निर्णय नं. ४६८३ - अदालतको अबहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६८३ - अदालतको अबहेलना भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/१२/११ ३१९६ निर्णय नं.– ४६८३ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४७ सालको फौ.वि. नं. – ८२ फैसला मिति: २०४९।१२।११।४ निवेदक : महाकाली डडेलधुरा श्री गणेश गा.पं. वडा नं. ९ घर भै हाल ललितपुर न.पा. वडा नं. १ कोपण्डोल बस्ने दल बहादुर मल्ल । विरुद्ध विपक्षी : संचालक समिति, द टिम्बर कर्पोरेशन अफ नेपाल । मुद्दा :– अदालतको अबहेलना । (१) अदालतको आदेशको अवज्ञा गरी अदालतको अबहेलना गर्यो भन्ने मुद्दामा अदालतको आदेशले यो यति कार्य गर्नु भनी प्रष्ट रुपमा किटान गरिएको र त्यस्तो कार्य नगरी आदेशको अपालन गरेको हुनु पर्ने । (प्र.नं.१०) (२) अदालतको अवहेलनाको पनि प्रमुख उद्देश्य अदालतको सम्मान को रक्षा गर्नु हो । (प्र.नं.११) (३) अवहेलनाको कारवाहीबाट कुनै निर्णय, कारवाही वदर वा संशोधन वा हेरफेर गर्न मिल्ने देखिंदैन । (प्र.नं. ११) (४) अदालतको आदेश वा फैसलाको अवज्ञा गरी सो आदेश वा फैसला कार्यान्वयन नगरेको अवस्थामा त्यस्तो आदेश वा फैसलाको कार्यान्वयन गर्नसम्म अवहेलनाको कारवाहीबाट मिल्ने । (प्र.नं.११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या. लक्ष्मण प्रसाद अर्याल १. इन्धन संस्थान केन्द्रीय कार्यालयको मिति २०३६।३।२५।२ को पत्रानुसार म निवेदक एक वर्षको परीक्षणकालमा रहने गरी शाखा अधिकृत पदमा नियुक्त भई परीक्षणकाल समाप्त भएपछि स्थायी भई काम गर्दै आएको थिएँ । यस अवधिमा इन्धन संस्थानबाट जनकपुर, विराटनगर शाखाहरूमा सरुवा समेत गरियो । यसैबीच ७ तहको पदमा बढुवाको लागि आह्वान गर्दा म निवेदक समेत सम्भाव्य उम्मेदवार भई मिति २०४३।३।१३ को निर्णय अनुसार मलाई बढुवा गर्ने व्यहोराको सूचना गोरखापत्रमा प्रकाशित गरियो । तर मलाई बढुवाको पत्र भने दिइएन । पछि मैले बढुवाको नियुक्तिपत्रको माग गर्दा मलाई अस्थायी कर्मचारी भएको भन्दै २०४३।३।१३ मा बढुवा गर्ने गरी भएको निर्णय बदर गरिएको पत्र मिति २०४४।१०।१२ मा प्राप्त गरी सो निर्णय समेत बदर गरी पाउन सम्मानित अदालत समक्ष रिट निवेदन चढाएको थिएँ । सम्मनित सर्वोच्च अदालतले म निवेदकलाई स्थायी कर्मचारी ठहर गरी नियुक्ती पत्रहरूमा संशोधन गर्ने गरी गरेको पत्यर्थीहरूको उक्त मिति २०४४।९।२८ मा गरेको निर्णय र सो को जानकारी गराएको मिति २०४४।९।२९ को पत्र समेत त्रुटिपूर्ण देखिंदा उत्प्रेष्णको आदेशद्वारा बदर ठहर्छ भनी मिति २०४६।२।१२।५ मा २०४४ सालको रिट नं. १७२५ मा निर्णय गरेको छ । २. यसैबीच इन्धन संस्थान टि.सि.एन. मा गाभियो । उक्त निर्णय पश्चात सातौंतहको पदमा नियुक्ति पाउन हालको कार्यालयमा ताकेता गरेकोमा २०४७।५।२४ को अत्यन्त जरूरी गोप्य पत्रद्वारा मलाई हालैदेखि मात्र सातौं तहमा बढुवा गरी नियुक्ति दिने भनी सूचित गरियो । सो पत्रमा असहमति जनाई मैले पत्राचार गरेकोमा आजसम्म जवाफ पाइँन । म निवेदकको पदोत्रति मिति २०४३।३।१३ को सूचना द्वारा नै भइसकेकोले उल्लेखित मितिमा म निवेदक बाहेक अन्य तीन जनाको पदोन्नती भएको छ । मसँगै पदोत्रति भएका व्यक्तिले पदोत्रति पाएका मितिले मेरो पनि बढुवा हुनुपर्ने हो । मेरो गल्तिले मेरो पदोत्रति रोकिएको होइन । मैले आफूलाई परेको अन्याय सम्बन्धमा सम्मानित अदालत समक्ष आई रिट निवेदन गरी विपक्षी इन्धन संस्थाले गर