निर्णय नं. २८७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८७९ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/०१ २१५७ निर्णय नं. २८७९ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रिट नं. २२२९ आदेश भएको मिति : २०४३।१०।१।५ मा निवेदक : का.न.पं.वार्ड नं. ३३ ज्ञानेश्वर बस्ने पुष्पकुमारीको मु.स. गर्ने ऐ.ऐ.बस्ने मन भण्डारी विरुद्ध विपक्षी : महांकाल गा.पं.वार्ड नं. ८ मंडीखा बस्ने बलरामप्रसाद सापकोटासमेत विषय : उत्प्रेषण (१) पञ्चायतबाट कबूलियत आउन नसकेकोबाट कानुन बमोजिमको कबूलियत भएको भन्ने देखिन आएन । भू.सं.ऐन, २०२१ प्रारम्भ भएपछि मोही हुनलाई भू.सं.ऐन, २०२१ को दफा ३४ को प्रकृया अपनाई जग्गा बाली र मोहीको बीच दोहरी कबूलियत भई एकप्रति पञ्चायतमा दाखिल भएपछि मात्र कानुन बमोजिम मोही मान्न मिल्ने, त्यसको अभावमा भर्पाईको आधारमा मात्र मोही कायम गर्न नमिल्ने । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. का.जि.चपली भद्रकाली गा.पं.वडा नं.९(ग) को कि.नं.६ बाट कित्ताकाट हुँदा कायम भएको कि.नं.४८० को क्षेत्रफल ०–१४–० र कि.नं.४८१ को क्षेत्रफल ०–१४–० जग्गाको हाल ज.ध.पुष्पकुमारी बस्नेत र रामबहादुर बस्नेत भएकोमा साविक कि.नं.६ मा दुवै जनाको हक कायम भएको अवस्थामा ०२४।१०।२४ मा म निवेदकलाई कबूलियत गरी जग्गा जोती आएको हुँदा जोताहाको हक प्रमाणपत्र पाउँ भन्ने समेत व्यहोराको निवेदन विपक्षी मध्येका रामप्रसादले भू.सु.का.मा दिएकोमा विपक्षी भू.सु.का.ले जोताहा कायम गरी टिप्पणी सदर गरेकोमा सर्वोच्च अदालतमा मेरो निवेदन पर्दा सर्वोच्च अदालतबाट ०४१।९।१६ गते उक्त निर्णय बदर गरी परमादेश जारी भएको थियो । पुनः भु.सु.का ले मलाई कागज गराउँदा मैले भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि हाम्रो पिता पूर्खाका नाममा कायम भएको जोतपोतको उक्त जमीनको ज.ध.प्र.पू. मा साविकमा मेरो बाजे पृथ्वीबहादुरका नाउँमा जग्गाधनी र मेरा पिता कृष्णबहादुरको नाउँमा जोताहा थियो र बाजे स्वर्गे भइसकेपछि मेरो जेठा बाबु र आमा हाम्रो पुर्खाको जमीन सम्झी नामसारी गरी पाउँ भनी महांकाल गा.पं.का.मा निवेदन दिएकोमा ०३२।५।१४ मा उक्त गा.पं.बाट उक्त जमीनको नामसारी दर्ता गराई दिनु हुन सिफारिश दिएकोमा उक्त विवादीत साविक कित्ता वडा नं.९(ग) कि.नं.६ मा क्षेत्रफल १–१२–० उल्लेख गरी जोताहामा कृष्णबहादुर बस्नेत भन्ने प्रष्ट हुन्छ तसर्थ विपक्षीले पेश गरेको पञ्चायतको सिफारिश दुषित भावनाले खडा भएको प्रष्ट छ । विपक्षीले भर्पाई भनी पेश गरेको लिखत कीर्ते हो भनी बयान गरेको छु । उक्त जोताहा मुद्दाका सम्बन्धमा मेरो अंश मुद्दा परी झगडा परेको झगडिया आमाको भतीजा रामबहादुरले भनेका खडा गरेका लिखतबाट मेरो विरुद्धमा कुनै प्रमाण नलाग्ने प्रष्ट छ । विपक्षीले पेश गरेको कबूलियत भू.सं.ऐन, २०२१ को दफा ३४ बमोजिम रीत पुगेको छ भनी भन्न नसकेको र २०३९।४।१० समेतका हालका लालपूर्जामा र पुरानो ज.ध.प्र.पू. आदिमा जोताहा विपक्षीको नाम उल्लेख नभएको मेरो आमा र मैले समेत कुनै प्रकारको लिखत गरी हक नछोडेको हुँदा भू.सं.ऐन, २०२१ लागू भएपछि कबूलियत हुनुपर्ने र सो को दोहोरी पञ्चायतमा