निर्णय नं. २८७४ - परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८७४ - परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१८ २१४३ निर्णय नं. २८७४ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४३ सालको रिट नं. २४३२ आदेश भएको मिति : २०४३।१०।१८।१ मा निवेदक : का.न.पं.वार्ड नं. १८ नरदेवी नेटपाचो बस्ने रत्नलाल श्रेष्ठ विरुद्ध विपक्षी : श्री अञ्चलाधीश बागमती अञ्चल बागमती अञ्चल कार्यालयसमेत विषय : परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) सरकार लाग्नु पर्ने भनी जिकिर लिएको घर जग्गाको सम्बन्धमा प्रत्यर्थी जिल्ला कार्यालय काठमाडौंले कारवाही अघि बढाउन सबुद प्रमाणको अभावमा नमिल्ने भनी तामेलीमा राख्ने गरेको निर्णयबाट रिट निवेदकको हकमा आघात परेको भन्न सकिने स्थिति नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १२) विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. का.न.पं.वडा नं.१३ को हाल १८ नरदेवी नेटपाचोको कि.नं.१८० को ०–१–३–३ क्षेत्रफलमा बनेको धर्मरत्न उदासको पक्की घर मध्ये केही घर मध्ये भिन्द्यो श्रेष्ठलाई ०३७।३।२४ मा वर्ष ७७ भनी धर्मरत्नले रु.२०,०००। मा बन्धकी दिएको धर्मरत्न ८० वर्ष पुगी बिरामी भइरहेको नं. १बाहेकका अरु विपक्षीहरू मिली नक्कली कीर्ते ६१ वर्षको धर्मरत्न खडा गरी ०३९।११।१७ गते हालैको बकसपत्र पास गरी ०४०।१।५ गते सक्कली धर्मरत्न मरी निजको घरजग्गा कृष्णमाया अष्टरत्न र बुद्ध रत्नले सारदा र राजकुमारीलाई ०४०।२।१८ गते हालैको २ वटा बकस पास गरी लिए दिए । अपुतालीको १७।२० नं. ले सरकार लाग्ने घरजग्गा बकसपत्र नामसारी दाखिल खारिज दर्ता गरेको बदर गरी सरकार दाखिल गरी दं.स. ५० नं.ले पाउने कमिशन पाउँ भन्ने समेत ०४० साल बैशाखमा बि.जा.वि.मार्फत चढाएको निवेदनपत्रमा कानुन बमोजिम गर्नु गराउनु भन्ने हु.प्र. बक्स भई गृह मन्त्रालयमा गयो । त्यहाँबाट ०४१।२।१९ मा अं.का.बा.अं. मा गई वाहाँबाट ०४१।३।१९ को पत्र साथ जिल्ला कार्यालय गई उक्त कार्यालयबाट अष्टमान समेत झिकाई सक्कल प्रमाण पेश गर्न भनेकोमा भिनाजु धर्मरत्नले ०३९।११।१७ मा म समेतलाई हा.व. गरी दा.खा. भएको छ । धर्मरत्नले भिंद्योलाई रु.२०,०००।– मा बन्धकी दिई रु.१७,०००। बुझाई बाँकी रु.३,०००।– मैले बुझाई सारदा र राजकुमारीलाई हा.ब.गरी दिएकोमा रत्नलालले के कस्तो निवेदन दिएछ, जि.का.ले बोलाई कागज गराई सक्कल लेउ भने, उजूरी लिई कारवाई निर्णय गर्ने अधिकार कानुनले प्र.जि.अ.लाई छैन निषेधाज्ञा जारी गरिपाउँ भन्ने समेत अष्टमानको निवेदन, मेरो र जि.का.को लिखितजवाफ पेश भए पछि अपुताली पर्नेको हकदार नहुँदा सरकार दाखिल गरी पाउँ भन्ने समेत निवेदन परी कानुन बमोजिम गर्नु गर्न लगाउनु भन्ने हुकुम प्रमांगी बमोजिम कारवाही गरेको जवाफबाट देखिएको अ.बं.१० नं. अपुतालीको १७ नं. बमोजिम छानबीन सोधपुछ गरेको देखिएको हु.प्र.को आधारमा भएको कारवाही देखिँदा खारेज हुने ठहर्छ भनी बा.अं.अ. बाट ०४२।१।६।५ मा फैसला गरे उपर अष्टमानको पुनरावेदन पर्दा बा.अं.अ.को मनासिब गरी ०४२।१०।८ मा म.क्षे.अ.सिंगलबेञ्चबाट फैसला भयो । ३. निवेदकलाई जि.का.का.मा तारेखमा नराखेको बराबर उपस्थित भई ऐन तथा हु.प्र. बमोजिम कारवाई किनारा लगाई पाउँ भन्दा कुनै ज