निर्णय नं. २८७३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८७३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/०८/१३ २२५२ निर्णय नं. २८७३ ने.का.प. २०४३ अङ्क १० पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रि.फु.नं. ४४ आदेश भएको मिति : २०४३।८।१३।६ मा निवेदक : जि.रुपन्देही घुम्हवा पिपरहवा गा.पं.वार्ड नं. ५ बस्ने तुलसीराम यादव विरुद्ध विपक्षी : जि.रुपन्देही पजरकट्टी गा.पं.वार्ड नं. १बस्ने तुलसी देई अहिरनीसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) अदालतको क्षेत्राधिकार भित्रको विषयमा प्रत्यक्ष हस्तक्षेप गर्न तथा मर्का पर्ने पक्ष अदालतको शरणमा आएपछि अदालतलाई ढाट्ने, सत्य र तथ्यलाई लुकाउने विपक्षीको कार्यलाई शोभनीय मान्न नसकिने । (प्रकरण नं. १३) (२) आफ्नो अधिकार नै नभएको विषयको निवेदन उजूरी लिई रिट निवेदकलाई झिकाई बयान गराई तारेखमा राख्ने तथा अदालतको फैसला समेतलाई प्रभावशुन्य बनाउने गरी भर्पाई कागज गराउने समेत विपक्षी जिल्ला कार्यालय, रुपन्देहीबाट भएको सम्पूर्ण कारवाही अनधिकृत एवं गैरकानुनी समेत देखिएकोले विवादीत भर्पाई तथा त्यस सम्बन्धमा भए गरेको सम्पूर्ण कारवाहीहरू उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदकको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. विपक्षी मध्येकी तुलसी देईले मबाट ०३७।१०।२ मा रु.३४,७३८।– कर्जा लिई तमसूक गरी दिएको भाखाभित्र सावाँ ब्याज नुबझाई रुपन्देही जि.अ. मा मेरो फिराद परी साँवा ब्याज भरी पाउने ठहरी रुपन्देही जि.अ.बाट फैसला भएको छ । उक्त अदालती कारवाही रहेकै अवस्था विपक्षी तुलसी देईको झुठ्ठा उजूरीको आधारमा विपक्षी प्र.जि.अ.ले मधुवनिया प्रहरी थाना मार्फत पक्राउ गरी झिकाई बयान गराई तारेखमा राख्नु भएको र धम्की डरत्रास दिई विपक्षी तुलसी देईले रुपैयाँ लिएको छैन भनी कागज गरी देउ भनी मौखिक आदेश गर्दा मैले नमान्दा ०४०।१०।२१ देखि २८ गते सम्म थुनामा राख्नु भयो । पछि जमानतमा तारेखमा छाड्नु भयो । रुपन्देही जि.अ.बाट उक्त फैसला भइसकेपछि मलाई प्रहरीद्वारा पक्राउ गरी ०४१।१।१९ मा झिकाई प्र.जि.अ.ज्यू उपस्थित नरहेकोले विपक्षी प्रशासकीय अधिकृतज्यूले आफ्नो अफिस कोठामा मलाई नाम नजानेको प्रहरीद्वारा कुटपिट गरी कायल पारी विपक्षी स्वयं व्यहोरा भन्दै मबाट आफूले भने बमोजिम मेरै हस्ताक्षरले विपक्षी तुलसी देईले रुपन्देही जिल्ला अदालतबाट फैसला बमोजिमको रु.४२,५२५।१० बुझी भर्पाई गरी दिइएकोले रुपन्देही जिल्ला अदालतबाट फैसला बमोजिमको रु.४२,५२५।१० बुझी भर्पाई गरी दिएँ भन्ने व्यहोराको भर्पाई लेखाई मेरै हस्ताक्षर सही गराई लिनु भयो र त्यस बखत उपस्थित रहेका हंशराज अहिर बकवई गा.पं.प्रधानपञ्च रामअचल कुर्मी सैफु घुनिया समेत साक्षी राखी विपक्षी तुलसी देईलाई सौपी दिनु भएको छ । ३. यसरी अदालतको कार्यक्षेत्र भित्रको लेनदेन मुद्दा परी सकेपछि प्र.जि.अ.ज्यूले अख्तियार बिना उजूरी लिई कारवाही गरेको र प्रशासकीय अधिकृत समेतले दुनियाँको हक अ