घटनाबाट मृत्यु भएको ज्यान (१) मानिस मार्छु नै भन्ने नियतले गाडी नहाँके तापनि मानिस मर्न सक्छ भन्ने सम्भावनालाई जानी जानी लापरवाही गरी गाडी हाँकेको मान्नु पर्ने हुन्छ । तसर्थ मानिस मार्ने मेरो नियत थिएन भन्ने इन्कारी जिकिरलाई सफाइको पर्याप्त आधार मान्न नमिल्ने । (प्रकरण नं. १६) फैसला न्या.हरिहरलाल राजभण्डारी : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट साधक निकासाको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. मिति ०४०।१२।४ गते बेलुकी खाना खाई छोरा डेरामा सुताई गर्मी भएकोले म बाहिर गफ गरी बसेको अवस्थामा महेशकुमार ताम्राकारले पूर्वाञ्चल कम्पनीको अ.ख. १६६ को गाडीको बत्ति पनि डिम गरी हर्न नबजाई ल्याई मेरो डेराभित्र घुसाई मेरो छोरो किचाई भाग्न लाग्दा राजेश राई समेतका व्यक्तिहरूले पक्राउ गरी समयमै प्रहरीमा दाखिल गरेको हुँदा कानुन बमोजिम कारवाही गरी सजायँ गरी पाउँ भन्ने दिलकुमारीको जाहेरी दर्खास्त । ३. उक्त गाडीको म खलासी हुँ । ०४०।१२।५ गते बिहान धनकुटा जानको लागि गाडी स्टेण्डमा राखी ड्राइभर सुत्न जानु भएकोले साथीहरूको सल्लाह अनुसार दुर्गा श्रेष्ठको घरमा रक्सी खाएर करिब ११.३० बजे बस स्टेण्डमा आउँदा विनोद बान्तवाले मलाई पुर्याई देउन भनेकोले निजलाई र लालबहादुरलाई गाडीमा राखी गाडी हाँकी लग्दा स्पीड बढी भएकोले कन्ट्रोल गर्न नसकी खहरे खोलाको पिलरमा ठोकियो । त्यसपछि बारमा ठोकियो घरभित्र पसेकोले म ओर्ली भाग्न लाग्दा पक्राउ गरी ल्याएका हुन् । मेरो गाडी चलाउने लाइसेन्स छैन । म ड्राइभर नहुँदा गाडी स्टेण्डमा लाने, तेल राख्न लाने समेत मैले गर्ने गरेको हो भन्ने समेत ०४०।१२।६।२ मा महेशकुमारले प्रहरीमा गरेको बयान । ४. दश (१०) वर्षको सन्तोषकुमार गुरुङ सुतिरहेको अवस्थामा गाडीले किची मारेको हो मलाई खुट्टामा मामुली घाउ लागेको छ भन्ने शेरबहादुर कार्कीले प्रहरीमा गरेको बयान । ५. को.अ.ख. १६६ को गाडी मैले चलाउने गरेको ०४०।१२।४ गते राती महेशकुमारले गाडी चोरी भगाउँदै लगी दुर्घटना गरी मानिस समेत मारेको भन्ने गाडी चालक होमबहादुर ताम्राकारको जाहेरी दर्खास्त । ६. खलासी महेशकुमारले रक्सी खाई गाडी दुर्घटना गरी मानिस मारेको हो । मेरो आदेशले गाडी चलाएको होइन भन्ने महेन्द्र बुढाथोकीले प्रहरीमा गरेको कागज । ७. महेशकुमारले रक्सी खाई लापरवाही साथ गाडी एक्सीडेन्ट गरी मानिस किची मारेको भन्ने समेत व्यहोराको ०४०।१२।२३ को सरजमीन मुचुल्का । ८. क्रिया खर्च र क्षतिपूर्ति बापतको रकम २०४०।१२।१० मा मृतकको आमा दिलकुमारीले र अरु घर नोक्सान भएको क्षतिपूर्ति बापतको रकम पासाड्ड लामा र हस्तबहादुर राईले ०४०।१२।२० मा चालकतर्फबाट बुझी लिएको कागजबाट देखिएकोले सो तर्फ दावी नलिने सन्तोष गुरुङको मृत्यु भएको तर्फ आफ्नो कर्तव्यको कारणबाट मानिस मर्छ भन्ने जानी जानी सवारी धनीको इजाजत बिना सवारी चलाउने प्रमाणपत्र नै नभएको व्यक्तिले रातको समयमा अनियमित तिव्र गतिमा गाडी हाँकी ज्यान मारेकोमा मुलुकी ऐन ज्यानसम्बन्धीको १३(