निर्णय नं. २२०८ - आयस्ता बहाल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२०८ - आयस्ता बहाल भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०७ २४०७ निर्णय नं. २२०८ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ४८२, ४८५ मुद्दा : आयस्ता बहाल पुनरावेदक/वादी : भक्तपुर जिल्ला भ.पु.न.पं. वार्ड नं. १७ दुधपाटी बस्ने हर्षमाया मरी आफ्नो हकमा समेत मु.स. गर्ने जगतमोहन न्याईच्याई विरूद्ध पुनरावेदक/प्रतिवादी : ऐ.ऐ. वडा नं. १५ इटाछे टोल बस्ने मोतिरत्न बज्राचार्य फैसला भएको मिति : २०४१।१२।७।५ § मोहीले मोहियानीको घरजग्गा बहालमा दिन नपाउने गरी भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भएको देखिएन । (प्रकरण नं. १७) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।५।२७ को फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने वादी र प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएकोमा ०४०।८।१४ मा अनुमति प्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. पूर्व महाकाल चौर बाटो पश्चिम बुलाल कसजूले बनाएको जग्गा उत्तर बाटो दक्षिण मूल सडक यति चारकिल्ला भित्रको परापूर्व देखि पक्की घर बनाई जोती कमाई आएको कि.नं. ९३।९४ को जग्गा टिम्बर कर्पोरेशलाई साल १ को रू. १०९३।७५ लिने गरी शर्तनामा लेखी बहालमा दिई आएको ०३०।६।४ का बा.अं.अ. का फैसला समेतबाट जोत बदर नहुने ठहरी अन्तिम फैसला भएकोमा हामीले पाउनु पर्ने बहाल वर्ष ४।१० को हुने बहाल रू. ५३१६।४९ विपक्षी मोतिरत्न बज्राचार्यबाट भराई दिलाइपाउँ भन्नेसमेत व्यहोराको जगतमोहन समेतको फिरादपत्र । ३. भ.पु.जि.अ.को ०२५।५।१९ गतेका फैसलाले सो बहाल मैले खान पाउने ठहरी फैसला भएकोले समेत बहाल लिने गरेको छु । सो जग्गामा नगदी रू. ५३१६।१२ म बाट दिलाई भराई पाउँ भन्ने झुठ्ठा वादी दावीबाट फूर्सद गराई पाउँ भन्ने समेत व्यहोराको मोतिरत्नको प्रतिउत्तर पत्र । ४. बा.अं.अ.को ०३१।६।४।५ का फैसलाले दावीको जग्गाको मोही यी वादी नै ठहरेकोले सो जग्गाको आयस्ता बालीमा आधा निजको पनि भाग लाग्नु पर्ने नै हुँदा प्रतिवादी मोतिरत्नले टिम्बर कर्पोरेशनसँग लिएको आयस्ता बहाल बिगो मध्ये आधा बहाल प्रतिवादी मध्येका मोतिरत्न बज्राचार्यबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको भ.पु.जि.अ.को फैसला । ५. भ.पु.जि.अ.ले आधा मात्र दिलाई दिने गरेको फैसलामा चित्त बुझेन सो बदर गरी दावी बमोजिम पुरै आयस्ता भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको जगतमोहन समेतको बा.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. आधा बहाल मबाट भराई दिने गरेको इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी वादी दावीबाट फूर्सद पाउँ भन्ने प्र.मोतिरत्नको बा.अं.अ.मा परेको पुनरावेदनपत्र । ७. यसै लगाउको अर्को मुद्दा किनारा भएपछि जगाउने गरी मुलतवी राखी दिने भन्ने समेत व्यहोराको ०३५।३।२० को आदेश । ८. अ.बं. १२ नं. बमोजिम मुलतवी जगाई दायरीमा दर्ता गरी बहाल मुद्दामा दुवै पक्ष विपक्ष तारेखमा रहेको हुँदा यस मुद्दामा पनि दुवै पक्षलाई तारिखमा राखी पेश गर्नु भन्ने समेत व्यहोराको ०३७।१०।१० को बा.अं.अ.को आदेशानुसार दुवै पक्ष तारिखमा बसी आएको । ९. निज मोतिरत्नले वादी पक्ष उपर केवल कूत बाली मात्र भरी खान पाउने हक दायित्व भएको देखिएकोले वा