निर्णय नं. २८६६ - अपुताली दर्ता नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८६६ - अपुताली दर्ता नामसारी भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०७ २७२९ निर्णय नं. २८६६ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.फु.नं. ७०५ फैसला भएको मिति : २०४३।९।७।२ मा पुनरावेदक/वादी : रुपन्देही गा.पं.वसन्तपुर वार्ड नं. २ परसौनी बस्ने भगवानी अहिरनी विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.गा.पं.सिकहन वार्ड नं. २ बस्ने सुमेश्वर अहिर विषय : अपुताली दर्ता नामसारी (१) अघिल्लो लोग्नेको सम्पत्तिमा अपुतालीबाट आफ्नो हक कायम गराई लिएपछि यदि विपक्षी सित पोइल जान्छ भने स्त्री अंश धनको ६ नं. ले अघिल्लो लोग्नेतर्फको सम्पत्तिमा कुनै हक कायम नरही अघिल्लो लोग्नेतर्फको कानुन बमोजिम हकवालाले खान पाउने व्यवस्था भएको र अघिल्लो लोग्नेको छोरी भएको र अपुतालीको २ नं.ले निज मरेपछि निजको हक खाने अरु कानुन बमोजिमको नजिकका हकदार नभए बाँकी छोरीले पाउने स्पष्ट कानुनी व्यवस्था भएकोले छविराजको नाउँको सम्पत्तिमा वादी दावी बमोजिम वादीको हक कायम भई नामसारी समेत गरी पाउने ठहर्छ । (प्रकरण नं. १२) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नीप्रसाद खरेल प्रत्यर्थी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।९।११ को फैसला उपर मिति २०४२।१।११।३ को स.अ.डिभिजनबेञ्चको आदेशानुसार पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. मृतक मेरा बाबु चुल्हाईको स्त्री मेरी आमा छवीबाट जन्मेकी छोरी हुँ । बाबु चुल्हाई अघि नै र आमा ०३४ साल मार्ग महीनामा देहान्त भएकी र छवीराजीको म मात्र १ छोरी भएको ३ पुस्तामा हकवाला समेत नभएकोले आमाका नाउँमा दर्ता भएको जग्गा मेरा नाउँमा नामसारी गराई पाउँ भनी मालमा दर्खास्त दिएको थिएँ, विपक्षी सुमेश्वरले मेरो स्वास्नी ०३४ साल मार्गमा मरेकाले हकदार म हुँदा नामसारी गरी पाउँ भनी मालमा दर्खास्त दिएका रहेछन् । छविराजी मेरी स्वास्नी भन्ने सुमेश्वर छविराजी चुल्हाईको श्रीमती मेरो आमा भएकोले नामसारी गरी पाउँ भन्ने भगवानी अहिरनी भएकोले मृतक छविराजीको लोग्ने सुमेश्वर वा चुल्हाई को हुन् छविराजीको हक खाने पनि सुमेश्वर हुन् या छोरी भगवानी को हुन हक बेहक गराई ल्याउनु भनी मालबाट मिति २०३६।८।१० मा निर्णय भएको मृतक छवीराजी सुमेश्वरको स्वास्नी नभई चुल्हाईको स्वास्नी मेरो आमा हुन् रामनगरको शिर र शिर साथको नम्बरी समेतका जग्गा विगहा ३५।।२।।१ जिमदारी खान्गी भा.रु.१६।।। भएको जिमिदारी हिस्सा चार आना बाबु चुल्हाई देहान्त भएकोले उक्त जिमिदारी दर्ता सम्बन्धमा मुद्दा चली जिमिदारी शिर र नम्बरी जग्गा मध्ये आधी दुई आना हिस्सा मृतक चुल्हाईको छोरी म भगवानीले दर्ता गराई भोग गर्ने, आधी हिस्सा जिमिदारी मध्ये १ खण्ड आमा छविराजीले दर्ता गराई भोग गर्ने, १ खण्ड बाबु चुल्हाईको कान्छी स्वास्नीको छोरा रामवलीको विधवा स्त्री फुलमतीले दर्ता गराई भोग गर्ने गरी मिलापत्र गर्ने मध्येका फुलमतीको मञ्जूरनामा विपक्ष सुमेश्वरले दाखेल गरी म भगवानी, फुलमती र छविराजी समेतको अपील तहबाट चलेको मुद्दामा २०१६ साल आषाढ २३ गते पाल्ही माझ खण्ड गोश्वारामा मिलापत्र भएको नक्कल पेश गरेकी छु । सो बाट आमा छवीराजी बाबु चुल्हाईको म छोरी भन्ने प्रष्ट छ । चुल्हाईका नाउँको