निर्णय नं. २८६८ - घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८६८ - घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/१० २१४२ निर्णय नं. २८६८ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.नं. ७५२ फैसला भएको मिति : २०४३।९।१०।५ मा पुनरावेदक/वादी : जि.पर्सा धोरे गा.पं.वा.नं.७ बस्ने मखुलाल राउत वरै विरुद्ध विपक्षी/प्रतिवादी : वीरगञ्ज न.पं.वा.नं.१३ बस्ने बिजुलीप्रसाद प्रधानसमेत मुद्दा : घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ (१) मोही जग्गालाई साविक जग्गाधनीले बेच्न सक्ने कुनै कानुनी अधिकार समेत देखिन नआएको अतिरिक्त प्रतिवादीका लिखत जेठो देखिएको अवस्थामा केवल सर्भे कि.नं.को आधारमा मात्र वादीको विवादीत जग्गामा हक कायम गराउन नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल फैसला न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले यस अदालतमा दिएको निवेदनमा अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. मेरो नाउँमा दर्ता रहेको जिल्ला पर्सा श्रीपुर गा.पं.वा.नं.७ कि.नं.१२८ को जग्गा सहितको ज.वि.०–०–१५ नक्शा जाँच गर्दा ज.वि.०–१–५ कायम भई मेरो नाउँमा दर्ता कायम भएको उक्त जग्गामा विपक्षीले ०३५।३।९ गते नक्शा पास नगराई जबरजस्ती घर बनाउन लागेकोमा मनाही गर्दा नमानेकोले नालेश दिएको चलीरहेको छ । उक्त झगडा परेको जग्गामा टुङ्गो नलागी हाल विपक्षीहरूले उक्त फुसको घर बिगारी पक्की घर बनाउन लागेको देखी रोक्का समेत गराउँदा भएको रोक्का समेत नमानी विपक्षीहरूले बेगर नक्शा पासमा मेरो जग्गा मध्ये पूर्व दक्षिण कुनाबाट उत्तर दक्षिण लामो फुट ३२–६ “पूर्व पश्चिम चौडाई १५–७” भएको जग्गामा जबरजस्ती पक्की १ तले घर ०३७।५।१५ गते तैयार गरेकोले मोल रु.१५५६।– जाने माथि लेखिएको पक्की घर हटाई चलन समेत चलाई पाउँ भन्ने फिराद दावी । ३. फिरादीको जग्गा श्रीपुर गा.पं.अन्तर्गतको र हाम्रो जग्गा वीरगञ्ज नगर पञ्चायत अन्तर्गतको भई विरौटी समेत तिरी आएको ०२९ सालदेखि नै जग हाली पक्की र फुसको घर बनाई आएकोमा ०३६।१२।२६ गते आगलागी भई जलेपछि ०३६ साल चैत्र देखि पूरानै जग माथि घर बनाउन शुरु गरी बैशाख लागे पछि तैयार गरी बसोबास गरी आएका छौं । ०३७।५।१५ गते देखि घर तैयार पारेको भन्ने वादीको लेखाई झुठ्ठा हो भन्ने समेत प्रतिउत्तर । ४. यही जग्गा सम्बन्धमा यिनै वादी प्रतिवादी बीच चलेको जग्गाखिचोला घर हटाई चलन मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी आजै फैसला भएको र प्रस्तुत मुद्दा पनि उही जग्गाको सम्बन्धमा देखिन आएकोले समेत वादी दावा पुग्न सक्दैन भन्ने समेत शुरु पर्सा जिल्ला अदालतको फैसला । ५. सो फैसलामा चित्त बुझेन फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत वादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन । ६. विवाद उठाएको जग्गामा वादीको हक कायम भई दे.पु.नं. २१४ को मुद्दामा आजै निर्णय भएकोले सो मुद्दा चल्दा चल्दै यस मुद्दामा विवादको घर बनाएको समेतमा वादी आएकोमा दावी नपुग्ने भनी भएको शुरुको इन्साफ मिलेको नदेखिँदा बदर हुने ठहर्छ । दावी बमोजिम बनाएको भनिएको घर हटाई चलन पाउने ठहर्छ भन्ने नारायणी अञ्चल अदालतको फैसला । ७. सो फैसलामा चित्त बुझेन पुनरावेदन