निर्णय नं. २१९७ - पर्वते रजौटा कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१९७ - पर्वते रजौटा कायम भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०९ ४३०० निर्णय नं. २१९७ ने.का.प. २०४१ अङ्क १२ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४० सालको दे.पु.नं. ४४ मुद्दा : पर्वते रजौटा कायम निवेदक : का.जि.का.न.पं. वा.नं. ३३ बस्ने जयन्द्रबम मल्ल विरूद्ध विपक्षी : जि.पर्वत पाङ गा.पं. वा.नं. ४ नुवार बस्ने दुर्गाबहादुर मल्ल फैसला भएको मिति : २०४१।१२।९।६ मा § पर्वते राजा मलाई कायम गरिपाउँ भन्ने प्रमाणको अभावमा दावी पुग्न सक्ने देखिएन । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजुरमा श्री जयन्द्रबम मल्लले मिति २०३८।११।२४ मा पर्वते रजौटाको नाम नेपाल राजपत्रमा प्रकाशित गरी पर्वते रजौटाले पाउनुपर्ने पहिले देखिको भत्ता दिनु भन्ने हुकुम प्रमांगी पाउँ भन्ने विषयमा चढाई पठाउनुभएको बिन्तिपत्र र सोही विषयमा पर्वते राजा भएकोले भत्ता पाउन अर्थ मन्त्रालयको फाइलमा संलग्न रहेको श्री दुर्गाबहादुर बम मल्लले मिति ०३६।१२।२४ मा सम्माननीय प्रधानमन्त्री कहाँ दिनुभएको निवेदनबाट एउटै पदको लागि दुई व्यक्तिको दावी देखिन आई विवाद खडा हुन आएको कुरा जाहेर हुँदा सर्वोच्च अदालतको फुल बेञ्चले पर्वते राजा को हुन् भन्ने कुरा कानुन बमोजिम निर्णय गरी टुङ्गो लगाउन मौसुफ सरकारबाट हुकुम बक्सेको छ भन्ने समेत श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट लेखी आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भए बमोजिम प्रस्तुत मुद्दा फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. प्रमाण मुकररको लागि पेश गर्नु भन्ने ०४०।८।२३ को फुल बेञ्चको आदेश अनुसार पेश हुँदा श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहबाट राज्य विजय गर्दा पर्वतमा कीर्ति बम मल्ल राजा हुनुहुन्थ्यो त्यसपछि पर्वत राज्यमा १९८७ साल सम्म कुनै राजा भएनन् म समेतका बाजे चन्द्रबहादुर बमले चौतारिया जंगप्रताप शाहकी दिदी तथा तत्कालीन श्री ३ भिमशमशेरका नाताकी मेरी बज्यै नरराजेश्वरीलाई कान्छी श्रीमती बनाई विवाह गर्नु भएछ कान्छी पट्टि जेठा राजा देवेन्द्रबहादुर, माहिला मेरा बुबाले गजेन्द्रबहादुर र कान्छा नरेन्द्रबहादुर समेत ३ छोरा हुनुभएको, जेठी पट्टि दुर्गाबहादुरका बुबा पृथ्वीबहादुरको जन्म भएको रहेछ । तत्कालीन राणाशासनका नाताकी व्यक्ति नरराजेश्वरी हुनाले वहाँका जेठा छोरा देवेन्द्रबहादुर बमलाई पर्वत राजा कायम गरी १९८७।५।१६।२ मा ख.नि.सनद भएको थियो । सो ख.नि. समेत पेश गरी मैले भत्ता बारे बिन्ती चढाएको फाइल समेत सिंहदरबार आगलागीमा परेकोले सो मिसिल आगलागीमा परेको कुरा समेत दर्शाई मैले ०३६।८।२१।६ मा बिन्ति चढाएको छु । नरराजेश्वरीलाई रानी भन्ने सम्बोधन गरी राजाले खान पाउने माना चामल बारे वहाँ र वहाँका सन्तान दर सन्तानले खान पाउने गरी २००३।९।१८ मा सनद भएको हो । उक्त सनदले मेरो बज्यै र वहाँको सन्तानले नै खान्गी खान पाउने भएको हुनाले समेत पर्वते राजाको राज पदवी पाउने देवेन्द्रबहादुरको हक भयो । राजा देवेन्द्रबहादुर सन्तान नभई २००६ साल जेष्ठ महीनामा परलोक हुनुभयो । कान्छा बुबा परलोक हुनुभएको र जेठा बु