निर्णय नं. २२०४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२०४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/१३ २२८६ निर्णय नं. २२०४ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. २३४० विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ निवेदक : बागमती अन्चल सिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.पं. वा.नं. ६ इसिङ घर भै हाल सिन्धुपाल्चोक जिल्ला कारागारमा थुनामा रहेको टुङना भन्ने कृष्णबहादुर सुनार विरूद्ध विपक्षी : श्री जिल्ला न्यायाधीश, सिन्धुपाल्चोक जिल्ला अदालत श्री हाकिम, सिन्धुपाल्चोक जिल्ला कारागार सिन्धुपाल्चोक जिल्ला भोटे नाम्लाङ गा.पं. वा.नं. ६ कोट नाम्लाङ बस्ने सोम बहादुर सुनार । आदेश भएको मिति : २०४१।१२।१३।३ मा § हाडनाता भित्रै नपर्ने कसूरमा सजाय गरेकोमा कानुनमा उल्लिखित अन्य उपचारको अवलम्बन गरी पुनरावेदन तहबाट त्यसलाई अन्यथा गराउन सक्नुपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिबक्ता श्री केदारप्रसाद शर्मा र विद्वान वरिष्ठ अधिबक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : निवेदकलाई गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षीले म समेत उपर हाडनाता करणी र जारी मुद्दा दिनु भएछ बेरीतपूर्वक म्याद तामेल गरी मलाई थाहा नदिई जारीको महलको २ नं. ले १ महीना कैद र २०००। जरिवाना र हाडनाता करणीमा २ वर्ष कैद गर्ने गरी विपक्षी जिल्ला अदालतबाट ०४०।१०।१८ मा नक्कल सारी लिएपछि थाहा पाएँ । ०३९।५।१६ मा मेरा नाउँमा तामेल गरिएको भनिएको म्याद अ.बं. ११० नं. को कानुनी रीत पुर्‍याइएको छैन । पञ्च सदस्यको रोहवरमा म्याद तामेल गर्नुपर्ने अनिवार्य व्यवस्थाको परिपालना भएको छैन । मैले विपक्षीको पत्नी बुर्लुङलाई जारी गरी लगेकै होइन । अतः जारीको २ नं. ले सजाय गर्न मिल्ने होइन । विपक्षी सोमबहादुर मेरो हाडको व्यक्ति नहुनु भएको यथार्थता उहाँकै फिराद लेखबाट देखाइरहेकै छ । जेठा बाजे नातासम्म पर्ने श्यामलालको नातिनी कदमैयाको छोरा हुँ भन्ने विपक्षी सोमबहादुरकी पत्नीलाई आफ्नो हाडको नाता सम्झन त मिल्दैन । हाडनाता करणीको ३ नं. ले हाडनाता बाहेकको विषयमा सजाय गर्न हरहालमा मिल्ने हुँदैन । नेपालको संविधानको धारा ११ को उपधारा (१) मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुने छैन भन्ने र तत्काल प्रचलित कानुनले सजाय नहुने कुनै काम गरेको बापतमा कुनै व्यक्ति सजायभागी हुने छैन भन्ने समेत भएको व्यवथा बिपरीत समेतको फैसलाबाट मलाई थुनामा राख्न हुने होइन । वैयक्तिक स्वतन्त्रता अपहरण हुने गरी विपक्षीहरूद्वारा थुनामा राखे रखाइएबाट यस अदालतको शरणमा आएको छु । संविधानको धारा ७१ बमोजिम मलाई गैरकानुनी थुनाबाट मुक्त गराउन विपक्षीहरूका नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने ०४१।३।११ को रिट निवेदन । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४१।३।१४।४ को आदेश । ४. कानुन अनुरूप अदालतको थुनुवा पूर्जि बमोजिम तोकिएको कैदमा अदालतको पूर्जिद्वारा ठेकिएको सिधा समेत खान पाउने गरी कानुन बमोजिम नै सिन्धुपाल्चोक कारागारका तत्कालीन हाकिमका पालामा थुन