निर्णय नं. २८६७ - कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८६७ - कीर्ते भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/१७ २५२२ निर्णय नं. २८६७ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४० सालको फौ.पु.नं. ४६८ फैसला भएको मिति : २०४३।९।१७।५ मा पुनरावेदक/वादी : सप्तरी जिल्ला वनर झुला गा.पं.वार्ड नं. ६ को हाल खोजपुर गा.पं.वार्ड नं. ४ खोजपुर बस्ने गणेशप्रसाद सिंह विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.कोइलाडी गा.पं.वार्ड नं. ३ बस्ने कृष्ण चन्द्रप्रसाद सिंहसमेत मुद्दा : कीर्ते (१) सक्कल लिखत हेरिएमा लिखतको सबै हरफहरूको मसी फुलेको र लिखतको शिर हरफको “लिखतम” शब्दको “लि” भन्ने अक्षर अगाडि अनावश्यक “आ” अक्षरको धर्सो देखिएको त्यसको अलावा ठाउँ ठाउँमा अक्षरहरूमा दोहरा धर्सो पनि देखिएको मिति बन्दका अक्षरहरू पनि अरु हरफ मिलान नदेखी पुछारको कारणीको सहि र ल्याप्चे नछोओस भनी कसी लेखिएको देखिएको र लिखतको बीचमा कुनै थपकेर नभएको ठाउँमा पनि दुई ल्याप्चेको रेखाहरू देखिन आएको सो ल्याप्चेका रेखाहरू विपक्षीको जिकिर बमोजिम कागज पट्याउँदा सर्न गएको भन्ने अवस्था समेत नदेखिएकोबाट रेखा तथा लेखा विशेषज्ञको राय समर्थित हुन नआएकोबाट त्यस्तो लिखतलाई सद्दे नठहराई कीर्ते ठहराएको शुरुको इन्साफ उल्टो गरेको मिलेको नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा चित्त नबुझी पुनरावेदक वादी गणेशप्रसाद सिंहले पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा पेश गरेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. सप्तरी खोजपुर गा.पं.अन्तर्गत मेरो हकभोगको ८–१–१७½ जग्गा मैले कसैलाई बिक्री लेखत गरी नदिएकोमा २०३३।७।१ गते विपक्षी कृष्णचन्द्र समेत मिली मेरो हक मेटाई नोक्सान पार्ने नियतले रु.५५,०००।– मोल र २०३२।१२।१२ को मिति राखी उक्त जग्गाको कीर्ते राजीनामा लेखत खडा गरी लेखत पारीतमा नालेश समेत गरेकोले कीर्ते गरेमा कीर्ते कागजको ७ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. वादी दावी बमोजिम कीर्ते गरेको होइन वादीले रु.५५,०००।– बुझी उल्लिखित जग्गाको राजीनामा गरी दिएको सद्दे लेखत हो र म्यादमा पारित गरी नदिएकोले नालेश परी पास हुने ठहरी फैसला समेत भइसकेको हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिउत्तरपत्र । ४. रु.५०००।– को वैना कागजसम्म लेखी दिएको हुँ कृष्ण चन्द्रप्रसाद सिंहलाई कुनै किसिमको लेखत गरी दिएको होइन भन्ने समेत वादीको वा.कटकबहादुरको बयान । ५. रुपैयाँ बुझी खुशी राजीले गरी दिएको सद्दे लेखत हो भन्ने समेत प्र. वा.वैद्यनाथको बयान । ६. एउटा भइरहेको कुनै लेखतलाई कुनै रसायनबाट उडाई अर्को लेखत गरेको सम्पूर्ण तत्व विद्यमान भएको देखिनाले प्रस्तुत विवादास्पद लेखत सद्दे नभई कीर्ते ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको फैसला । ७. उक्त शुरु अदालतको इन्साफमा चित्त नबुझी प्रतिवादीहरूको पूर्वाञ्चल क्षेत्रीय अदालतमा संयुक्त पुनरावेदनपत्र परेको रहेछ । ८. लिखत पारित मुद्दा अन्तिम भई पारित हुने ठहरिएको अवस्थामा विवादीत लिखत कीर्ते ठहर्दा परस्पर बाझिएको अवस्था सृजना भएकोले शुरुको फैसला फरक पर्ने भएबाट अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने २०३९।३।२९।३ को पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनब