निर्णय नं. २२१२ - मानिस बिक्री
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२१२ - मानिस बिक्री भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/२२ २३०९ निर्णय नं. २२१२ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४९६ मुद्दा : मानिस बिक्री पुनरावेदक/वादी : गोविन्दकुमारीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : अर्घाखाँची जिल्ला मोरङ गा.पं. वडा नं. ७ बस्ने रूकुमबहादुर पाण्डे क्षेत्री फैसला भएको मिति : २०४१।१२।२२।५ मा § ढुँग्री बन्धक लिएको भन्ने बयान भनाई भएकोमा सो कुरा प्रमाणित गर्ने भार निजैको हुने। (प्रकरण नं. २०) पुनरावेदक/वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट यस अदालत समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. रूकुमबहादुर पाण्डे, छवीलाल थापा, सोभाखर पाण्डे समेत ३ जनाले मलाई विदेश लगी बिक्री गर्ने सल्लाह गरी सोभाखर पाण्डेले मेरो पति झविन्द्रको घरबाट ल्याई तीनै जनाले तानसेन घुमी आउँ भनी म जिम्माको ३ थान सुनका किलिप सोभाखरले र १ जोर ढुँग्री, सारी, ३ चोला, २ ब्लाउज १, दोसल्ला बर्की १, तीन खापे खास्टो १, पेटिकोट २ पटुका २ रूकुमबहादुरले लिई ०३६।३।३१ गते छविलालले लिई पंजाव पुर्याई निजको फुपूको लोग्ने रोनकराम अग्रवालको घर लगी फुली माडवारी तिलहरी झिकी, पोते छवेले झिकी हिँडे, ५ दिनपछि छवे र रूकुमबहादुरलाई रोनकरामबाट भा.रू. १२००। लिएकोदेखि मलाई बिक्री गरेको कुरा थाहा पाएँ । निज रोनकरामले रू. ५,०००। मा अजामिर सिंह गुरूङले किनी निजहरूको घरमा लगेर पछि बाबु शशिधर लिन गई साथ लागि आएकोले निज रूकुमबहादुर, छविलाल र सोभाखरलाई कानुन बमोजिम सजाय गरी पाउँ भन्ने समेत पातली भन्ने गोविन्दकुमारीको जि.प्र.का. अर्घाखाँचीमा परेको दर्खास्त । ३. पातली भन्ने गोविन्दकुमारीलाई बेचौं भन्ने कुरामा मेरो कसैसँग सल्लाह छैन के कतिमा बिक्री गर्यो सो पनि थाहा छैन पातली र रूकुमबहादुरको पोल झुठ्ठा हो भन्ने समेत व्यहोराको सोभाखरले प्रहरीमा गरेको इन्कारी बयान । ४. ०३६।३।३१ गते रातारात पातली भन्ने गोविन्दकुमारीलाई भारतमा बेच्न लैजान उल्का पारी सम्म म छबिलाल र सोभाखर ३ जना भई गयौं म र सोभाखर घर फक्र्यौ छबिलालले गोविन्दकुमारीलाई बिक्री गर्न लिई हिँडिरहेका हुन् । गोविन्दको १ जोर ढुँग्री, पटुका २ दोसल्ला बर्की १ लिएको छु । बिक्री भएको रकम बाँडी खाने कुरा भएको हो र पछि गोविन्दकुमारीलाई बिक्री गरेको कुरामा शंका गरेको छ भन्ने छबिलालबाट सुनेपछि गोविन्दकुमारीलाई लिन पंजाव गयौं । रुपैयाँ फिर्ता दिन नसक्दा गोविन्दकुमारी फिर्ता हुन सकेन र हामी फक्र्यौ भन्ने समेतको रूकुमबहादुरको प्रहरीमा भएको कागज । ५. रूकुमबहादुरले गोविन्दको ढुंग्री १ जोर पटुका २, दोसल्ला बर्को १ प्रहरी डोरमा दाखिल गरेको र गोविन्दले सुनको ढुंग्री १ जोर पटुका निलो सेतो २ दोसल्ला बर्को मेरो हो भनी गरी दिएको कागज । ६. छबिलाल र रूकुमबहादुरले भा.रू. १२००। मा बिक्री गरेको पक्कै हो सोभाखरको सहमति छ भन्ने दफा १ मा गोविन्दको बाबु शशिधर गोविन्द आषाढ महीनादेखि हराएको सुनेको थियौं, गोविन्दलाई बिक्री गर्नेमा सोभाखर छबिलाल रूकुमबहादुर जना ३ को सहमति छ भन्ने नरे