निर्णय नं. २२१७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२१७ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/०२ २५८७ निर्णय नं. २२१७ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १३३८ विषय : उत्प्रेषण निवेदक : जि. कैलाली चौमाला गा.पं. वार्ड नं. २ बस्ने जोधु थारू विरूद्ध विपक्षी : जिल्ला कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी मालपोत कार्यालय, कैलाली जि. कैलाली चौमाला गा.पं. वार्ड नं. २ बस्ने विदेशी थारु ऐ ऐ बस्ने काली चरण थारु ऐ ऐ बस्ने रामादिन थारु ऐ ऐ बस्ने दुखना थारु ऐ ऐ बस्ने रतिलाल थारु* ऐ ऐ बस्ने सोमालु थारु ऐ ऐ बस्ने जनकु थारु ऐ ऐ बस्ने नाधु थारु आदेश भएको मिति : २०४१।१२।२।६ मा § रजिष्ट्रेशन पारित भइसकेको बण्डापत्रको लिखत बदर गराउनको लागि उक्त ऐन बमोजिम जिल्ला अदालतमा नालिश गर्न पाउने स्पष्ट कानुनी उपचारको बाटो विद्यमान रहकै पाइन्छ । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री विष्णु प्रसाद भट्टरार्इ विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिबक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ र विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. विपक्षी मध्येका विदेशी थारू समेतले म निवेदकबाट अंश भाग छुट्याई पाउँ भनी मिति २०४०।१।२३ मा जि.का. कैलालीमा निवेदन दिनु भएछ । यसैको आधारमा मलाई पक्रनको लागि २०४०।१।२६ मा चौमाला प्रहरी चौकीलाई पत्र लेखी पठाएको, सोही दिन म निवेदकलाई पक्राउ गरी जि.का. कैलालीमा हाजिर हुन जानु भनी कागज गराई छोडिएको थियो । म हाजिर हुन जान सकेको थिइन । त्यत्तिकैमा पुनः २०४०।२।१३ मा चौमाला प्रहरी चौकीलाई पत्र लेखी प्रहरीले २०४०।२।२० मा मलाई पक्राउ गरी जि.का. कैलालीमा बुझाइयो । विपक्षी प्र.जि.अ. ज्यूले डर त्रास देखाई सोही दिन मेरा नाम दर्ताको जग्गा विपक्षीहरू ८ जना र म निवेदक १ जना समेत जम्मा ९ भाग लगाई अंशबण्डाको कागज लेखी जबरजस्ती सही गराइयो । सो २०४०।२।२० को बण्डापत्र पास गराउन म र विपक्षीहरूको संयुक्त दर्खास्त लेखाई जबरजस्ती सहीछाप गराई कर्मचारी र प्रहरी साथ लगाई मा.पो.का. कैलालीमा पठाई २०४०।२।२३ मा पास गराइयो । ३. विपक्षी प्र.जि.अ. ज्यूलाई अंशबण्डाको कागज लेखी बण्डा छुट्याउने कुनै अधिकार छैन । विपक्षीहरूले मबाट अंश पाउने होइन । अंशबण्डा सम्बन्धी मुद्दा हेर्ने अधिकार विपक्ष प्र.जि.अ. ज्यूलाई छैन । तसर्थ उक्त काम कारवाही अ.बं. ३५ नं. ले बदरभागी छ । तसर्थ मिति २०४०।२।२० को अंशबण्डाको लिखत पास गराउन मालपोतमा परेको निवेदन र ०४०।२।२३ मा पास भएको समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश । ५. अंश भाग छुट्याई पाउँ भनी विदेशी थारू समेतको निवेदन परेको र झैझगडा भई शान्ति भंग हुने सम्भावना भएको भनी गा.पं.बाट लेखी आएको समेत हुँदा शान्ति सुरक्षाको दृष्टिले प्रहरीलाई पत्र लेखिएको र हाजिर हुन आएमा हक बेहकमा जान सुनाउनलाई उक्त कारवाही गरिएको हो । तर निज जोधु थारू हाजिर नभएको, त्यसपछि कुनै कारवाही गरिएको छैन । निवेदन जिकिर अनुसार कुनै कागज गराइएको छैन, पास गर्न प्रहरी खटाएको समेत छैन । जबरज