निर्णय नं. २८८० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८८० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/०८ ३०१० निर्णय नं. २८८० ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १५५९ आदेश भएको मिति : २०४३।१०।८।५ मा निवेदक : प्रहरी फोर्सको प्र.स.नि.सम्बोधित प्र.ना.नी.प्रेमबहादुर ठकुरी अञ्चल प्रहरी कार्यालय मातहत सदर ट्राफिक प्रहरी कार्यालय रामशाहपथ विरुद्ध विपक्षी : श्री ५ को सरकार गृह मन्त्रालयसमेत विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) प्रहरी महानिरीक्षकलाई एकपटक रीतपूर्वक बढुवा समितिको सिफारिशमा बढुवा भई बढुवाको पत्र समेत प्राप्त गरीसकेको व्यक्तिलाई भूलबाट नाम उल्लेख हुन गएको रहेछ भनी भइसकेको बढुवालाई रद्द गरी अरु कुनै व्यक्ति बढुवा हुने गरी बढुवा संशोधन गर्ने अधिकार प्रहरी ऐन तथा नियम दुबैले प्रदान गरेको पाइँदैन । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री वद्रीबहादुर कार्की विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. मैले २०२३ सालदेखि प्रहरी फोर्सको जवानमा भर्ना भई देश र जनताको सेवा गरी आएकोमा २०२४ सालमा प्र.ह.मा प्रमोशन समेत भई २०३६ सालमा प्र.स.नि. मा पदोन्नती समेत भई बफादारीको साथ अडर आदेशको पालना गरी अञ्चल प्रहरी कार्यालय मातहत सदर प्रहरी ट्राफिक कार्यालयको रामशाहपथमा बाहाल रहेकोमा प्रहरी प्रधान कार्यालयको मिति २०३९।११।२४।३ को पत्रबाट गठीत बढुवा समितिको सिफारिशमा प्र.ना.नी.तारादेवी शर्मा सरुवा भई रिक्त स्थानमा प्र.ना.नी. मा बढुवा भएको भन्ने पत्र प्राप्त भएको थियो । यस्तैमा अर्को आदेश नभएसम्म २०३९।११।२९ बाट प्र.प्र.का.व्यवस्था शाखामा प्रतिवेदन गर्ने गरी काज खटाएको भनी मिति २०३९।१२।२७ को पत्र मलाई दिई विभिन्न कार्यालयलाई बोधार्थ पनि दिइयो । त्यसैगरी प्रहरी प्रधान कार्यालय व्यवस्था उपशाखाको मिति २०३९।११।२९ को पत्रद्वारा पदोन्नतीको पदबाट सम्बोधन गर्दै धादिङ र नुवाकोटको लागि विशेष काज खटाइसकेको बोधार्थ प्र.प्र.का.नगदी शाखा र स.ट्रा.प्र.का.रामशाहपथ समेतलाई दिइएको थियो तर प्रहरी प्रधान कार्यालयको मिति ०४०।७।१२ को पत्रमा सम्बोधनमा प्र.स.नि. प्रेमबहादुर ठकुरी भनेर स.ट्रा.का.बाट मिति २०४०।७।१३ मा जिल्ला प्रहरी कार्यालय चरिकोटमा सरुवा गरेको प्र.प्र.का.व्यवस्था शाखाको पत्र बमोजिम हाजिर हुन जानु भनी रमाना दिँदा प्र.स.नि.को पदबाट सम्बोधन गरियो । यसरी मलाई प्र.ना.नी. मा प्रमोशन गरेपछि धादिङ नुवाकोटबाट आफ्नो स्थानमा जानु भनी करीब आठ महीना पछि पत्र लेख्दा मेरो बढुवाबाट प्राप्त गरेको प्र.ना.नि. पदलाई गुमगरी प्र.स.नि. पदबाट सम्बोधन गरियो सो खाई पाई आएको प्र.ना.नी. पद के कारणबाट र कसरी गुम गरियो । सो व्यहोरा आजसम्म मलाई थाहा छैन । यसरी मेरो खाई पाई भोगी आएको र पद गुम गरी मलाई मार्का पारेकोले चित्त नबुझी पुनरावेदन नियम बमोजिम दर्ता गर्न जाँदा दर्ता नै गरी नदिएको र दरपीठ समेत गरी नदिएकोले सोही व्यहोराको निवेदन साथ गृह मन्त्रालयमा पुनरावेदन दर्ता गरें । मैले खाई पाई भोगी आएको प्र.ना.नी. पद म उपर कुनै कार्यवाही बेगर, मेरो जानकारी