निर्णय नं. २२०१ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२०१ - लिखत दर्ता बदर भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०२ २२०६ निर्णय नं. २२०१ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको डि.दे.पु.नं. ४६८ मुद्दा : लिखत दर्ता बदर पुनरावेदक/वादी : जिल्ला झापा डुवागडी गा.पं. चारआली गा.पं. वा.नं. ८ बस्ने पेची राजवंशीनी ऐ ऐ बस्ने किशोर कुमार राजवंशी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने तीर्थराज सुवेदी ऐ ऐ बस्ने कार्तिक चन्द्र राजवंशी ऐ ऐ बस्ने झरी राजवंशी फैसला भएको मिति : २०४१।१२।२।६ मा § लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेका कुराको सम्बन्धमा सोही ऐनमा लेखिएको हदम्याद नै लागू हुने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षी झरी राजवंशी काकी सासू र कार्तिक राजवंशी पति बाबु नाताका हुन् अंशबण्डा भएको छैन । ०३३ सालमा कार्तिकचन्द्रसँग घरमा झगडा हुँदा तेरो हकको सब बिक्री गरी दिन्छु भनी वार वार धम्की दिएकोले निजले जग्गा बिक्री गरेको पास नहोस भनी मैले प्र.जि.अ.मा निवेदन दिएको छु । कार्तिकचन्द्र समेत आसामी भई तीर्थराज सुवेदी साहू भई रू. ७,०००। मा डुवागडी गा.पं. वा.नं. ८ को कि.नं. १२०, १९९, १२१ समेतको जग्गा बिगहा ३–१०–० राजीनामा लिखत गरी ०३४।२।१० गते पास गरेका छन् । पछि तीर्थराज सुवेदीले जग्गा जोत्न आएकोले थाहा भयो हाम्रो ४ अंश लाग्ने हुँदा छोरा किशोरकुमार राजवंशी नाबालकको हकमा समेत संरक्षक भई हाम्रो अंश जग्गा समेत जम्मा बिगहा ३–१०–० मध्ये आधा बिक्री गरेको लिखत र त्यसबाट गरेको दर्ता समेत बदर गरिपाउँ भन्ने समेतको पेची राजवंशीको फिराद । ३. फिरादी आफ्नै पति समेत एकाघरमा रहेको कुरा प्रमाणित छ । घरको मूलीलाई सम्पत्ति बेचबिखन गर्ने अधिकार छ । १५ वर्ष सहवास नभई उमेर ३५ वर्ष नपुगेसम्म स्वास्नीले अंश नपाउने अंशबण्डाको १० नं. समेतले तोकेको छ । लेनदेन व्यवहारको ८ नं. ले मुख्य भई कामकाज गरेकोले लेनदेन व्यवहारको ९ नं. ले फिरादीहरूको हकै नपुग्ने हुँदा निजहरूसँग मञ्जूरी लिई रहनु नपर्ने हुँदा अ.बं. ८२ नं. ले फिराद नै खारेज हुने हो । दाताले आफ्नो नाउँको जग्गा बिक्री गर्न फिरादीहरूको स्वीकृति लिइरहनु नपर्ने, सगोलमा हुँदा सबै कुरा पहिले नै जानकारी भएकोमा ०३५।२।९ मा मात्र थाहा पाएको उल्लेख गरेको हुँदा फिराद दायर रहन नसकी बदरभागी छ । प्र.जि.अ.को सिफारिशमा रजिष्ट्रेशन पास भएकोले दर्ता बदर हुने होइन झुठ्ठा दावीबाट अलग गराई वादीलाई नै सजाय गरिपाउँ भन्ने प्र.तीर्थराजको प्रतिउत्तरपत्र । ४. दावाको जग्गा मध्ये झरीको आधा कटाई बाँकी आधा कार्तिकचन्द्रको भाग हुने मध्येबाट आधा बिक्री गरेको जग्गा मध्ये ४ भागको एक भाग जग्गा ०–१७–० प्रतिवादी तीर्थराजले गराई लिएको लिखत दर्ता बदर हुने र ४ भागको १ भाग थैली कपाली हुने समेत ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको फैसला । ५. शुरू अदालतको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी तीर्थराज सुवेदीको मेची अञ्चल अदालतमा परेको पुनरावेदन । ६. शुरूले ठहराएको इन्साफ मिलेन । पारित