निर्णय नं. २२१६ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२१६ - लेनदेन भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०४ २३४१ निर्णय नं. २२१६ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ५७९ मुद्दा : लेनदेन पुनरावेदक/वादी : सर्लाही जिल्ला पिपरिया गा.पं. वडा नं. १ बस्ने लखन मंडल धानुक विरूद्ध विपक्षी/प्रतिवादी : सर्लाही जिल्ला मौजा गंगापुर हाल गा.पं. मूर्तिया वडा नं. ८ बस्ने विश्वनाथ उपाध्याय फैसला भएको मिति : २०४१।१२।४।१ मा § रेखा लेखा सम्बन्धमा विवाद उठ्न साथ विशेषज्ञलाई नै जँचाई हाल्नुपर्दछ, त्यसो नगरी अदालतले केही गर्न सक्दैन भन्ने प्रमाण ऐनको दफा २४ र ३६ को मनसाय र मतलव होइन । विशेषज्ञको राय लिन पर्ने अवस्थाको जटिलता छ भन्ने अदालतलाई लागेमा अदालतले विशेषज्ञको राय लिने हो त्यस्तो अवस्था छैन भन्ने अदालतलाई पुष्ट प्रमाण र अन्य कुराले लागेमा (जस्तो प्रस्तुत मुद्दाको देखिन आएको छ) अदालतले स्वयं निर्णय गर्न सक्तछ । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल उल्लेखित मुद्दा : x फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी लखन मंडल धानुकको निवेदन परी अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा पुनरावेदन जिकिर निम्न प्रकारको रहेछ : २. विपक्षी विश्वानाथले मेरो काका चुल्हाइ मण्डलसँग रू. २३९९५। लिई आफ्नो नामको जग्गा ५–१–१९ को राजीनामा ०२५।१२।२३ मा घरमा लेखी दिनुभएको सक्कल मसँग छ । ०२६ सालमा काका आफ्नो कालगतीले परलोक हुनु भयो काकाको छोराछोरी कोही नहुँदा मेरो हकमा आफ्नो उक्त राजीनामा आज भोलि भनी पारित गर्ने म्याद गुजारी दिनुभएकोले लिखत कपाली हुन गएको हुँदा लिखत मिति देखि आजको मितिसम्मको थैली रू. २३९९५। को सयकडा १० का दरले हुने ब्याज समेत जम्मा रू. ४०३०३।४८ र बिगो भराउँदाको मिति सम्मको ब्याज दिलाई पाउँ भन्ने ०३५।४।११ को लखन मण्डलको फिरादपत्र वादीको काका चुल्हाई मण्डल भन्ने व्यक्ति नै तेजसिंहको घरको काम गर्ने व्यक्ति हो नापी हुँदा मेरो जग्गा नापी गराउन तेजसिंहले चुलाई मण्डललाई र वारेस खडा गरी नापी गरिएको कुरा फिल्डबुक हेरिएमा प्रष्ट हुन्छ मैले दावी लिए बमोजिम राजीनामा लिखत कसैलाई गरी दिएको छैन अ.नं. ७८ नं. अन्तर्गत देख्न पाएका बखत प्रतिकृया जनाउने नै छ वादी दावी अनुसार विपक्षीलाई मैले सावाँ ब्याज बुझाउनुपर्ने होइन भन्ने समेत व्यहोराको ०३५।९।१९ को प्रतिउत्तर पत्र । ३. लिखत सद्धे हो ल्याप्चे सहीछाप र हस्ताक्षर विश्वनाथकै हो कीर्ते लिखत होइन लिखतको अक्षर सच्याएको अक्षर उडाएको छैन । लिखत लिफामा खडा गरेको होइन लिखत कीर्ते भनेकोमा प्रतिवादीलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको लखन मण्डलको अदालतमा भएको बयान । ४. लिखतको अंक अक्षरसमेत पहिलेको उडाई पछि तयार गरेको समेतबाट कीर्ते गरेकोमा निजहरू लाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको अधिकृत वारेसको अदालतमा बयान । ५. लिखत कीर्ते गरेको भन्ने प्रष्ट हुन आयो प्रतिवादीको जिकिर अनुसार लिखत कीर्ते नै भएको मिसिल प्रमाणबाट देखिँदा त्यस्तो कीर्ते लिखतको बिगो वादीले पाउन सक्ने स्थिति नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्ने भन्ने समेत व्यहोराको शुरू सर्लाही जि.अ.क