निर्णय नं. २२०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०५ २२०३ निर्णय नं. २२०२ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं. २२३७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : ल.पु. जावलाखेल स्थित रिवर भ्याली (प्रा.) लि.को तर्फबाट ऐ. को सञ्चालक जिल्ला मोरङ, विराटनगर नगर पंचायत वा.नं. ७ घर भै हाल ल.पु. जावलाखेल वा.नं. ४ बस्ने अनिल कुमार अग्रवाल विरूद्ध विपक्षी : श्री कर विभाग, हाल लाजिम्पाट काठमाडौं श्री कर कार्यालय काठमाडौं बबरमहल आदेश भएको मिति : २०४१।१२।५।२ मा § औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १४ को उपदफा (२) बमोजिमको सुविधा सहुलियत तथा संरक्षण पाउने ठहर्छ । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्षीहरूको निर्णय तथा काम कारवाही समेत गैरकानुनी हुँदा बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. स्टेशनरीका सामान उत्पादन गर्न यस घरेलु उद्योगले मिति ०३४।९।१७ मा घरेलु उद्योगमा दर्ता भएको उद्योग स्थापना गरी मिति ०३५।४।७ देखि कारवन पेपरको उत्पादन प्रारम्भ गरेको छ । यस उद्योगले आयकर ऐन, ०३० अनुसार आयकरको सुविधा पाउनको लागि घरेलु तथा ग्रामिण उद्योग विभागको सिफारिश समेत र निवेदन दिँदा कर विभागले आलटाल गरी अल्मल्याई औ.व्य.ऐन, ०३८ प्रकाशित नभएसम्म सुविधा प्रदान गर्नु भएन । औद्योगिक व्यवसाय ऐन, ०३८ मिति ०३८।६।१४ मा राजपत्रमा प्रकाशित भई सोही मितिदेखि लागू भएकोमा औ.व्य.ऐन, ०३० अन्तर्गत आयकर सुविधा उपभोग गर्न नपाएको उद्योगलाई औ.व्य.ऐन, ०३८ अन्तर्गतको सुविधा सहुलियत तथा संरक्षण पाउने रहेछ भने सो सुविधा पाउने छ भनी उक्त ऐनको दफा १४(२) ले प्रदान गरेको हुँदा सो बमोजिम घरेलु उद्योग हुँदा ६ वर्ष र आवश्यक उपभोग्य पदार्थको उद्योग हुँदा थप २ वर्ष समेत आठ (८) वर्षको आयकर सुविधा पाउने गरी मेरो निवेदन बमोजिम घरेलु तथा ग्रामिण उद्योग विभागले ६ वर्षको लागि मिति ०३८।१२।६ मा र २ वर्ष समेतको लागि ०४०।१।२१ मा सिफारिश गरी कर विभागमा पठाएको पत्र कर विभागमा मौजूदै छ । कर विभागले औ.व्य.ऐन, ०३८ लागू हुनुभन्दा अघि यस उद्योगलाई आयकरको सुविधा नदिनु भएबाट औ.व्य.ऐन, ०३८ को दफा १४(२) ले निर्दिष्ट गरे बमोजिम ऐ. को दफा १०(उ)(१) र १०(३) बमोजिम ८ वर्षसम्म आयकरको छुट सुविधा पाउनुपर्नेमा कर विभागले सो बमोजिम नगरी खारेज भई निष्कृय रहेको औ.व्य.ऐन, ०३० अन्तर्गत ५ वर्ष सम्मको मात्र आयकर छुटको सुविधा प्रदान गर्ने भनी मिति ०३९।२।१४ मा निर्णय गरी मिति ०३९।२।२६ मा सूचना गर्नु भएकोबाट कानुनको प्रत्यक्षःत्रुटि भयो भनी व्यहोरा दर्शाई निवेदन गर्दा पनि यस उद्योगलाई औ.व्य.ऐन, ०३८ अन्तर्गतको आयकर सुविधा प्रदान नगर्ने भनी मिति ०४०।११।२३ को पत्रद्वारा सूचना गरियो । ३. औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १४(२) ले तत्काल प्रचलित कानुन बमोजिम सहुलियत तथा संरक्षण पाई नआएको र यो ऐन बमोजिम सुविधा सहुलियत तथा संरक्षण पाउने छ भन्ने र ऐ. को दफा १०(क) को देहाय १ मा उत्पादन मूलक घरेलु उद्योगलाई सञ्चालन मितिले ६ वर्षको लागि शत प्रतिशत आयकर छुट दिइने र ऐ. को दफा १०(क)(३