निर्णय नं. ४६८४ - अदालतको अबहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६८४ - अदालतको अबहेलना भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/१२/१६ ७४५० निर्णय नं.– ४६८४ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको फौ.वि. नम्बर–९९ आदेश मिति :– २०४९–१२–१६–२ निवेदक : नेपाल बार एसोशिएशनका सचिव अधिवक्ता हरिहर दाहाल । विरुद्ध विपक्षी : मन बहादुर गुरुङ समेत् । मुद्दाः– अदालतको अबहेलना । (१) इजलास भित्रै न्यायाधीश वा अदालतका अधिकृत प्रति अपमानजनक शब्द भन्नु वा अपमानजनक व्यवहार गर्नु अथवा न्याय सम्पादन प्रक्रियालाई बाधा अवरोध गर्नु वा बाधा अवरोध उत्पन्न गर्ने अभिप्रायको भय, त्रास वा कुनै अनुचित प्रभाव पार्ने क्रियाकलाप गर्नु इजलासकै अबहेलना मानिने । (प्र.नं.१८) (२) अदालतमा पर्ने मुद्दा सम्बन्धी विभिन्न विषयको ज्ञानको साथै ती विषय सम्बन्धी कानूनहरूको अध्यावधिक ज्ञान न्याय सम्पादनको लागि आनिवार्य हुन्छ । कानूनमा उच्च शिक्षा प्राप्त गरी निरन्तर अध्ययनशील रहने विद्वान कानून व्यवसायीहरूले न्याय प्रशासन प्रकृयामा माहुरीले आफ्नो चाकामा मह खोजी गरेर ल्याए जस्तो विवादको विषयवस्तु सम्बन्धमा कानूनको अध्यावधिक ज्ञानको परिपूर्ति गरी न्याय प्रदान गर्न सहयोग पुर्‍याउंछन् भत्रुमा कुनै अत्युक्ति हुंदैन । यद्यपि कानून व्यवसायीहरूले आफ्नो कर्तव्य स्वच्छन्द, निर्भिक र निर्वाध रूपले पुरा गर्न नपाउने हो र त्यस्तोमा समेत अदालत चुप लागी बस्ने हो भने विद्वान कानून व्यवसायीहरूसंग त्यस किसिमको सहयोगको अपेक्षा सम्म पनि गर्न सकिंदैन । तसर्थ अदालतबाट हुने न्याय सम्पादन प्रकृयामा सहयोग पुर्‍याउन आउने कानून व्यवसायीहरूलाई हातपात, हुलहुज्जत वा कुनै किसिमले भय, त्रास वा दबाबमा पार्ने वातावरण सृजना गरी निजहरूलाई आफ्नो कानूनी कर्तव्य गर्न अवरुद्ध गर्ने कार्य स्वयंमा अदालतको अधिपत्यलाई गैरकानूनी चुनौती दिने कार्यको रूपमा मात्र नपर्ने कुनै कारण देखिंदैन । यस किसिमको दुस्साहस गर्ने व्यक्तिलाई अदालतले अबहेलनामा कारबाही गर्न पाउने आफ्नो अधिकारको प्रयोग गरी न्याय सम्पादन, प्रकृयाका सहयोगी एवं अदालतकै अधिकृतको रूपमा मानिएका विद्वान कानून व्यवसायीहरूमा स्वतन्त्र र निर्भिक बातावरण कायम राख्नु पर्ने कर्तव्य हुन आउंछ । (प्र.नं.१८) (३) जुन अदालतको अबहेलना भएको हुन्छ सो अदालत स्वयम्ले आफ्नो अबहेलना सम्बन्धमा मुद्दा चलाई आफ्नो छवि सुरक्षित नराख्ने हो र त्यस्तो स्थितिमा पनि माथिल्लो अदालतको मुख ताकी बस्ने हो भने कानूनद्वारा मातहत अदालतहरूलाई आफ्नो अबहेलनामा कारबाही गरी सजाय गर्न पाउने अधिकार प्रदान गर्नुको कुनै औचित्य नै रहदैन । तथापि कुनै पनि अदालतले कुनै वारदातलाई लिएर अबहेलनामा कारबाही चलाउनु भन्दा पूर्व अबहेलना सम्बन्धी आफ्नो क्षेत्राधिकारको विशेष प्रकृतिलाई राम्ररी सोची सम्झी सो अधिकारको प्रयोग गरिनु न्याय प्रशासनको आदर्श र उद्देश्य अनुकूल हुन्छ । (प्र.नं.१९) (४) अबहेलनाको क्षेत्राधिकारको प्रयोग दुवै पट्टी धार भएको लाग्ने तरबार जस्तो भएकोले आदालतहरूद्वारा अबहेलना सम्बन्धी क्षेत्राधिकारको प्रयोग संयमित रूपले नगरिने हो र जथाभावी एवं विवादास्पद किसिमले गरिने प्रचलन बस्दै जाने हो भने सो स्थिति न्याय प्रशासनको हितमा नहुने । (प्र.नं.१९) (५) हाम्रो जस्तो मुलुकमा जहां न्यायिक प्रकृयाबाट न्याय र अन्यायको निरोपण भन्दा बेग्लै किसिमको न्याय र अन्यायको आफ्नै अवधारणा बनाएर बस्ने अज्ञान र