निर्णय नं. २२०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/१३ २५७७ निर्णय नं. २२०३ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. २३४१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : वागमती अन्चल सिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.पं. वडा नं. ६ इसिं घर भै हाल सन्धुपाल्चोक जिल्ला कारागारमा थुनामा रहेको टुङना भन्ने कृष्णबहादुर सुनार विरूद्ध विपक्षी : जिल्ला न्यायाधीश, सिन्धुपाल्चोक जिल्ला अदालत चन्द्रमानको छोरा बागमती अन्चल सिन्धुपाल्चोक जिल्ला भोटे नाम्लाङ गा.पं. वा.नं. ६ कोट नाम्लाङ बस्ने सोम बहादुर सुनार आदेश भएको मिति : २०४१।१२।१३।३ मा § अ.बं. ११० नं. मा उल्लिखित व्यवस्था अनुसार तामेल भएको म्याद बेरीतसँग तामेल भएको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिबक्ता श्री केदारप्रसाद शर्मा र विद्वान वरिष्ठ अधिबक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्षी अदालतको ०३९।१२।२० को फैसला बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षी सोमबहादुर सुनारले धन माल विषयमा म समेत विरूद्ध विपक्षी जिल्ला अदालतमा फिराद दायर गर्नु भएछ । मेरो नाउँको म्याद अ.बं. ११० को बिपरीत तामेल गरी त्यसैको आधारमा म समेतबाट बिगो रू. १५८५०। र कोर्टफी रू. ६६५ भरी पाउने गरी ०३९।१२।२० मा एकतर्फी फैसला भएछ । म समेतका विरूद्ध हाडनाता करणी जारी समेत मुद्दा दिएकोमा सोमा पनि बेरीतको म्याद तामेल गरी एकतर्फी गरी मलाई कैद र जरिवाना गर्ने गरी फैसला भएको रहेछ । सो कैद र जरिवाना बापत मलाई ०४०।१०।५ गते अचानक पक्राउ गरी कारागारमा राखिएपछि ०४०।१०।१८ मा नक्कल सारी लिएपछि थाहा पाएँ । ३. मैले सोमबहादुरको पत्नी बुर्लुङलाई जारी गरी ल्याएको होइन । धनमाल समेत लगे ल्याएको होइन । मेरो नाममा जारी भएको म्याद अ.बं. ११० नं. बिपरीत तामेल भएकोछ । म्याद टाँस गर्दा लेखिएको मानिस भेट नहुँदा साक्षीको रोहवरमा आजैको मितिमा टाँस गरेको भनी व्यहोरा उल्लेख गरिएको छ सम्बन्धित व्यक्ति फेला नपरेमा अन्य व्यक्तिलाई बुझाउनु पर्छ अन्य व्यक्ति पनि फेला नपरेको भए सो व्यहोरा उल्लेख हुनुपर्छ सो उल्लेख छैन । पञ्चायतको कोही पनि साक्षी राखिएको छैन । यस्तोमा ऐन बमोजिम ६ महीनाभित्र थाहा पाएको ३५ दिनभित्र उजूर गर्न नसकेबाट अन्य उपचार पनि विद्यमान नभएको बेरीतसँग म्याद तामेल गरिएकोलाई त्रुटिपूर्ण मानी बदर गर्ने गरी सर्वोच्च अदालत फुल बेञ्चबाट समेत सिद्धान्त प्रतिपादन भएको छ । प्रतिउत्तर दिन नपाई प्राकृतिक न्यायको सिद्धान्त बिपरीत फैसला भएबाट हुँदै नभएको खाँदै नखाएको बिगोको दायित्वलाई म उपर लगाइएको छ । बेरीतको म्याद बदर गरी पुनः म्याद तामेल गर्न लगाई फैसला गर्ने दायित्व भएको विपक्षी अदालतले त्यस्तो आर्थिक दायित्व बहन गराउने गरी फैसला गरेबाट संविधानद्वारा प्रदत्त हकमा समेत आघात परेकोले अ.बं. ११० नं. बिपरीत गरी प्राकृतिक न्यायको सिद्धान्त बिपरीत भएको उक्त फैसला उत्प्रेषणको आदेश जारी गरी बदर गराई पाउँ भन्ने समेत कृष्णबहादुर सुनारको रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने