निर्णय नं. २८७० - बाली भराई मोहीबाट निष्कासन गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८७० - बाली भराई मोहीबाट निष्कासन गरी पाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/०२ २०९० निर्णय नं. २८७० ने.का.प. २०४३ अङ्क १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.फु.नं. ९३ फैसला भएको मिति : २०४३।१०।२।६ मा पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं.वार्ड नं.२१ गावाहाल कुछेननी बस्ने मोती महर्जन मरी मु.स.गर्ने ऐ.ऐ.बस्ने लाल महर्जन विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं. २० जावलाखेल बस्ने लिलाकुमारी रिमाल मरी मु.स. गर्ने र आफ्ना हकमा समेत ऐ.ऐ.बस्ने किरणराज रिमाल मुद्दा : बाली भराई मोहीबाट निष्कासन गरी पाउँ (१) मोहीको भाइलाई मोही हक प्राप्त हुनसक्ने नदेखिँदा मर्ने प्रतिवादी पुनरावेदकको भाइले प्रस्तुत मुद्दा सकार गर्न हकदैया नपुग्ने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. ल.पु.न.पं.वार्ड नं. २०(क) को कि.नं.१८ को पाखो रोपनी ४–८–० को ०३४ सालको बाली नदिएकोले मकै मुरी २–५–४–५ को मुरी १ को रु.१००।– ले हुने रु.२२९।३१ भराई उक्त जग्गामा खनजोत नगरी बाझो राखेकोले जग्गाबाट मोही निष्कासन समेत गरी पाउँ भन्ने समेत फिराद दावी । ३. २०३४ सालको बाली बुझाउन जाँदा नबुझेकोले रु.३२४।३६ म्यादभित्र ०३४।१०।२८ मा ल.पु.न.पं.मा धरौट राखेको छु । मैले जग्गा राम्ररी कमाएको छु । जग्गामा बाली लगाई बाली विपक्षीलाई बुझाई पाउँ भनी धरौट राखेको र जीविका चलाई आएको हुँदा मुद्दा खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर । ४. वादी दावी अनुसारको बाली वादीले भरी पाउने ठहर्छ भन्ने समेत ल.पु.जि.अ.को फैसला । ५. मोही निष्कासन तर्फ नबोली निर्णय गरेकोले कानुन बमोजिम निर्णय गर्नु भनी शुरु जि.अ.मा पठाई दिने भन्ने समेत बा.अं.अ.को फैसला । ६. वादी दावी खारेज हुने ठहर्छ र दिन ७ को म्याद दिई सो म्यादमा रीतपूर्वकको निवेदन ल्याएमा लिई कानुन बमोजिम गर्ने भन्ने ल.पु.जि.अ.को फैसला । ७. उक्त इन्साफ उपर पुनरावेदन परेकोमा खारेज गरेको मिलेन कानुन बमोजिम किनारा गर्न शुरुमा पठाई दिने भन्ने समेत बागमती अञ्चल अदालतको फैसला । ८. वादी दावी बमोजिम मोहीबाट निष्कासन हुने ठहर्छ र वादीले बाली बुझी लिन पाउने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको फैसला । ९. उक्त फैसला उपर पुनरावेदन परेकोमा शुरु इन्साफ सदर हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला । १०. उक्त फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरिएको रहेछ । ११. बागमती अञ्चल अदालतको इन्साफ सदर ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला । १२. उक्त फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत यस अदालत डिभिजनबेञ्चको २०४०।९।१० को आदेश । १३. श्री ५ महाराजाधिराजका हजूरमा उक्त आदेश दोहर्‍याई पाउँ भनी न्यायिक समिति मार्फत प्रतिवादीले चढाएको निवेदनपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय