निर्णय नं. २२१४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२१४ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/३० २५२० निर्णय नं. २२१४ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नम्बर २२१९ विषय : उत्प्रेषण निवेदक : वागमित अञ्चल ल.पु.न.पं. वडा नं. ११ कुटी सौगलको हाल बजेका नाम ढाँटी जग्गा नामसारी गरी ज.ध.प्र.पु. लियो भन्ने अभियोगमा वि.प्र.वि. बाट हिरासतमा राखी सदरखोर कार्यालयमा बन्दी भई बस्ने अष्टबहादुर चित्रकार विरूद्ध विपक्षी : वि.प्र.वि.सिंहदरवार गजराज चित्रकार आदेश भएको मिति : २०४१।१२।३०।६ मा § रिसवत लिनुदिनु गरे भन्ने उजूर सम्बन्धमा अनुसन्धान गर्ने अधिकार विशेष प्रहरी विभागलाई भएको । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री बलराम काफ्ले उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. बाजेहरूको दाजुभाइ ५ मा (१) धिर्जविर (२) उजीर (३) हर्षमान (४) कुलमान (५) मानसिं समेत भई उहाँ बाजेहरू पाँचैका नाउँमा पा.सौगल ६० नं. का पोता लगतमा कि.नं. ४२ मा दर्ता भएको श्रेस्ताबाट देखिएको छ । वहाँ बाजेहरू मध्ये कुलमानको छोरा २ मा (१) विष्णु(२) भाइचा विष्णुको छोरा जोगरत्न जोगरत्नको छोरा सिद्धीरत्न हाल सजीव भई ल.पु.न.पं. १३ टंगालमा निवास गरी आउनुभएको छ । अर्को छोरा भाइचातर्फ भाइचा भाइचाको छोरा लोकबहादुर भन्ने जीवरत्न मृत्यु भई निजको सन्तान कोही छैन । मानसिंहको छोरा ३ मा (१) कुलविर (२) कुलबहादुर (३) कुलवन्त भन्ने ल्याम काजी, कुलविरको छोरा (१) रत्नबहादुर (२) जनकबहादुर निजहरू दुवै मृत्यु भई कुलविरको स्वास्नी दिलमाया भन्ने चिरीमाया हाल मृत्यु भई हाल सन्तान कोही छैन । कुलबहादुरको छोरा २ भएकोमा पनि दुवै मृत्यु भई बुहारी चन्द्रलक्ष्मी १ मात्र बाँकी भएको, ल्यामकाजी भन्ने कुलवन्तको छोरा निवेदक अष्टबहादुर भएकोले कुलमान मेरो सहोदर बाजे हुन वहाँका छोरा पनाति सिद्धीरत्न सजीव भई काका भतिजा नाता परेको छ । उपरोक्त लेखिएका दाजु भाइचा चित्रकारले म समेतका बाजे कुलमानका नाउँमा दर्ता भएको मेरो समेत हक लाग्ने जग्गा बाबुकाजी ताम्राकारलाई घरायसीबाट ०३३।७।२५ मा फार्छे गरी दिनुभएको जग्गा निवेदकले बाबुकाजीबाट ०३३।९।१० मा निखनी लिई मेरो हक हुन आएको उक्त जग्गा बाजे कुलमानका नाउँबाट म निवेदकका नाउँमा नामसारी दर्ता गरी ज.ध.प्र.पू. प्राप्त गरेकोमा भतिजा सिद्धीरत्नले चित्त बुझाई मौन रही आएको छ । उक्त जग्गा नामसारी गरी लियो भनी रिसले विपक्ष मध्येका गजराजले निवेदक उपर बागमती अञ्चलाधीशको कार्यालयमा जिम्मा लिएको घर जग्गा समेत फिर्ता दिएन भनी उजूर गर्नु भएबाट म निवेदकलाई वारेण्ट जारी भई पक्राउमा परी तारिखमा राखी बसी आएकोमा अञ्चलाधीशज्यू उपर मेरो यसै सम्मानित अदालतमा रिटको निवेदन परी तारिख छुटाई दिनुभएकोले रिटको निवेदन खारेज गरी डिभिजन बेञ्चबाट ०४०।४।९ मा निर्णयको आदेश भएको । यसपछि पुनः ल.पु.जिल्ला कार्यालयमा विपक्षी गजराजले निवेदन दिई निवेदकलाई ०४०।२।१६ देखि तारिखमा राखी बसी आएकोमा ०४०।५।३१ देखि तारिख दिनु नभई तामेलीमा राखी आएको छ । विपक्षी गजराजले निजका बाजेका ना