निर्णय नं. ४६८२ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६८२ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/०७/१७ २८०५ निर्णय नं. – ४६८२ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधशि श्री केदानाथ उपाध्याय सम्बत् २०४६ सालको रिट नं.– ८८० आदेश मिति :– २०४९–७–१७–२ निवेदिका : का.जि.का.न.पा.वा.नं. १३ बस्ने वर्ष २५ को गोदावरी बज्राचार्य । विरुद्ध विपक्षी : मा.पो.का. नबलपरासी समेत । विषय – उत्प्रेषण मिश्रित परमादेश । (१) बैंकले आफ्नो कर्जा सर्वप्रथम धितोमा रहेका सम्पत्तिबाट चुक्ता गर्नु पर्छ । त्यसले नपुगेमात्र निजको अरु जायजेथाबाट असुल गर्न कानून बमोजिम कारवाही चलाउन पाउने व्यवस्था रहे भएको देखिने । (प्र.नं.१३) (२) सर्वप्रथम धित्तो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सोबाट नपुग भएमा मात्र अरु जायजेथा पक्रन पाउनेमा ऋणीले धितो बन्धकमा नै नदिएको र निज ऋणीको नाममा नै नभएको जग्गा लिलाम गर्न रा.वा. बैंक ले गो.प.मा सूचना प्रकाशित गरेको तथा तत्सम्बन्धी अन्य सम्पूर्ण काम कारबाही त्रुटीपूर्ण देखिएकोले उत्प्रेषणाको आदेशद्वारा बदर हुने । (प्र.नं.१३) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्रा श्री चुडामणिराज सिंह मल्ल विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति आदेश न्या. ओमभक्त श्रेष्ठ १. नेपालको संविधान, २०१९ को धारा १६, ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. उपरोक्त विपक्षीले मिति २०४६।७।१९ को गोरखापत्रमा सिलबन्दी बोलपत्रको सूचना भनी सूचना प्रकाशित गरी विपक्षी मेरा पति तारामान बज्राचार्याले लिएको भनेको कर्जा नं. २३।०१ को सिलसिलामा म निवेदिकाको नाउँको मेरो निजी आर्जनको कि.नं. ३७ क्षेत्रफल ०–१०–१५ को जग्गा समेत लिलाममा बोलपत्र आव्हान गरेको कुरा मिति २०४६।८।११ मा थाहा भयो । मैले विपक्षी बैंकबाट कुनै पनि प्रकारको कर्जा नलिएको र कसैले पनि उक्त जग्गा कसैलाई कर्जा सुरक्षण वा धितो बापत नदिएकोमा बिना सूचना नै वेहकको जग्गा लिलाम गर्न सूचना गरी मिति २०४६।८।१२ सम्ममा बोलपत्र प्राप्त गरी मिति २०४६।८।१५ मा बोलपत्र खोल्ने भत्रे भएकोले मेरो संवैधानिक हकमा आघात पुग्न गएको छ । मेरा पतिले विपक्षी बैंकबाट कर्जा लिएको भए सुरक्षण दिएको सम्पत्ति र सोबाट असुल नभएमा कानूनी रीत पुर्याइ निजबाट असुल गर्न वाणिज्य बैंक ऐन, २०३१ ले अधिकार प्रदान गरेको छ । तर मेरो नामको जग्गामा सुनवाईको मौका समेत प्रदान नगरी प्राकृतिक न्याय सिद्धान्त विपरीत लिलाम गर्न लागेकोले सो गैरकानूनी तथा अनधिकृत लिलाम कार्य बदर गरी मालपोत कार्यालय समेतलाई सो जग्गा फुकुवा गर्नु भनी आदेश गरी अन्तरिम आदेश समेत जारी गरी पाउँ भत्रे समेतको रिट निवेदन । ३. यसमा विपक्षीबाट लिखित जबाफ मगाई आए पछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु साथै अन्तरिम आदेशको लागि छलफल गर्न उपस्थित हुनु भत्रे समेतको यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. यसमा यो रिट निवेदनको अन्तिम किनारा नभएसम्म निवेदिकाका हक भोगको कुनै पनि सम्पत्ति लिलाम तथा हक हस्तान्तरण हुने किसिमले कुनै काम कारबाही नगर्नु नगराउनु भनी संयुक्त इजलासबाट भएको अन्तरिम आदेश । ५. यसमा यस शाखाबाट विपक्षीका पति तारा मान बज्राचार्यले मिति २०४४।६।६ मा ओभर ड्राफ्ट कर्जा शिर्षक अन्र्तगत कर्जा नं. २३।०१ बाट विष्णु कुमारी दाहालको का.जि.कोटेश्वर गा.पं.वा.नं. ३ क.कि.नं. ४५३