निर्णय नं. २८८२ - आफूलाई गैरकानुनी फाइदा गुठी संस्थानलाई हानी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८८२ - आफूलाई गैरकानुनी फाइदा गुठी संस्थानलाई हानी भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/०९ ३००५ निर्णय नं. २८८२ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ३६८ फैसला भएको मिति : २०४३।१०।९।६ मा पुनरावेदक/प्रतिवादी : गोरखा जि.मनकामना गा.पं.वडा नं.३ बस्ने गड्डाबहादुर रानामगर विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार वि.प्र.वि., सिंह दरबार मुद्दा : आफूलाई गैरकानुनी फाइदा गुठी संस्थानलाई हानी (१) भ्रष्टाचारको लागि बदनियत तत्वको आवश्यकता पर्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. मनकामना धर्मशाला निर्माण कार्यमा खटिएका तत्कालीन फो.ई.(ना.सु.) बरुणप्रसाद प्रधान, ढुवानी ठेक्काको काम गर्ने नारायण मगर र गड्डाबहादुर राना तथा लक्की ट्रान्सपोर्टका मेनेजर विष्णुगोपाल श्रेष्ठ समेत आपसमा मिलोमतो सहमत भई उक्त धर्मशाला निर्माणको लागि निकासा भएको रकमबाट गिट्टि (रोडा) खरीद गर्न निज वरुणप्रसादले नारायण मगरसंग कोटेशन लिई लिन लगाई सो बमोजिम खरीद नै नगरिएको गिट्टि कृत्रिम प्राप्त गरेको देखाउन नारायण मगरबाट कृत्रिम भर्पाई प्राप्त गरी रु.७,२००।– कृत्रिम तबरबाट खर्च देखाई आउनुको अतिरिक्त गड्डाबहादुर सित रु.१९,०००।– को मात्र गिट्टि खरीद गरी रु.२६,८२५।– को भर्पाई बनाई बनाउन लगाई बढी रकम रु.७,८२५।– खर्च देखाई हिनामिना गरी आउनु, जिल्ला पञ्चायतको दर रेट अनुसार बालुवा ढुवानी प्रति मुरीको रु.१५।– का दरले भुक्तानी दिनु पर्नेमा जि.पं.को दर रेट भन्दा पनि बढी दर रु.२०।– प्रति मुरीका दरले भुक्तानी खर्च देखाई जम्मा १०२९ मुरी १८ पाथी बालुवा रु.५,४७४।– ५० हिनामिना गर्नुका साथै लक्की ट्रान्सपोर्टबाट सिमेन्ट र छड काठमाडौं देखि मुग्लिङसम्म ढुवानी गराउँदा सिमेण्ट प्रतिबोरा रु.७।– मा ढुवानी गरी गराई रु.१२।– प्रतिबोराका दरले ढुवानी खर्च देखाउन तथा छड प्रति के.जी. ।२० पैसाको दरले काठमाडौं देखि मुग्लिङसम्म ढुवानी गरे गराएकोमा प्रति के.जी. ।३० पैसाका दरले ढुवानी गराएको खर्च देखाउन लक्की ट्रान्सपोर्टका मेनेजर विष्णुगोपाल श्रेष्ठबाट बढी दर रेटको कोटेशन प्राप्त गरी ९९० बोरा सिमेण्ट र ९००० के.जी. छड ढुवानीमा क्रमश ४,९५०।– र ९०० बढी रकमको भर्पाई गराई गरी उक्त रकम समेत जम्मा रु.२६,३४९।५० गैरकानुनी तवरले हिनामिना गरी गुठी संस्थानलाई हानी र आफूहरूलाई गैरकानुनी लाभ पुर्‍याई भ्रष्टाचार गरेकोले बरुणप्रसाद उपर भ्र.नि.ऐन, २०१७ को दफा ७(२) अन्तर्गत, गड्डाबहादुर राना, नारायण मगर र विष्णुगोपाल समेत उपर ऐ.ऐनको दफा ८ अन्तर्गत कारवाही र सजायँ हुन र उक्त ऐनको दफा २९ अन्तर्गत वरुणप्रसादबाट बिगो असूल गरी गुठी संस्थानलाई भराई दिनु हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र । ३. मैले ढुवानी गरेबापत सिमेन्ट प्रतिबोरा रु.६।– र छडको प्रति किलो रु.७।– पाएको छु । यसभन्दा बढी लिए खाएको छैन भन्ने समेत वि.प्र.वि.मा र वि.प्र.वि.को बयान मेरो राजीखुशीबाट भएको होइन । आरोप बमोजिम काम मबाट नभएको हुँदा फुर्सद पाउँ भन्ने समेतको बागमती विशेष अदालतबाट विष्णुगोपाल श्रेष्ठले गरेको