निर्णय नं. २८८४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८८४ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१९ २४३४ निर्णय नं. २८८४ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ६४९ सम्वत् २०४० सालको फौ.सा.नं. ५५ फैसला भएको मिति : २०४३।१०।१९।५ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा कास्कीमा थुनामा बस्ने पूर्णबहादुर श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी : प्र.ह.नेत्रबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादीहरूले प्रहरी समक्ष गरेको कागजलाई अन्य प्रमाणहरूले पुष्टाई गरेको समेत हुँदा निजहरूलाई कसूरदार ठहर्‍याई भएको इन्साफ मनासिब देखिँदा सदर हुने । (प्रकरण नं. २०) फैसला न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी र साधक निकासाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. ०३७।१०।२४ गतेका दिन पृथ्वी राजमार्गको सानो पुलभित्र भएको लाश देखें । नाम, थर, वतन थाहा हुनसकेको छैन । लाश जनानाको र जापनीज नागरिकको जस्तो लाग्छ । मृतक आबु खैरेनी बजारमा बदाम किनी खाई २ बजे तिर त्यहाँबाट गएकी थिइन । निजलाई कर्तव्य गरी मारेमा शंका लाग्छ भन्ने समेतको प्र.ह.नेत्रबहादुरको जाहेरी दर्खास्त । ३. ०३७ साल गते, बार थाहा छैन । ५ बजेको समयमा खैरेनी बजार शान्ति चुरेटनीको पसलमा जापानीज केटी चिया विस्कुट खाइरहेकी थिइन । हामी बलबहादुर श्रेष्ठ समेतका कूल्ली काम गर्ने त्यहीं भएकोले र सो केटी एक्लै मुग्लिनतिर लागेकीले केटीलाई मारी धनमाल लिने प्रलोभनमा आई सबैको सहमतिबाट पछि लागी बेनीटार गाउँको मुनी पर्ने कल्भर्ट नेर पुगी बलबहादुरले ढुड्डा टिपी हाने, केटी कराई र हामीतर्फ फर्की लात्ती र मुड्की हान्दा मेरो तिघ्रामा लाग्यो सोही अवस्थामा रेशमबहादुरले र फुच्चेले निजको अनुहारमा ढुड्डाले हान्यो, केटी बेहोस भई लडेपछि बलबहादुरले बायाँ र दायाँ मुन्टो बटारी दिएपछि मृत्यु भयो । त्यसपछि बलबहादुरले टाउकोमा, डोलबहादुरले गोडामा समाती पीचरोडबाट कल्भर्टमा लगी राखी दियौं । केटीसंग भएका पैसा बाँडी लिएका हौं भन्ने समेतको रिङकबहादुरले प्रहरीमा गरेको कागज । ४. रिङकबहादुर, पूर्णबहादुर श्रेष्ठ, खप्परे सार्की, वीरबहादुर समेत ५ जना भएर जापानी केटीलाई मारी भएको सामान झिकी कल्भर्ट पुलमुनी लाश राखिदिएका हौं भन्ने समेतको चीनबहादुर तामाङ्‌को प्रहरीमा भएको कागज । ५. ०३७ साल माघमा अन्दाजी ५ बजे खप्परे सार्की, रिङ्क श्रेष्ठ, वीरबहादुर क्षेत्री, फुच्चे तामाङ्‌ समेत भई जापानी केटीलाई ढुड्डाले हानी मारी माल सामान झिकी लिई लाश पुलमुनी राखेको हो भन्ने समेतको पूर्णबहादुर श्रेष्ठले प्रहरीमा गरेको कागज । ६. साल, महीना, याद भएन, साँझ ५ बजे खैरेनीबाट मुग्लिङतिर एक्लै गएकी जापानी केटीलाई मारेर माल सामान लिने सल्लाह भई म, रिङकबहादुर, वीरबहादुर र पूर्णबहादुर समेत भई ढुड्डाले हानी मारी कल्भर्ट मुनी राखेको हो भन्ने समेतको खप्परे भन्ने काले सार्कीले प्रहरीमा गरेको कागज । ७. अभियुक्तहरू जापानीज केटीलाई मारेमा सावितै हुँदा निजहरूले कर्तव्य गरी मारेका हुन् भन्ने समेतको सरजमीन मुचुल्का । ८. सुश्री कोतिमी सिमादाको मृत्यु वीरबहादुर क्षेत्री समेत ५ जनाबाट भएकोले रिङकबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, चीनबहादुर तामाङ्‌, खप्परे भन्ने काले सार्की र वीरबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरी