निर्णय नं. २१९८ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१९८ - अंश दपोट भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०२ २६५० निर्णय नं. २१९८ ने.का.प. २०४१ अङ्क १२ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको दे.पु.नं. ५४ मुद्दा : अंश दपोट पुनरावेदक/वादी : का.जि.का.न.पं. वा.नं. २६ को हाल वा.नं. १ अन्तरगत कमल पोखरी बस्ने पद्‌मबहादुर राजकर्णिकार विरूद्ध विपक्षी/प्रतिवादी : गणेशबहादुर राजकर्णिकारको मु.स.गर्ने ऐ.ऐ. बस्ने अमर राजकर्णिकार ऐ ऐ बस्ने महाजन राजकर्णिकार ऐ ऐ बस्ने घनश्याम राजकर्णिकार फैसला भएको मिति : २०४१।१२।२।६ मा § दपोट गरेको ठहरेमा दपोट गरेको भनेको सम्पत्ति जे जस्तो अवस्थामा छ त्यो नै दपोट नगर्ने पक्षले पाउने हो । (प्रकरण नं. २१) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी र बरिष्ठ अधिबक्ता श्री लक्ष्मण अर्याल र विद्वान अधिबक्ता श्री यादव खरेल उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : डिभिजन बेञ्चसमक्ष पेश हुँदा मा.न्या. हरूबीच मतैक्यता हुन नसकी स.अ.नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी मध्ये गणेशबहादुर मेरा दाजु महाजन र घनश्याम मेरा भाइ हुन् । हामीहरू ४ जना कृष्णबहादुरको छोरा हौं र एका उदरबाट जन्मेका हौं । हामीहरू सबैले बाबुको सल्लाह अनुसार पाउरोटीको काम मैले गरी आएको र २०१२।६।१८।३ मा मेरै नाउँमा नेपाल प्राइभेट कम्पनी कानुन बमोजिम रजिष्टरी दर्ता गरी पाउरोटी उत्पादन गरी आएकोमा पछि आमा प्राणमाया र हामी ४ जनाका नाउँमा साझेदारी ऐन बमोजिम दर्ता गरिएपछि आमा प्राणमाया स्वर्गीय भएको हुँदा आमाको नाम कट्टा गरी हामी ४ भाइका नाउँमा चालु भइरहेको अवस्था हामी चारै जनाको सल्लाहबाट कम्पनीमा परिणत गराई बैंकमा रहेको रुपैयाँ झिकी नयाँ कारखानामा लगाउनु पर्‍यो, सबैले आफ्नो–आफ्नो रुपैयाँ झिक्ने होला भन्ने सम्झी मेरो र मेरा परिवारका नाउँमा बैंकमा रहेको रुपैयाँ झिकी लगी दाजुभाइहरूलाई दियौं । आफ्नो नामको रुपैयाँ नझिकेबाट र कृष्ण पाउरोटी भण्डार प्रा.लि. को शेयर पनि आफ्ना–आफ्ना नाममा मात्र रहने परिवन्द मिलाएको कुरा थाहा पाई यस्तो किन गरेको भन्दा भनाभन भई घरबाट जाउ भनेकोले अंश मुद्दा परी ०३१।४।१७ मा मानो छुट्टिएकोमा मानो छुट्टिएको मिति कायम गरी फैसला भयो । विपक्षीले अंश मुद्दामा तपसीलको फाँट दिँदा माल सामान र बैंकमा राखेको नगदी समेत जम्मा बिगो रू. २०,५०,९८७।– ९ बण्डा हुने गरी लुकाई अरू सम्पत्तिको मात्र फाँटवारी दिएको छ । कृष्ण पाउरोटी भण्डारको शेयर सम्बन्धमा र बैंकको डिपोजिट सम्बन्धमा निजहरू मिली मलाई खबर नदिई कुनै कागज मिलाएका छन् या रकम झिकी हिनामिना गरेछन् भने पछि नामाकरण गर्न पाउने हुँदा निजहरूले दवाएको माथि लेखिएको चल सम्पत्ति मेरो एकलौटी हुने हुनाले विपक्षीहरूबाट दिलाई भराई र नाम दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षी र म समेत सबै अंशियारले चल धनमाल बुझी लिई खडा गरिएको ०३०।८।२३ को हो बण्डापत्र कागज अंश मुद्दामा विपक्षीलाई सुनाउँदा सद्दे हो भनी स्वीकार गरेको छ । सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा ०३०।८।२३ गते घरसारमा चल सम्पत्ति ४ दाजु भाइले लिए दिएको भनेको चल सम्पत्ति दाखिल भएको तायद