निर्णय नं. २२१० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२१० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/१८ २४३० निर्णय नं. २२१० ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.नं. २२२४ विषय : उत्प्रेषण निवेदक : पूर्व २ नं. रामेछाप नमाडी गा.पं. वार्ड नं. ७ को हाल हे.न.पं. वार्ड नं. ७ बस्ने हेमबहादुर खड्का विरूद्ध विपक्षी : मकवानपुर जिल्ला अदालत मुकाम भिमफेदी मालपोत कार्यालय मकवानपुर हेटौंडा मेन्टनेन्स नापी शाखा मुकाम हेटौंडा हेटौंडा न.पं. वार्ड नं. ७ बस्ने मान बहादुर तिवारी आदेश भएको मिति : २०४१।१२।१८।१ मा § दुवै पक्षको मञ्जूरी साथ मिलापत्र भइसकेपछि रिट क्षेत्रमा अहिले आएर मिलापत्र बदर गरिपाउँ भन्ने रिट निवेदकको निवेदन दावी निराधार भई मु.ऐन अ.बं. १८२ नं. को बिपरीत भएको देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल र विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार रहेछन् । २. जिल्ला मकवानपुर हेटौडा नगरपञ्चायत वार्ड नं. ७ को सर्भे कि.नं. ५३८ को जग्गा बिगहा ०–१२–१७ मेरा नाममा नापी दर्ता भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त भएको मेरो हक भोग चलनको जग्गा हो । २०३९।१२।६ मा विपक्षी मानबहादुर तिवारीलाई रू. ३५,०००। पैंतीस हजारमा उक्त कि.नं. ५३८ को जग्गा ०–१२–१७ मा दृष्टिबन्धक पास गरी दिएको थिएँ । दृष्टिबन्धक लिखत बमोजिम दृष्टिबन्धक भोग चलन गर्न दिएनन् मु.ऐ लेनदेन व्यवहारको ६ नं. बमोजिम रुपैयाँ दिलाई पाउँ र ऐ. ३ नं. बमोजिम अदालतबाट दृष्टिबन्धक जग्गा चलन चलाई पाउँ विपक्षी मानबहादुरको ०४०।९।७ मा मकवानपुर जि.अ. मा फिराद परेकोमा कुन दावीमा फिराद गरेको प्रष्ट नहुनाले फिराद दावी खारेज गरिपाउँ भनी मेरो प्रतिवाद पर्यो र मिलापत्र गर्ने शर्त भई कि.नं. ५३८ को जग्गा बि. ०–१२–१७ मध्ये उत्तरतर्फ ०–८–१७ जग्गा दृष्टिबन्धक चलन चलाउन दिने गरी मिलापत्र भयो । सो मिलापत्र बमोजिम गरी माग्न विपक्षी मानबहादुर तिवारीले ०४१।१।१९ मा भाखा नघाई जग्गा पनि चलन चलाई पाउँ भनी मालपोत कार्यालय मकवानपुरमा निवेदन गर्दा मालपोत कार्यालयले कित्ताकाट गर्न मेन्टनेन्स नापी शाखालाई आदेश दिई आदेश बमोजिम कित्ताकाट गरी मेरो हक भोग तथा स्वामित्वको जग्गा विपक्षी मानबहादुरलाई दिनु दिलाउनु गरी विपक्षीले आफ्नो नाउँमा सम्पूर्ण हक स्वामित्व हुने गरी जग्गाधनी प्रमाणपूर्जा माल कार्यालयबाट लिएको कुरा मिति ०४१।१।२७ गते नक्कल सारी लिँदा थाहा पाएकोले नेपालको संविधानको धारा १०।१५।७१ को आधारमा सम्मानित अदालतको शरण पर्न आएको छु । मु.ऐ.अ.बं. ३५ नं. मा कानुन बमोजिम आफूले हेर्न नहुने मुद्दा बाहेक अरू मुद्दा हेर्न हुँदैन भन्ने छ । जिल्ला अदालतबाट इन्साफ हुँदा दृष्टिबन्धक चलन चलाउन पर्ने हो होइन त्यति कुरामा मात्र ठहर गर्ने अधिकार छ, वादी दावी बेगर जि.अ.ले ठहर गर्न पाउने होइन दृष्टिबन्धक लिखत बमोजिम जग्गा चलन चलाई पाउँ भन्ने मुद्दामा मिलापत्र भएको भनी दर्खास्तमा दावी छ भने हकै मेट्ने मेटाउने गरी कित्ताकाट गर्ने आदेश दिनु हक मेट्ने मेटाउने गरी ज.ध.प्र.पूर्जा दिन विपक्षी मालपोत कार्यालयले पाउने होइन । गैरकानुनी निर्णय आदेशको