निर्णय नं. २८८६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८८६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/२६ २१८९ निर्णय नं. २८८६ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. १४३४ आदेश भएको मिति : २०४३।१०।२६।२ मा निवेदक : ललितपुर न.पं.वा.नं.२२ बस्ने बाबुकाजी महर्जनसमेत विरुद्ध विपक्षी : ललितपुर नगर पञ्चायत कार्यालय, मंगलबजार ल.पु.न.पं वार्ड नं.२२ बस्ने नन्दरत्‍न ब्रम्हाचार्य भिक्षुसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) हक बेहकमा निर्णय गरेको नभई इजाजत नलिई राखेको ढोकासम्म झिकी दिने भनी साविकको निकाश कायमै रहने गरी निर्णय गरेको देखिएकोले हक बेहकको प्रश्‍न समावेश भएपछि नगर पञ्चायतले हेर्न नहुनेमा मुद्दा हेरी छिनेको बदर हुनुपर्छ भन्ने रिट निवेदन जिकिर तर्क कानुनसंगत देखिन आएन । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठ आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. यम्बहालको पूर्वपट्टि रहेको पर्खाल भत्काई बाबुकाजी महर्जनले आफ्नो घरमा आउने जाने गर्ने हिसाबले ढोका राखी बिहारको जग्गा मिची अनाधिकार काम गरेकाले पर्खालको उत्तरपट्टिको मूल बाटो यम्बालको गल्लीबाट भएको हो । बिहारमा आउने जाने बाटो नभएकोले उल्लिखित पर्खाल रातारात भत्काई बाङ्गो पारी आफ्नो घर जान सजिलो पार्न ढोका राखी बिहारको जग्गा मिचेकोले सो ढोका झिक्न लगाई पाउँ भनी नन्दरत्‍न ब्रम्हाचार्य भिक्षु र सानुकाजी ब्रम्हाचार्य भिक्षुको ल.पु.न.पं.मा निवेदन दिएको र ल.पु.न.पं.का जा.केदार ब.के.सी. र जा.गोकूलबहादुर थापाले पर्खालमा चौकोश राखी ढोका १ इजाजत भन्दा बढी बनाएको भन्ने समेत व्यहोराको प्रतिवेदन पेश गर्नुभएको थियो । मैले ल.पु.न.पं.मा बयान गर्दा प्रतिवेदनमा उल्लिखित पर्खाल मेरो श्रीमतीको नाउँमा दर्ता रहेको जग्गामा बनाई राखेको पुरानै पर्खाल हो । विहारको होइन, सोमा पहिले देखि नै आवत जावतको लागि चौकश नराखेको ढोका थियो, इजाजत पत्रमा पेश भएको फोटो हेरेमा पनि सो कुरा प्रष्ट हुने नै छ । दिएको निवेदनको व्यहोरा झुठ्ठा हो भन्ने समेत व्यहोराको बयान गरेको थिएँ । यस्तो निवेदन प्रतिवेदन बयान भएको मुद्दामा ल.पु.न.पं.का.प्र.पञ्चको इजलासबाट ढोका न.पं.को स्वीकृति बेगर बनाएको देखिँदा प्रतिवादीलाई आजका मितिले १५ दिनभित्र ढोका बन्द गरी दिनु भनी सुनाई दिने, बन्द नगरे वडा समितिबाट बन्द गर्न लगाउनु भनी सम्बन्धित वडा समितिलाई परिपत्र गरी दिने समेत ठहर्छ भनी फैसला गर्नु भयो । उक्त फैसला बदर गरी पाउँ भनी ल.पु.न.पं.बोर्डमा मेरो पुनरावेदन परेकोमा मेरो प्रमाणको न्यायिक मूल्याङ्कन नै नगरी प्रधानपञ्चको इजलासबाट भएको पर्चालाई सदर गर्ने ठहर्‍याई निर्णय गरियो । जुन फैसला गैरकानुनी र अन्यायपूर्ण भएको व्यहोरा अवगत गराउन चाहन्छु । विपक्षी नन्दरत्‍नले ल.पु.न.पं.मा दिएको निवेदनमा मुख्य दावी नै बिहारको जग्गा मिची अनाधिकार काम गरे भन्ने नै छ मैले बयान गर्दा विवादीत पर्खाल विहारको होइन, मेरो श्रीमतीको नाउँमा दर्ता भएको जग्गाको पुरानो पर्खालको भनी बयान गरेपछि पर्खालमा तेरो मेरो, हक बेहकको प्रश्‍न उपस्थित भएकोमा न.पं.ले हक बेहकको प्रश्‍नमा असर गर्ने गरी निर्णय फैसला गर्न नहुनेमा फैसला गरेको मु