निर्णय नं. २८७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/०९/१८ २११२ निर्णय नं. २८७२ ने.का.प. २०४३ अङ्क १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रि.फु.नं. ४३ आदेश भएको मिति : २०४३।९।१८।६ मा निवेदक : जि.पर्सा गा.पं.भिसवा वार्ड नं. ६ बस्ने हरिहर साह कानू विरुद्ध विपक्षी : जि.पर्सा गा.पं.भिसवा वार्ड नं. २ बस्ने चन्द्रकान्तमणी तिवारीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोही छोडपत्र गरेको आधारमा लगत श्रेस्तामा मोही लगत कट्टा गर्ने सम्म बाँकी रहेको कार्यलाई उक्त छोडपत्र गरेको आधारमा विवादीत जग्गाको मोही लगत कट्टा गर्ने गरेको प्रत्यर्थीको निर्णय कानुन अनुरुप नै भई त्रुटिपूर्ण नदेखिने । (प्रकरण नं. १४) विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञावाली आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति ०४१।३।१८ को निर्णय उपर श्री ५ महाराजाधिराज सरकारका जुनाफमा निवेदक हरिहर साह कानुनको मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट तोक लागी आए अनुसार फूलबेञ्चको डायरी लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएकोमा मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. जिल्ला पर्सा गा.पं.जयमंगलपुर वडा नं.५ को कि.नं.१०८ जग्गा विगहा १–१–० को जग्गाधनी चन्द्रकान्तमणि तिवारी हुन्, पर्सा जिल्लामा भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा पहिले देखि हालसम्म सो जग्गामा मोहियानीको हैसियतले जोत कमोद गरी साल सालै जग्गाधनीलाई कूत बुझाउँदै आएको छु । यसै बीच जग्गाको मोही हरिहर साह कानू थियो घरायसी कार्यले गर्दा जग्गा कमाउन नसकेकोले मोहीबाट छुट्कारा पाउँ भनी निजले मिति ०२३।१०।१०।२ मा जयमंगलपुर गा.पं.मा राजीनामा निवेदन दिएको र उक्त जग्गा आवाद गर्ने सम्बन्धी सो गा.पं.बाट मिति २०२३।१०।२० मा जानकारी प्राप्त गरी सोही सालदेखि म जग्गाधनी आफैंले जग्गा आवाद गर्दै आएको हुँदा मेरो जग्गाधनी प्रमाण पूर्जामा र मालपोत कार्यालय पर्सामा रहेको मोठ श्रेस्तामा समेत मोही लगत कट्टा गरी मोहीलाई निष्कासन समेत गरी पाउँ भनी चन्द्रकान्तमणि तिवारीको भू.सु.का.पर्सामा मिति ०३९।१०।९ मा निवेदन परेकोमा उक्त जग्गाको म प्रमाणित मोही हुँ । वादी दावी झुठ्ठा हो भनी मैले बयान गरेको थिएँ । यसैबीच उक्त कि.नं.र जग्गा ०३२ सालदेखि कमाई जग्गाधनीलाई बाली बुझाउँदै भर्पाई समेत लिई नसकेको हुँदा सो जग्गाको मोही प्रमाणपत्र पाउँ भनी ०३८ साल माघमा जगरनाथ महतो नुनियाको भू.सु.का.पर्सामा निवेदन परेकोमा वादी जगरनाथ महतो नुनियाको दावी बमोजिम मोही कायम गर्नु पर्ने हो वा होइन भन्ने सम्बन्धमा सो जग्गाको साविक मोही हरिहर साह कानू देखिएको र निजले यस कार्यालयमा कूत धरौट राख्दै आएकोले वादी दावी बमोजिम मोही कायम गर्न नमिल्ने भनी २०४०।२।१८ मा भू.सु.का.पर्साबाट फैसला भएको छ । विपक्षी चन्द्रकान्तमणि तिवारीले मोही निष्कासन गरी पाउँ भनी मिति ०३९।१०।९ मा भू.सु.का.पर्सामा दिनु भएकोमा प्रतिवादीले मिति २०२३।१०।१० मा मोही छोडपत्र गरेको र स्थानीय पञ्चायतले मिति २०२३।१०।२० मा मोहीको छोडपत्र स्वीकृत गरी जग्गाधनीलाई सूचना दिएको भन्ने व्यहोराको जवाफ स्थानीय गा.पं.को मिति २०४०।४।१० को पत्रबाट समेत देखिएको हुँदा प्रतिवादी हरिहर साह कानूको ना