निर्णय नं. २८८३ - उत्प्रेषण मिश्रित परमादेशको रिट वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८८३ - उत्प्रेषण मिश्रित परमादेशको रिट वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१८ २४५५ निर्णय नं. २८८३ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. १३८९ आदेश भएको मिति : २०४३।१०।१८ मा निवेदक : होटल ब्यूस्टार प्रा.लि.का अध्यक्ष का.न.पं.वा.नं.११ बस्ने कूलवीर सिंह तुलाधर विरुद्ध विपक्षी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौंसमेत विषय : उत्प्रेषण मिश्रित परमादेशको रिट वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) आर्थिक ऐनले कम्पनी तथा सङ्गठित संस्थाको केवल व्यापारिक आयमा मात्र थप ५ प्रतिशत कर लगाउन सक्ने र उद्योगको आयमा लगाउन नसकिने गरी व्यवस्था गरेको देखिने । (प्रकरण नं. १०) (२) होटल उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०३८ अनुसार उद्योगको वर्गीकरण गर्दा पर्यटन उद्योग अन्तर्गत राखिएको देखिन्छ, यस्तो अवस्थामा कर कार्यालय काठमाडौंले आर्थिक ऐन अनुसार भनी थप ५ प्रतिशत कर लिने गरी गरेको कर निर्धारण आदेशलाई सदर गरी गरेको फैसला आदेश मिलेको नभई त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. म निवेदकले आर्थिक वर्ष ०३७।३८ को आफ्नो होटल उद्योग व्यवसायको हिसाब किताब कानुन बमोजिम राखी अधिकार प्राप्त लेखा परीक्षकद्वारा लेखापरीक्षण समेत गराई आय व्ययको हिसाब किताब र वासलात समेत विपक्षी कर कार्यालय काठमाडौंमा पेश गरी उक्त कार्यालयबाट समेत परीक्षण गराई आएको थिएँ । उक्त हिसाब किताब अनुसार यस वर्ष जम्मा रु.४०,२९१।८९ खूद आय भएकोमा विपक्षी कर कार्यालयबाट हचुवा तवरले पेश गरेको हिसाब किताबमा उल्लिखित विभिन्न खर्चहरू मिन्हा नगरी जम्मा रु.५,०५,२६७।६५ खूद आय कायम गरी आय कर निर्धारण आदेश गर्नु भयो । उक्त कर निर्धारण आदेशमा मेरो चित्त नबुझेको हुँदा विभिन्न आधार प्रमाणहरु देखाई राजस्व न्यायाधिकरणमा पुरावेदन गरेकोमा मेरो पुनरावेदन जिकिर मध्ये सवारी खर्च रु.५,९२५।५० मर्मत खर्च रु.२३,७३१।६८ समेत जम्मा रु.२९,६५७।१८ मात्र मिन्हा हुने बाँकी अन्य खर्चहरू मिन्हा नगरी कर कार्यालयबाट भएको आयकर निर्धारण आदेश मनासिब ठहर्‍याई निर्णय फैसला भयो । सो फैसला उपर अधिकार क्षेत्रको प्रश्‍न कानुनको व्याख्याको प्रश्‍न, बुझ्नु पर्ने प्रमाण नबुझी कार्यविधि समेत उल्लंघन भएको देखाउँदै म.क्षे.अ.मा पुनरावेदनको अनुमतिको लागि निवेदन दिएकोमा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) मुताविक त्रुटि नदेखिएको भनी पुनरावेदनको अनुमति दिन नमिल्ने भनी फैसला आदेश गरियो सो म.क्षे.अ.को ०४१।१२।२५ को आदेशमा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानुनी त्रुटि भई आय कर ऐन, २०३१ को दफा ६, ६(क), दफा १२(१) र दफा ३३(३) को व्यवस्थाको समेत प्रतिकूल हुन गएको छ । त्यसैगरी कर निर्धारण आदेश गर्दा प्रा.लि. भएकोले आर्थिक ऐन, २०३८ अनुसार लागेको करमा ५ प्रतिशतले थप कर रु.११,५९४।१९ लाग्ने गरी कर निर्धारण आदेश गर्नु भयो । उक्त आर्थिक ऐनले गरेको व्यवस्था केवल व्यापारिक आयमा सम्म लागू रही उद्योगको आयमा लागू नहुने कुरा उक्त आर्थिक ऐनको