निर्णय नं. २२०७ - कुलोपानी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२०७ - कुलोपानी भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०१ २३६८ निर्णय नं. २२०७ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको डि.दे.पु.नं. ४५० मुद्दा : कुलोपानी पुनरावेदक/वादी : जाजरकोट खलंगा गा.पं. वा.नं. ६ रिसाङ बस्ने चुडामणि शर्मा विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने झुपा कार्की ऐ ऐ बस्ने भिमबहादुर कार्की फैसला भएको मिति : २०४१।१२।१ § कानुनी व्यवस्था भएकोमा पुनरावेदन तहमा परेको मुद्दा क्षेत्रीय अदालतले खारेज गरेको दुरूस्त मिलेको भन्ने भएन । (प्रकरण नं. ११) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला विपक्षी प्रतीवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : म.प.क्षेत्रीय अदालतले गरेको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी चुडामणी शर्माले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र जिकिर निम्न प्रकारको छ : २. जाजरकोट खलंगा आदेश गाउँ पञ्चायत वा.नं. छरिसाङ गाउँ तालुक भित्रको पाखा खेत भन्ने ठाउँमा मेरो बसोबास भएको म समेतलाई खानेपानीको अभाव भएकोले ०११ सालमा आफ्नो निजी खर्च लगाई काप्री खेत सिरानको मूलबाट कूलो ल्याई पाँचौ सिंचाई र खानेपानी समेत चलन गर्दै आएको थियौं । विपक्षीले खिचोला गरी दिनुभएकोले मैले जाजरकोट खलङगा आदर्श गा.पं.मा उजूर गरी ०३४ साल आषाढ २४ गते खानेपानी समेतको खिचोला गर्न नपाउने गरी मिलापत्र गराई दिनुभएकोले ०११ सालदेखि ०३७ साल माघ महीनासम्म पानी चलन गरी लगाई सिंचाई समेत गरी आएकोमा ०३७ साल फाल्गुण २ गतेको दिन विपक्षीहरूले पुनः खिचोला गरेकोले पुनः सम्बन्धित गा.पं.मा निवेदन गरेकोमा न्यायिक शरण लिन जानु भई सुनाई दिएकोले नालेश गर्न आएको छु खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने वादी । ३. हामीहरूको सत्य साँचो कुरा के हो भने दक्षिण साइडमा निज विपक्षीको पाखा घर उत्तरतर्फ हाम्रो काप्री पाखा खेत पाखा मूल पानी । मूलपानीबाट शक्तिबहादुरबाट निजको बाजे सोभीको खोपरिलो खेतमा परापूर्व देखि वर्षात भई मूल फुटेको कुलोपानी चलेन र माघ, फाल्गुण, चैत्र, बैशाख, जेष्ठ ५ महीनासम्मको काप्रीपाखा मूलपानी फसल नभई कम यात्रामा हुने भई निज फिरादीको पाखा घर हाम्रो घरबास जग्गा खेतपाखा मूलपानी उत्तर दक्षिण १ पाउ दुरीमा हाम्रो घर जग्गा माथि र विपक्षीको घर तलतिर छ र सो कुलोमा घोरेटो बाटो परी रहेको र कान्ला भत्की सो कुलो पुरी रहेको सो मर्मत नगरी कुलो पानी चलन भोग गर्न छाडेको अहिले करीब १२–१४ वर्ष जति भइसकेको छ । ०२४ सालदेखि विपक्षीले चलन भोग नगरी कुलो नचलाई हाल मात्र ०३७ साल फाल्गुण २ गते खिचोला गर्‍यो भनी फिराद दायर गरेकोले खारेज गरिपाउँ भन्ने प्रतिउत्तर पत्र । ४. वादी र प्रतिवादीले साक्षी समेतले अदालतमा आई बकपत्र गरेको । ५. हाललाई पानी पुग्दैन भन्ने बहानामा प्रतिवादीले वादीलाई उसको हक अनुसार पाउने कुलोपानी नदिई खिचोला गरेको ठहर्छ भन्ने जाजरकोट जिल्ला अदालतको फैसला । ६. कोर्टफी बेगर दर्ता गराएको फिरादबाट इन्साफ तहकिकात गर्न नमिल्ने र उजूर खारेज हुनुपर्ने सो कुराको विचारै नगरी साल मिति थाहा छैन भनी अनुमानित गरेको वादीको साक्षीको बकाईलाई आड लिई गरेको फैसला त्रुटिपूर्ण हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको म.प.क्षे.अ.