निर्णय नं. २८६९ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८६९ - जालसाजी भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०७ २३१२ निर्णय नं. २८६९ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको फौ.वि.नं. ८८ फैसला भएको मिति : २०४३।९।७।२ मा पुनरावेदक/प्रतिवादी : जि.संखुवासभा मादी रामदेवी गा.पं.वार्ड नं. २ बस्ने लक्ष्मीप्रसाद दाहालको हकमा र आफ्नो हकमा समेत ऐ.ऐ.वडा नं.७ बस्ने तुलसीप्रसाद दाहाल विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं. ५ बस्ने यमुनादेवी उपाध्याय मुद्दा : जालसाजी (१) वादीको जग्गामा प्रतिवादीले घर बनाएको भए घर बनाउनेको महल अन्तर्गत उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विद्वान अधिवक्ता श्री शिवराज अधिकारी फैसला न्या.रुद्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी निवेदक प्रतिवादी लक्ष्मीप्रसाद दाहालको हकमा र आफ्नो हकमा समेत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा बिन्तिपत्र जाहेर हुँदा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ बिन्तिपत्रवालालाई दिनु भन्ने हुकुम बक्स भई आएकोमा विविधको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. विर्ता उन्मूलन ऐन अनुसार रैकरमा परिणत भई मेरा नाउँमा ३। कोदाले गरी जम्मा तिरो रु.२।४७।२ मा मेरो नाउँमा दर्ता भई मेरो हकमा भएको जग्गा मध्ये मादी विर्ता विर्ता गा.पं.वार्ड नं. ५ मा पर्ने मूल बाटो माथिको कोदाले तिरो रु.८२।२ लाग्ने ओखरे ½ बारीको दक्षिण तेर्हथुम जाने मूल सडक पर्ने हुनाले २०२० सालमा मूल सडकमा साइड मिलाई लम्बाई हात १७ चौडाई हात ९ को ढुड्डे गारो फुसको छानो २ तल्ला छापेको घर मैले बनाई लक्ष्मीप्रसादलाई दोकान गर्न प्रतिवर्ष भाडा रु.२४०।– मा २०२३।३।१ देखि १० वर्षको लागि बहालमा दिएको गोपालप्रसादलाई भन्दा बारी र घर समेत लक्ष्मीप्रसादले मेरा पिता तुल्सीप्रसादलाई राजीनामा दिई हक भइसकेको छ । छाडदिनु भन्दा छाड्दिन भनेकोले अन्यायीहरूले लिनुदिनु गरेको नक्कल ०३३।३।९ गते सराई ल्याई हेर्दा मेरो हकको बारी मध्ये मूलबाटो पूर्व तेर्सो धारा जाने बाटो पश्चिम २ वाटा जोडेको उत्तर मूलबाटोको भ्यागुते ढुड्डाको दक्षिणतर्फको मुडको साझो दुदिलाको रुख बुटातक दक्षिणको बारी म जमुनाबाट ०१९।१।१ मा राजीनामा लिई घर बनाएको भनी बिक्री गर्ने लक्ष्मीप्रसाद लिने तुल्सीप्रसाद साक्षी बस्ने गायत्रीप्रसाद जगन्नाथ भई रु.५२००।– को अंक राखी ०३३।२।२१ गते राजीनामा पास गरेछन् मेरो जग्गा विपक्षीहरूले जालसाजबाट लिनु दिनु गरेको रु.५२००।– को लेखत बदर गरी जालसाजी गरेमा सजायँ गरी पाउँ भन्ने समेतको जमुनादेवीको फिराद दावी । ३. मैले २०२० सालमा घर बनाई भोगी आएको भाडा लिएको होइन । मैले गोपालप्रसादलाई भाडामा दिई राखेकोमा तुल्सीप्रसादले किन्न मागेकोले रु.५२००।– लिई ०३३।२।२१ मा जग्गा राजीनामा गरी दिएको छु । वादीले लिखत गरी दिई वादीका लिखतबाट पिता लक्ष्मीप्रसादका हक भई भोगेको जग्गा घर पिता लक्ष्मीप्रसादले तुल्सीप्रसादलाई राजीनामा गरी दिनु भएकोले हामी जगन्नाथ गायत्री साथ साक्षी बसेका हौं । जालसाज गरेको भन्ने वादी लेख झुठ्ठा हो भन्ने समेत व्यहोराका प्रतिवादी लक्ष्मीप्रसाद समेतको एउटै प्रतिउत्तरपत्र । ४. प्रतिवादी लक्ष्मीप्रसादले तुल्सीप्रसादलाई