निर्णय नं. २२०५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२०५ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/१३ २२६१ निर्णय नं. २२०५ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ४६३ सम्वत् २०४० सालको फौ.सा.नं. १७९ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : रोल्पा लिवाङ गा.पं. वार्ड नं. ८ तिब्रीकोट घर भइ हाल कारागार तुल्सीपुरमा थुनामा रहेका देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्री विरूद्ध विपक्षी/वादी : मोहनलाल विष्ट क्षेत्रीको जाहेरीले श्री ५ को सरकार र वादी : मोहनलाल विष्ट क्षेत्रीको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रतिवादी : देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्री फैसला भएको मिति : २०४१।१२।१३।३ मा § कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त सबूत प्रमाण कुनै देखिँदैन । यस स्थितिमा मैले कर्तव्य गरी मारेको होइन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्रीमती इश्वरी दाहाल विपक्षी वादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन परी र साधक निकासा निमित्त समेत पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. ०३९।७।१२ गतेका दिन बारी पाखो जोती घर आएका बाजवीर डाँगी क्षेत्री रातमा मरे भन्ने १३ गतेको दिन खबर गरेकोले जाँदा घरभित्र मरेको लास देखिएको मुखबाट रगत वान्ता भई भुइँमा रगत जमेको देखिँदा कारवाही तहकिकात गरिपाउँ भन्ने गा.पं.स.मोहनलाल विष्ट क्षेत्रीको ०३९।३।१३ को जाहेरी दर्खास्त । ३. बाबु वाजवीरसँग भिन्न भई मैले पाउने अंश भाग जग्गा समेत लिई भिन्दै बसेको ०३३ सालमा आमा परलोक भएदेखि मदभट्टीको आयस्ता र खेतीको आम्दानी खर्च गर्न र छोरा छोरीको कपडा किन्दा लागेको ऋण मिलाउन रुपैयाँ माग्दा नदिने समेत कारण परी बुबा वाजवीरको र मेरो कल झगडा मनमुटाव भएकोले ०३९।७।१२ गते पाखा बारी जोती घर आई खाना खाई सुती बिहान अं. ३ बजेको समयमा निन्द्राबाट व्यूँझी रिस बढ्न गई बाबुको हत्या गर्ने नै सोची बाबुको घर गई ढोका खोली भित्र पसी ओछ्यानमा सुतेको अवस्था छातीमा दाहिने घुँडाले धसी हातले बाबुको घाँटी समाई चलपल गर्न नदिई घाँटी निमोठ्दा बाबु चल्न कराउन सकेनन् । बाबुको नाक मुखबाट रगत आउँदा मैले बुबालाई त्यसै छाडी मल हाल्न भनी गएँ । बुबा वाजवीरलाई मारे मराएमा जो ठहर्छ भन्ने समेत देउदास भन्ने दिलबहादुर डाँगीले प्रहरीमा गरेको बयान कागज । ४. गा.स.स. जितकुमार समेत जना २८ ले गरी दिएको ०३९।७।१४ को लासप्रकृति मुचुल्का । ५. बाजवीरलाई देउदास भन्ने दिलबहादुरले कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्ने समेत कुलराज रावत क्षेत्री समेतले गरी दिएको ०३९।७।१५ को सरजमीन मुचुल्का । ६. प्र.देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्रीलाई ज्यानसम्बन्धीको १३ नं. को (३) बमोजिम सजाय हुन मागदावी गरेको मिति ०३९।७।१६ को स.स.अ. तथा प्रहरीको संयुक्त प्रतिवेदन । ७. मैले बुबा वाजवीरसँग रुपैयाँ माग्ने उहाँले नदिने गर्दा सोही रिस इवीबाट पटक–पटक झगडा भइरहन्थ्यो । ऐ. १२ गतेका दिन आफ्नो–आफ्नो बारी जोती त्यस दिन पनि काम विषयमा झगडा भई आ–आफ्नो घरमा सुत्यौं । राति अं. ३ बजे ब्यूझी अं. ४ बजे मल बोक्ने डोको बोकी हिँडे । बाटोमा बुबा प्रति रिस उठी बुबा वाजवीरलाई हत्या गर्नु पर्‍यो भनी बाबुको घरमा गई ढोक