निर्णय नं. २२१५ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२१५ - डाँका भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०९ २३८१ निर्णय नं. २२१५ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको डि.फौ.पु.नं. ५५७ मुद्दा : डाँका पुनरावेदक/प्रतिवादी : जि.रौतहट पिपरा पोखरिया गा.पं. वडा नं. १ बस्ने शुभनारायण भन्ने कइल राय यादव विरूद्ध विपक्षी/प्रतिवादी : कुलदिप साहूको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।१२।९।६ मा § चोरीको १४(४) मा डाँका वारदातको जतिसुकै पटकको लागि सजायको व्यवस्था गरिएको छ । दोस्रो पटक डाँका गरेकोलाई हुने जरिवाना र सजाय भनेर सो नं. मा दोस्रो पटकको लागि मात्र छुट्टै व्यवस्था गरेको पाइँदैन । यस्तो स्थितिमा एकै मितिमा एकै रातमा एउटै वारदातको सिलसिलामा डाँका भएको देखिएकोले दोस्रो पटक डाँका गरेको कायम गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. २१) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।६।१६ को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. ०३४।१२।१३ को रात लाठी फराठा लिएका अन्दाजी १२–१३ जना नचिनेका डाँकाहरू आई लाइट बाली मेरो बाकस रहेको धनमाल डाँका गरी लगे मैले अमरूल्लाह, तुफनी ठाकुर शुभनारायण समेतलाई चिने बिगो रू. ३४७ डाँका गरेको हुँदा सो दिलाई सजाय समेत गरिपाउँ भन्ने व्यहोराको ब्रम्हदेव राउत समेतको जाहेरी दर्खास्त । ३. राम असिस, तुफानी ठाकुर, ब्रम्हदेव, इसहाक, गलीदास, नगरनाथ, सुकुदेव, सरज समेत भई डाँका गरेको हो भन्नेसमेतको शुभनारायण भन्ने कइल राय यादवको प्रहरीमा भएको कागज। ४. ०३४।१२।१३ मा अन्दाजी १२ जना डाँकाले जाहेरवालाको घरमा डाँका गरेका हुन् । शुभनारायण भन्ने कइल राय, सुरूज राय र लक्ष्मी मियाँलाई चिनेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. ०३४।१२।१३ मा राति डाँकाहरू आई कुटपीट गरी कुलदिप ब्रम्हदेव र मेरो घरमा समेत धनमाल डाँका गर्दा शुभनारायण सुरज राय, जगरनाथ, लक्ष्मीलाई चिनेका हौं । निजहरूलाई पक्राउ गरी धनमाल फिर्ता दिलाई सजाय गरिपाउँ भन्ने रामा महतो, फूलमतिया चमार, सिरामन चमार समेतको कागज । ६. मैले जाहेरवालाको घरमा डाँका गरेको छैन म उपर झुठ्ठा पोल गरेका हुन् भन्ने पैदीप बिक्रम शाहले प्रहरीमा गरेको कागज । ७. प्रदीप बिक्रमलाई मुद्दा नचलाई जमानीमा छाडिदिने, अन्य शुभनारायण, सुरज राय, डाँका गरेमा सावित भई पोलिएका जगरनाथ, राम असिस, तुफानी, इसहाक, ब्रम्हदेव, सुकदेव लक्ष्मी अमरूल्लालाई सावितीले नपोले पनि मौका देख्ने जाहेरवाहरूले दर्खास्तमा दावी गरेको र निजहरू लुकीछिपी बसेको हुँदा निजहरूले बिगो रू. ३२४८ को धनमाल डाँका गरेको हुँदा चोरीको १४(४) बमोजिम कारवाही सजाय गरी बिगो दामासाहीले भराई दिनुहुन भन्ने प्रहरी प्रतिवेदन । ८. प्रहरीमा भएको बयान राजीखुशीबाट भएको हैन । वारदातको दिन म मामा घरमा थिएँ भन्ने समेतको प्र.सुरज रायको अदालतमा भएको बयान । ९. वारदातको दिन म दिदी घरमा थिएँ । मैले डाँका गरेको होइन भन्ने समेत शुभनारायण भन्ने कइल रायको बयान । १०. मैले डाँका गरेको हैन भन्ने समेत जगरनाथ, लक्ष्मी मियाँ, राम असिस, तुफानी डाकुर, सुकदेव राय र लंगर भन्ने राम असिसको अदालतमा भएक