निर्णय नं. २१९९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१९९ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/०९/११ २१७२ निर्णय नं. २१९९ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको डि.फौ.पु.नं. ३६४ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : नरबहादुरको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : झापा तोपगाछी गा.पं. वार्ड नं. ४ बस्ने श्री चामलिङ राई समेत फैसला भएको मिति : २०४१।९।११।३ मा § मार्ने मनसाय र नियत नभए पनि चुप्पी जस्तो धारिलो जोखिम हतियार झिकी चलाउँदा भिडमा कसैलाई लागी मर्न सक्छ भन्ने जानी जानी होस नपुराई हेलचेक्राई गरी भीड भएको वारदात स्थलमा चुप्पी फन्काई घुमाउँदा लाग्न गई सो चुप्पीको चोटबाट मृत्यु भएको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं. को अपराध गरेको भन्न मिलेन । (प्रकरण नं. ३४) पुनरावेदक/वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : ०३६।१२।३० गते बिहान १०,११ बजेतिर तोपगाछी गा.पं. वार्ड नं. ५ बस्ने पहलमान गुरूङको घरमा उपमणि खनाल, एकराज गिरी, गोपाल कृष्णप्रसाद, धिरेन्द्र फेजुङ, रत्नइङ नाम, श्री चामलिङ राई समेत र अरू नाम नजानेका २५।३० जना भेला भई के कस्तो मिटिङ गरेछन् । सोही दिन १ बजेतिर छोरा चन्द्रबहादुर औलम्पाकी मगर निर्दलको प्रचार प्रसार गर्न बजारतिर गएको र म पनि गएको थिएँ । घर फर्कन लाग्दा विपक्षी चामलिङले भिरी राखेको चुप्पीले हानी छोरा नन्दबहादुर मगरलाई मारी लडाए छोराको मद्दतमा जाने कृष्ण भण्डारीलाई चामलिङले चुप्पी हानी मरणान्त अवस्थामा पारेर अरू छुट्याउने मानिसलाई समेत चुप्पी प्रहार गर्न लाग्दा प्रहरीले चुप्पी समेत पक्राउ गरेको छ । कारवाही गरिपाउँ भन्ने समेत नरबहादुरको जाहेरी दर्खास्त । २. ०३६ साल चैत्र ३० गते १२ बजेको समयमा म छिमेकी जितबहादुरको घरमा गएको थिएँ, घर आउँदा तोपगाछी गा.पं. वार्ड नं. ५ बस्ने उपमणि, एकराज गिरी र स्कूलमा पढ्ने विद्यार्थी ४ जना केटी र ८–१० जना केटा मेरो घर तला माथि कुरा गरी रहेका थिएँ । मिटिङमा भेला भएकाहरूलाई घेरा हाली केर्खा बजार लगेका थिएँ भन्ने समेत पहलमान गुरूङको कागज । ३. ०३६।१२।३० गते म विर्तामोड गएको थिएँ, बलबहादुर थापा र निजसँग आएको केटा केटीसँग भेट हुँदा पहलमान गुरूङको घरमा बहुदलको मिटिङ छ तपाईं हिंड्नुहोस् भन्दा पहलमानको घरमा पुग्दा यहाँ नबस्नुहोस् भनिएबाट हामी बजार तिर गयौं चामलिङले चन्द्रबहादुर मगरलाई चुप्पी प्रहार गरी मारेका चाहिं थाहा छैन भन्ने समेत प्र.कुसुम ओलीले प्रहरीमा गरेको कागज । ४. ०३६ साल चैत्र ३० गते केर्खामा प्रचार प्रसार गर्ने गरी केर्खा जान भनी अं. १२ बजे आइपुगेपछि केर्खा बजारको दक्षिण पट्टि पहलमान गुरूङको घरमा मिटिङ गर्न भनी गोपालकृष्ण प्रसाई, बलबहादुर समेत र अरू नाम नजानेका १५।२० जना भेला भएको थिएँ । सभापति हेमराज राजवंशी आई नपुगी ढिला भएको थियो । यो निर्दलको घरमा बहुदल किन भन्दै कर्णबहादुर लिम्बू समेत ३०।३५ जना नेता यही हो भनी गोपालकृष्णलाई लाठीले घोच्न लागे, हामी बजारतिर लाग्दा अपरिचित व्यक्तिले मेरो टाउकोमा मारपीट शुरू गर्न थाले मैले पनि मेरो साथमा रहेको चुप्पी हल्लाउँदै भाग्दा कस कसलाई चुप्पीले लाग्यो थाहै भएन म वृक्षारोपणको पाइखाना भित्र पस्न लाग्दा १ जना प्रहरीले चुप्पी छोड भन्दा छोडी दिएको हुँ भनी चामलिङले प