निर्णय नं. २२१३ - निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२१३ - निखनाई पाउँ भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/२८ २३१७ निर्णय नं. २२१३ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ५८९ मुद्दा : निखनाई पाउँ पुनरावेदक/वादी : जिल्ला सप्तरी, गाउँ पञ्चायत महादेवा वडा नं. ६ बस्ने अनिरूद्र मण्डल विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला सप्तरी गाउँ पंचायत भगवतपुर वडा नं. ८ बस्ने प्रयागवती धनुकाइनी फैसला भएको मिति : २०४१।१२।२८।४ मा § जति जग्गाको वादी मोही छ त्यति जग्गा सम्म निखन्न पाउने । (प्रकरण नं. १५) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री कृष्ण लाल देव विपक्षीवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद भण्डारी उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : वादी दावी नपुग्ने ठहर्‍याई गरेको पू.क्षे.अदालतको इन्साफमा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : रूद्र शमशेर नाउँको मौजा अकवरपुरको विना नम्बरको ।२ कि.नं. ६११ को ।।.।। नं. ५७१ को ।२ नं. ५११ को । समेत ४ कित्ता ज.बि.१।४।।. को म मोही भई निज रूद्रशमशेरबाट नरध्वज खड्का दर्ता हुन आएको निज पालामा पनि मैले मोहीमा कमाई आएको हाल सर्भेमा विना नम्बर जग्गा हा.नं. ८ को ।२।।१ हा.नं. ६११ को हा.नं. ८१ को ।।३।। सा.नं. ५७१ को हा.नं. २३ मा ।९.३ सा.नं. ५११ को हा.नं. १६० मा १।०।१ समेत १।३।। कायम भई नापी भई मेरो नाउँमा मोही दर्ता भएको ४ नं. अस्थायी निस्सा छ । उक्त जग्गा ०२७।७।२७ गते प्रयागवती नाउँमा लिखत गरी पारित गराएको छु भनी धर्मी मण्डलले भनी ०२७ सालको बाली बुझी भर्पाई दिएको छ । ०२८।३।५ गते थैली बुझी जग्गा निखन्न देऊ भन्दा नमानेकोले प्र.लाई झिकी बुझी के कति थैलीमा कुन अड्डाबाट रजिष्ट्रेशन पारित भएको निज प्रयागवतीबाट खुलाई प्रतिउत्तर परेपछि थैली यकीन हुन आएमा मुख मिलेमा मेरो जोताहा ४ नं. निस्सामा लेखेको ज.बि.१।४।।। जग्गा दामासाहीले हुने थैली धरौट राख्ने छु र सो प्रयागवतीलाई बुझ्न लगाई १।४।। जग्गा म मोहीलाई निखन्न पाउँ भन्ने समेत वादीको फिरादपत्र । २. वादी दावीको ४ किल्ला जग्गा नहट पटकी हुँदा नरध्वजबाट बिगहा रू. ५०००। का दरले खरीद गरी ०२७।७।२७ गते भू.प्र.का. काठमाडौंबाट लिखित पारित गराई लिएको छु । कि.नं. ६२२ को ।४.२ समेत १।।१।।।.। जग्गा किरण शमशेर थापा क्षेत्रीबाट रू. ८,०००। मा खरीद गरी ऐ. कार्यालयबाट ०२७।८।३० गते पारित गराई लिएको छु । यसमा नरध्वज र किरणशमशेरको हकवालाले पनि हकसफातर्फ कारवाई यसै अदालतमा चलाएका छन् भन्ने समेत प्रतिवादी प्रयागवतीको प्रतिउत्तर पत्र । ३. मोहीका हैसियतले जग्गा निखनी पाउँ भन्ने वादी दावी लेनदेन व्यवहारको १६ नं. बमोजिम निखनाई दिनपर्ने देखिनाले दावी पुग्ने ठहर्छ भन्ने समेत शुरू जिल्ला अदालतको फैसला । ४. शुरू जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन शुरूको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र । ५. वादी दावीको नरध्वजबाट खरीद गरेको साविक कि.नं. ५११, ६११, ५७१ को जग्गाको प्रति बिगहा रू. ५०००। का दरले हुने रुपैयाँमा वादीले निखन्न पाउने ठहर्छ । अरू वादी दावी पुग्न सक्दैन भन्ने समेत सगरमाथा अञ्चल अदालत रा.वि.बेञ्चको फैसला । ६. स.अं.अ.राजविराज बेञ्चको उक्तफैसला प्रत्यक्ष कानुनीत्रुटिपूर्ण रहे भएको स्वतः देखिरहेकोले उक्त फैसला उपर पुनरावे