निर्णय नं. २८८८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८८८ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/२७ २३०५ निर्णय नं. २८८८ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नम्बर २३०६ आदेश भएको मिति : २०४३।१०।२७।३ मा रिट निवेदक : जि.सिराहा लक्ष्मीपुर गा.पं.वार्ड नं. ६ बस्ने रामसुन्दर महेता विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, भू.सु.का.सिराहासमेत विषय : उत्प्रेषण (१) एउटै जग्गामा आश्रित मोही र जग्गाधनीको हित र स्वार्थको समन्वयात्मक संरक्षण प्रदान गर्ने उद्देश्य नै भूमिसम्बन्धी ऐन, २०२१ को हो । (प्रकरण नं. १०) (२) न्यायिक निर्णय गर्ने अधिकारीले निर्णय गर्दा विवेकपूर्ण तरिकाले न्यायिक मनको प्रयोग गरी गर्नु पर्दछ । न्यायिक मन भन्नाले कानुन, निष्पक्षता, सद्विवेक र व्यवहारिकता सबै आउँदछन् न्यायिक अधिकारीले आफ्नो न्यायिक अधिकार प्रयोग गर्दा मनखुसी तवरले गर्ने होइन यी सबै कुरामा विचार गरी गर्नु पर्दछ न्यायिक अधिकार स्वइच्छाचारी अधिकार होइन यस्तो अधिकार प्रयोग गरी निर्णय गर्दा त्यसको आधार स्पष्ट खुलेको हुनुपर्दछ र ती आधारहरूबाट न्यायिक मन प्रयोग भएको स्पष्ट झल्कनु पर्दछ । त्यो कुराको निर्णय पर्चाबाट वस्तुगत रुपले देखिनु पर्दछ । अन्यथा त्यस्तो निर्णय स्वेच्छाचारी हुन पुग्दछ । (प्रकरण नं. १०) (२) अघि ६।६ पटकसम्म बाली विषयमा विवाद परी हरेक साल मोहीले बाली नबुझाएको ठहरी निर्णय भइरहेको मिसिल आफ्नो कार्यालयमा मौजूद रहँदा रहँदै ती मिसिल प्रमाणबाट देखिएका सबूद प्रमाणहरूलाई सोझै बेवास्ता गरी पूर्वाग्रही धारणाले एकपक्षीय निर्णय गर्नु न्यायिक निर्णय गर्नु पर्ने अधिकारीलाई नसुहाउने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४२।१२।२१।५ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. जि.सिराहा गौरीपुर गा.पं.वार्ड नं. ९(क) कि.नं.१६३ को ज.वि.०–६–१७ ऐ.वार्ड नं. ९(ख) कि.नं.२१६ को ज.वि.०–१२–० ऐ. सिर्लोवा गा.पं.वार्ड नं. ७ कि.नं.३०४ को ज.वि.०–६–१५ ऐ.कि.नं.३०५ को ज.वि.०–६–० समेत जग्मा ज.वि.१–११–१४ को म निवेदक जग्गाधनी हुँ । विपक्षी बलदेव मोही हुनु हुन्छ । विपक्षीले उल्लिखित जग्गा आफूले नकमाई अरु व्यक्तिहरूलाई कमाउन दिनु हुन्छ र कूत पनि मलाई बुझाउनु हुन्न र ०३२ सालदेखि ०४१ सालसम्म सालसालै नालेश उजूर गरी रहनु परेको छ । प्रत्येक साल बाली भराई पाउने र मोही निष्कासन नहुने ठहर हुन्छ अर्कोतर्फ बाली भराउन पनि विपक्षी कार्यालयबाट प्रभावकारी प्रकृया चलाउन नसकेबाट विपक्षी बलदेवको अरु मनोबल बढ्दै गएको छ । जसको परिणाम स्वरुप मैले मालपोत मात्र बुझाउनु परी अन्यायमा परेको छु । ०४१ सालको बालीका हकमा पनि मोही निष्कासन गर्दा मोहीलाई आर्थिक समस्या पर्ने भन्ने भावनात्मक तर्क उठाई बाली मात्र भराउने गरी विपक्षी कार्यालयबाट ०४२।९।२८ मा निर्णय भयो । ३. अर्काको जग्गा कमाउने मोहीले तोकिएको समयमा कूत बुझाउनु पर्ने भन्ने भूमिसम्बन्धी ऐनको दफा ३६ ले गरी राखेको छ । सो बमोजिम नगरी ०३२ सालको बालीको सम्बन्धमा जिल्ला अदालतबाट र ०३३, ०३४, ०३५, ०३८, ०३९, ०४० सालमा विपक्षी भूमिसुधार कार्यालयमा नालेश उजूर गरी पटक पटक बालीसम्म भरा