निर्णय नं. २२०९ - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२०९ - हक कायम भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/११/०४ २७१६ निर्णय नं. २२०९ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं. ६२४ मुद्दा : हक कायम निवेदक/वादी : ल.पु.जि.कोपुण्डोल ल.पु.न.पं. वा.नं. १ बस्ने योधराज शमशेर ज.ब.रा. विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने जिवनारायण वेलवासे फैसला भएको मिति : २०४१।११।४।५ मा § शेषपछिको बकसपत्रको व्यवस्थालाई पछिको पास भएको बण्डापत्रले अर्कै व्यवस्था गरेको देखिएको त्यसलाई बदर गराउन नसकेकोले समेत क्षे.अ.को फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारमा क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : म.क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने वादी योधराज शमशेर ज.ब.रा.को निवेदन परी अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा पुनरावेदन जिकिर निम्न लिखितानुसारको रहेछ : २. बुबा श्री बुद्धशमशेरका म समेतको ३ छोरा र मोहनकुमारी चन्द्रकुमारी समेतका भित्रिनी पत्नीहरू २ जनाका बीचमा सम्वत् १९९८।१।१० गते तत्कालीन रजिष्ट्रेशन अड्डाबाट पास समेत गरी चन्द्रकुमारी र मोहनकुमारीलाई घर जग्गा शेषपछिको बकसपत्र गरी दिनु हुँदा राखी बक्सेको शर्त बन्देज अनुसार बकस पाउने मध्यको चन्द्रकुमारी राणाको हिस्सामा परेको ल.पु.न.पं. वा.नं. १ को घर जग्गामा जानको लागि बाटोका हकमा बाहिर मूल ढोकादेखि पटाङ्गिनीबाट ठूलो घरको मूल ढोकामा पसी ठूलो चोकबाट सो बकस पाएको घरको दक्षिण पट्टिको ढोकाबाट सो घर चोकमा जाने गरी सो बमोजिम बन्देज गरी भन्ने बोली व्यहोराको लिखत भएकोमा बेमात्री आमा चन्द्रकुमारी राणाले पूर्वतर्फ मूल सडकमा जोडिएको १२ फुटे मूलढोका कायम गरी तथा भोग चलन गरी आउनुभएको थियो । उक्त बन्देज बकसपत्रमा मेरो शेषपछि छोराहरूसँग अंश नखोज्नु भन्ने शब्द समेत उल्लेख भएको र ०२३ सालमा भएको बण्डापत्रमा पनि घरको हकमा पूर्ववत बन्देजलाई कायम राखी जग्गा रोपनी १–०–० भाग अंश लिनुभएकोले त्यही कारणले मात्र बन्देज (शेषपछिको बकस) पत्र बदर हुन सक्ने स्थिति छैन किनकि बकस दिने व्यक्ति बुद्ध शमशेर २००० सालमा परलोक भई सक्नुभएको छ सो बमोजिम बकस प्राप्त गर्ने चन्द्रकुमारीको हक भएको थियो । बेमात्री आमा चन्द्रकुमारी मोहनकुमारी दाजु गगन शमशेर भाइ डायमण्ड शमशेर र म योधराज शमशेर समेतका बीचमा भएको २०२३ सालको बण्डापत्रमा मूलढोका बाटो र पटाङ्गिनीमा योधराजशमशेरको भागमा परेकोले दक्षिणतर्फ मोहनकुमारी चन्द्रकुमारी र डायमण्ड शमशेर हिड्ने ३ फुटे बाटो भन्ने छुट्टै ३ जनाको गोश्वारा बाटो देखाएको र १९९८ को लिखतलाई मान्यता राखी बाटाको हकमा मोहनकुमारीको जग्गामा जान गगनशमशेरले दिने चन्द्रकुमारीको जग्गामा जान आउनको लागि योधराजशमशेरले दिने भनी गोश्वारा बाटो सहित २ बाटो र १२ फुटे बाटोलाई समेत कायम राखेको छ । यही विपक्षीले बाटो खुल्ला गरिपाउँ भन्ने न.पं.बाट उठेको मुद्दामा उठाउनुभएको प्रश्न मिल्दो भएको भए पूर्व सडकबाट भइरहेको १२ फिटको मूल ढोका बाटो र पटाङ्गिनी हुँदै हिँडिरहेको चन्द्रकुमारीको घरमा प्रवेश गर्ने म योधराजशमशेरले आफ्नो बण्डाको घर दमनशमशेरलाई बिक्री गर्दा उल्लिखित श