निर्णय नं. २८७६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८७६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१८ २१७० निर्णय नं. २८७६ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रि.नं. २१९९ आदेश भएको मिति : २०४३।१०।१८।१ मा निवेदक : जिल्ला झापा बालवाही गाउँ पञ्चायत वडा नं.२ बस्ने कादुवा राजवंशी विरुद्ध प्रत्यर्थी : भूमिसुधार अधिकारी भू.सु.का.चन्द्रगढी झापासमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) मोहियानी हकको जग्गाको कूतबाली प्रत्येक वर्ष ऐन नियमद्वारा निर्दिष्ट गरेको म्यादभित्र जग्गाधनीलाई बुझाउने दायित्व प्रत्येक मोहीको हुने । (प्रकरण नं. १०) (२) मोहीको दायित्व पूरा नगर्ने मोहिलाई मोहियानी हकको जग्गाको कूतबाली भराई मोही निष्कासन गर्न पाउने अधिकार भूमिसुधार अधिकारीलाई दिइराखेकै देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री खड्गप्रसाद उप्रेती विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा तथा विद्वान अधिवक्ता श्री नारायणराज खरेल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. म निवेदक झापा जिल्ला बनियानी गा.पं.वडा नं.२ कि.नं.२१८ को ज.वि.५–२–१८ जग्गा भूमिसुधार लागे देखि नै मोहीको हैसियतले जोती जोताहाको प्रमाणपत्र प्राप्त दर्तावाला मोही छु । कूतवाली बुझाउँदै आएकोमा ०४० सालमा निज जग्गाधनीले बाली बुझी भर्पाई नदिई बाली बुझाएन भन्ने झापा जिल्ला अदालतमा नालिश दिएको कारवाई किनारा भई ०४१ को बाली पनि एकै चोटी बुझाउनु भनी विपक्षीले भनेकोमा पछि २०४१ सालको बाली पनि नबुझाएको भनी भू.सु.का.चन्द्रगढी झापामा नालेश गर्नुभएकोमा विपक्षी भूमिसुधार अधिकारीले पनि दुराग्रह राखी मिति २०४२।९।१६ मा मलाई उक्त जग्गाबाट मोही निष्कासन गर्ने आदेश दिनु भएको छ । ३. विपक्षी भूमिसुधार अधिकारीको इजलासमा २०४१ सालको बाली नबुझाएकोले बाली दिलाई मोही निष्कासन गरी पाउँ भन्ने उजूर पर्दा मोहियानीको कित्ता नं.२१८ को जम्मा जग्गा मध्ये ४–२–१० को वालीमा विवाद देखाएकोमा बाँकी विवाद नउठाएको जग्गा १–०–० समेत सम्पूर्ण कित्ताको क्षेत्रफल ५–२–१० बाटै मोही निष्कासन गर्ने निर्णय गर्नुभएको छ । ०४१ सालको बाली मेरो नतिर्ने मनशाय थिएन ०४०।०४१ सालको वाली एकैचोटी लिने भन्दा अल्मलिएको सम्म हो बाली नतिर्ने भन्ने दावीमा बाली अड्कनु पर्ने के कस्तो परिस्थिति पर्यो भन्नेतर्फ पूर्ण बेवास्ता गरी एक्कासी भू.सं.ऐन, ०२१ को दफा २९(१) बमोजिम मोही निष्कासन हुने ठहराएको विपक्षी भूमिसुधार कार्यालय चन्द्रगढीको मिति २०४२।९।१६ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४२।११।२७ गतेको आदेश । ५. वादी दावीमा ज.वि.१–०–० मोहीले छोडपत्र गरी आफैंले जोतेको भनी उल्लेख गरेको प्रतिउत्तरपत्रमा समेत नजोतेको स्वीकार गरी उल्लेख गरेको साथै छोडपत्रहरू पेश भई मोही लगतकट्टा गरी पाउँ भनी जग्गाधनीको निवेदन परी रहेको ०४० सालको कूत बाली नबुझाए उपर उजूर परी झापा जिल्ला अदालत तथा पुनरावेदन तहबाट समेत फैसला भएको र ०४१ सालको कूत पनि जग्गाधनीलाई नबुझाई बाँकी