निर्णय नं. २२०० - उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२०० - उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०१ २२७१ निर्णय नं. २२०० ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.नं. १३१० विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने पूर्जि जारी गरिपाउँ निवेदक : सर्लाही जिल्ला हरीपूर्वा गा.पं. वडा नं. ३ बस्ने नरेन्द्रराय यादव विरूद्ध विपक्षी : निर्वाचन अधिकृत जिल्ला कार्यालय सर्लाहीका प्र.जि.अ.श्री राजकुमार दास कक्षपति सर्लाही निर्वाचन विशेष अदालत सर्लाही जिल्ला अदालतका जि.न्या. श्री नन्द प्रसाद पौड्याल मतदान अधिकृत जिल्ला कार्यालय सर्लाहीका खरिदार श्री विदुर खरेल सर्लाही जिल्ला हरीपूर्वा गा.पं. वार्ड नं. ७ बस्ने जयनारायण प्रसाद शाहतेली आदेश भएको मिति : २०४१।१२।१।५ मा § पुनः मत गिन्ती नगरेको कारणबाट निर्वाचन विशेष अदालतको फैसला त्रुटिपूर्ण छ भन्न मिलेन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिबक्ता श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल उल्लिखित मुद्दा : निवेदक बंगाली शाहतेली वि.निर्वाचन विशेष अदालत बारा समेत भएको ०४१ सालको रि.फु.नं. ३० मा मिति ०४१।११।१ मा फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित । आदेश न्या. धनेन्द्रबहादुर सिंह : निर्वाचन विशेष अदालत सर्लाहीको ०३९।९।२० को त्रुटिपूर्ण फैसला समेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. सर्लाही हरीपूर्वा गा.पं.को मिति ०३९।२।२।१ मा भएको प्रधानपञ्चको निर्वाचनमा मैले विपक्षी जयनारायणप्रसाद शाहतेलीले भन्दा १९ मत बढी प्राप्त गरी विजयी भएकोमा प्रतिद्वन्दी जयनारायणको प्रभाव परी मतदान अधिकृतले निजको २८ बदर मतलाई सदर गरी ९ मत बढीले विजय गरेको भनी जयनारायण शाहतेलीलाई प्रधानपञ्चको पदमा निर्वाचित घोषणा गरेकोले सो निर्वाचन सम्बन्धमा भएका अन्याय र धाँधलीलाई समेत इतङ्गी गरी पुनः गन्ती गराई मलाई निर्वाचित घोषित गराइपाउँ भन्ने समेतको उजूरी विपक्षी निर्वाचन विशेष अदालतमा गरेकोमा निर्वाचन विशेष अदालतबाट मतपत्र पुनः गिन्ती नगराई मेरो दावी नपुग्ने ठहर्‍याई मिति ०३९।९।२० मा फैसला भयो । ३. निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १४(२)(क) अन्तर्गत उजूर परेपछि मत पुनः गणना गरी स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, ०२५ को दफा २२ अनुसार मतदान गरिएका मतपत्रहरू सदर बदर हेरी सदर मतद्वारा निवेदकले बहुमत पाए नपाएको निर्णय गर्न निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १४ को उपदफा (४) अनुसार निर्वाचन विशेष अदालत बाध्य छ । सो बमोजिम जो बुझ्नुपर्ने प्रमाण बुझी पुनः मतगन्ती गरी फैसला गर्नुपर्नेमा सो नगरी निर्वाचन सदर गरेको सर्लाही निर्वाचन विशेष अदालतको फैसलामा निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १४(२)(क) तथा दफा १४(४) समेत उल्लंघन भई प्रत्यक्षः कानुनी त्रुटिपूर्ण हुँदा उक्त त्रुटिपूर्ण फैसलाले मेरो हक हनन् हुन गएकोले रिट निवेदन प्रस्तुत गर्न आएको छु । उक्त निर्वाचन विशेष अदालत सर्लाहीको मिति ०३९।९।२० को त्रुटिपूर्ण फैसला बदर गरी पुनः निर्णय गराई हक प्रचलन र संरक्षण गरिपाउँ भन्ने समेत दुखिया भन्ने नरेन्द्र राय यादवको मिति ०३९।