निर्णय नं. ८९०९ - दर्ता बदर हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९०९ - दर्ता बदर हक कायमसमेत भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०६/२५ ४६८४ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९०९ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की माननीय न्यायाधीश श्री कमलनारायण दास पु.नि.नं.२०६६–NF–०००१, ०००२ फैसला मितिः २०६९।६।२५।५ मुद्दा : दर्ता बदर हक कायम समेत । निवेदक/वादीः पर्सा जिल्ला वीरगञ्ज न.पा.वडा नं. ११ बस्ने सुन्दरबहादुर गोरखालीको मु.स.गर्ने महेशकुमार गोरखाली विरुद्ध प्रत्यर्थी/प्रतिवादी का.जि.का.म.पा.वडा नं.३२ पुतलीसडक बस्ने कृष्णलाल गोरखाली निवेदक/प्रतिवादीः का.जि.का.म.पा.वडा नं.३२ बस्ने कृष्णलाल गोरखाली विरुद्ध प्रत्यर्थी/वादीः पर्सा जिल्ला वीरगञ्ज न.पा.वडा नं. ११ बस्ने सुन्दरबहादुरको मु.स.गर्ने महेशकुमार गोरखाली यस अघि निर्णय गर्नेः सर्वोच्च अदालत संयुक्त इजलासः– मा.न्या.श्री शारदा श्रेष्ठ मा.न्या.श्री ताहिर अली अन्सारी पुनरावेदन अदालत पाटनः– मा.न्या.श्री हरिजंग सिजापती मा.न्या.श्री महेश्वरलाल मिश्र काठमाडौं जिल्ला अदालतः मा.जि.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की § कुनै अंशियारको अंश भागमा परेको नदेखिई बाबुका नाउँमा दर्ता रहेको जग्गा बाबुको शेषपछि सबै छोराले बराबर बाँडी खान पाउने हुँदा कुनै एक अंशियारले अन्य अंशियारको अस्तित्व लोप गरी नामसारी दर्ता गराउँदैमा अंश जस्तो नैसर्गिक हक समाप्त हुन नसक्ने । (प्रकरण नं.६) § पिता जीवित हुँदै बहिनीको विवाह भएको हुँदा विवाहमा आफूले मात्र खर्च गरेको भए आफ्नो जिम्माको जग्गा बाबु जीवित हुँदै दा.खा.नामसारी गराउन सक्नुपर्नेमा सो गराउन नसकेबाट बहिनीको विवाह खर्च आफू एक्लैले ब्यहोरेको भन्ने जिकीर विश्वसनीय नदेखिएकोले विवादित जग्गामा एकलौटी हक कायम हुन नसक्ने । (प्रकरण नं.७) § दावी लिनेले जस्तोसुकै रूपबाट दावी लिए पनि अंश भाग लाग्ने प्रकृतिको अबण्डा गोश्वरा प्रकृतिको सम्पत्तिको हकमा अदालतले सदैव अंश हकको नैसर्गिकता कायम हुने दृष्टिकोण अबलम्बन गर्नुपर्ने हुन्छ । यस्तोमा कुन ऐनअन्तर्गतको दावी लिइएको छ भन्ने कुरा गौण हुने र हदम्यादको प्रश्नले समेत असर पार्न नसक्ने । (प्रकरण नं.९) § सगोलको अबण्डा सम्पत्ति कुनै अंशियारका नाममा रहेको कारणले तेस्रो ब्यक्तिको विवाद परी मुद्दा पर्नु स्वाभाविक हो । सम्पत्ति दर्ता नभएको ब्यक्तिलाई सामान्यतः विपक्षी बनाई रहन आवश्यक हुँदैन । तर त्यतिकै कारणले सम्पूर्ण सम्पत्तिमा एक अंशियारको मात्र हक हुने अर्थ गर्न नमिल्ने । § मुद्दा गरेको कारणबाट मात्र एक अंशियारले अर्को अंशियारबाट पाउने अंशको नैसर्गिक हक जान सक्दैन । किनकी अबण्डा सम्पत्तिको चरित्र र प्रकृति अविछिन्न र सगोलीय नै हुने हुँदा जुनसुकै अंशियारको साथमा रहेको भएपनि त्यो चरित्र र प्रकृति नष्ट हुन नसक्ने । (प्रकरण नं.१०) निवेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू निरञ्जन आचार्य, तीर्थराज बसौला र पवित्रबहादुर खड्का निवेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ताहरू पन्नामान तुलाधर र बालकृष्ण नेउपाने अवलम्बित नजीरः § नेकाप २०५४, नि.नं.६३०९, पृष्ठ ५२ सम्बद्ध कानूनः § अंशबण्डाको २७ नं. फैसला प्र.न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट भएको मिति २०६५।१।१० को फैसला पुनरावलोकन गरी हेरिपाऊँ भनी वादी र प्रतिवादी दुवै पक्ष