निर्णय नं. २८८१ - संस्थाको आफ्नो जिम्माको रकम मासी भ्रष्टाचार गरे भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८८१ - संस्थाको आफ्नो जिम्माको रकम मासी भ्रष्टाचार गरे भन्ने भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/०९ २५५४ निर्णय नं. २८८१ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ४४९ फैसला भएको मिति : २०४३।१०।९।६ मा पुनरावेदक/प्रतिवादी : जि.वारा कवही गोठ गा.पं.वा.नं.४ बस्ने साझा संस्था लि.को बिक्रेता विष्णु कान्तप्रसाद यादव विरुद्ध विपक्षी/वादी : जि.वारा साझा संघ लि. वाराको पत्रले श्री ५ को सरकार विषय : संस्थाको आफ्नो जिम्माको रकम मासी भ्रष्टाचार गरे भन्ने (१) साझा संस्थालाई बुझाउन पर्ने आफ्नो जिम्माको रकम असूल उपर गरी पाउँ भनी कानुन बमोजिम नालेश गरी असूल उपर गर्न पाउने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : १ फौ.पु.नं. ४५२ प्र.कूलबहादुर क्षेत्री वि.श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा ०४२।४।२७ मा, पुनरावेदक श्यामबहादुर क्षेत्री विरुद्ध श्री ५ को सरकार भएको फौ.पु.नं. ६२५ को आ–आफ्नो जिम्माको सम्पत्ति मस्यौट गरे भन्ने मुद्दामा मिति ०२८।९।२६ मा र पुनरावेदक बलदेव उपाध्याय समेत विरुद्ध श्री ५ को सरकार भएको संस्थानलाई हानी आफूलाई फाइदा पुर्‍याएको भन्ने फौ.पु.नं. १४६।१८१ को मुद्दामा मिति ०३७।२।१२ मा सिद्धान्त प्रतिपादित फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. साझा संस्था लि.कबही गोठको बिक्रेता विष्णु कान्तप्रसाद यादवले संस्थाको रकम रु.४१,७०७।२५ हिनामिना गरेकोले कारवाही गरी रकम असूल उपर गराई दिनु अनुरोध छ भन्ने जि.सा.सं.लि. कलैयाको ०३८।७।१९ को पत्र । ३. संस्थाबाट बिक्री गरेको बुझाउन बाँकी मालको रकम रु.४१,७०७।२५ मध्ये व्यवस्थापक लक्ष्मणजड्ड राणाले आफ्नो लागि रु.२,२७५।– को खाद र नगद रु.२,८७६।३५ लिनुभएको खादको बिल नाम सम्झना नभएको अर्कैको नाममा काटेको लेखापाल गगन देवप्रसाद यादवले नगद रु.८,०००।– पियन जह्द्दिन मियाँले रु.१,८९२।५० लिएको र म संग रहेको बाँकी रु.२६,६६३।४० घर व्यवहार खर्च भएकोले बुझाउन नपाएको हुँ । मेरो रोहवरमा संस्थाको स्टक जाँच हुँदा बिक्री हुने सामान आम्दानीमा खर्च कटाई बाँकी हुनुपर्ने रु.१७,२३८।०३ को सामान घटी हुनु ठीक हो, सामान घटी हुनुको कारण खाद खरीद गरी लिँदा ट्रयाक्टर पल्टी पानीले भीजी नोक्सान हुन गएको र गहुँ धान तथा अरु सामान मुसाले नोक्सान भएको हो, जानी जानी हिनामिना गरेको होइन कारवाही भएको छैन, ०३८।७।१७ को आम्दानी रु.७९।९० बुझाउन बाँकी छ, ०३८।०३९ को सम्पत्ति र दायित्व खाताको सहायक खातामा र माथि बाँकी देखाएको रु.४३,५८७।५५ मध्ये भौचर नं. ७४ को २६,७५७।२५ भौचर नं. ८५ को १४,९५०।– समेत जम्मा रु.४१,७०७।२५ बिक्री रकम बुझाउन बाँकी रहेको व्यहोरा लेखाएको छु । भौचर नं. ८० को रु.२२५।– दशैं पेश्की लिएको मिन्हा हुने तर्फ कारवाही चलिरहेको छ । अ.ल्या. जनाएको रु.१,९२१।९० गत सालको अडिटले बेरुजु देखाएको मध्ये २६६।६० तलबबाट कटाइसकेको हुँदा बाँकी रु.१,६५५।३० बुझाउन बाँकी छ भन्ने समेत विक्रेता विष्णुप्रसाद यादवको मिति ०३८।८।२८ को वि.प्र.अधिकृत जि.का.बारामा भएको बयान । ४. सेल्समेन विष्णुकान्तप्रसाद