निर्णय नं. २२१८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२१८ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/१५ २३४८ निर्णय नं. २२१८ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं. ६२० मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : देवकी उपाध्यायनीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : स्याङजा जिल्ला चण्डी कालिका गा.पं. वडा नं. ९ गहते घर भै हाल सेतीदोभान गा.पं. वा.नं. ३ सेती दोभान बस्ने महमदसरिफ मियाँ फैसला भएको मिति : २०४१।१२।१५।५ मा § शंकाको भरमा अपराधी ठहर्‍याउन प्रमाण योग्य भएको नदेखिँदा शुरूले निजलाई ज्यान सम्बन्धीको १६ नं. अनुसार सजाय गरेको फैसला कानुनसंगत नदेखिने । (प्रकरण नं. २२) पुनरावेदक तर्फबाट : विद्वान बरिष्ठ सरकारी अधिबक्ता श्री केदार प्रसाद शर्मा प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पश्चिमाञ्चल क्षे.अदालतको फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो पतिदेव भुवानीप्रसाद गणेशपुर गा.पं. वार्ड नं. ६ ठूली बेसी आँधी खोलाको तिर मूलबाटोमा चियाको दोकान गरी बस्ने भएको म गाउँको घरमा बस्ने गरेको ०३८ साल बैशाख ३० गते राति नमालुम कुन समयमा कहाँका मानिस आई पतिदेवलाई कर्तव्य गरी मारेछन् कर्तव्यवालाको पत्ता लगाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने ०३८।१।३१ को देवकी उपाध्यायनीको जाहेरी दर्खास्त । ३. मृतक भुवानीप्रसादको बायाँ कानमा रगत आइरहेको दाहिने, कुम माथि घाँटीमा अं. १ अंगुल चौडाई २ अंगुल लम्बाई भएको, रातो डाम देखिएको लास नाङ्गो रहेको देखिएको भन्ने समेत ०३८।१।३१ को लास जाँच प्रकृति मुचुल्का । ४. श्वास गतिमा अवरोध भई मुचुल्का मृत्यु भएको भन्ने ०३८।१।३१ गतेको पोष्टमार्टम । ५. स्याङजा सेती दोभान गा.पं. वडा नं. ३ सेती दोभान बस्ने हाजिका हिलाको जेठो छोरा मुहमदसरिफ मियाँ र अरू नचिनेका २ जना समेत ३ जना भई ०३८ साल बैशाख २८ गते मेरो पतिदेवले दोकान गरेको ठाउँमा झै–झगडा गरी तँलाई आजको ३ दिनभित्र लास नपारी छाड्दैनौ भनी धम्की दिई गएका र पतिदेवको ०३८।१।३० गते राति कर्तव्यबाट मृत्यु भएकोले निज महमदसरिफ मियाँ र नचिनेको २ जना समेत ३ जनाले मेरो पतिदेवलाई कर्तव्य गरी मारेमा कारवाही गरिपाउँ भन्ने देवकी उपाध्यायनीको ०३८।२।१३ को जाहेरी दर्खास्त । ६. ०३८।१।३० गते राति भुवानीप्रसादलाई कर्तव्य गरी मारेका हुन् मार्नेमा धोती कन्नानी समेत केही नभएकोले मुसलमान जातिले नै मारेको शंका लाग्दछ को कसले मारे मलाई थाहा छैन भन्ने समेत हिमप्रसादले ०३८।२।१५ मा गरेका कागज । ७. ०३८।१।२८ गते बिहान हाजी काहिलाको छोरा जेठा र अरू नचिनेका २ जना समेत ३ जना सेती दोभानतर्फ गएको देखेको हुँ म भुवानी प्रसादको दोकानमा आउँदा मुसलमानहरुले भुवानीप्रसादसँग झगडा गरी दागा धरे भनी भुवानीप्रसादले भनेको निज कर्तव्यबाट मारिएको शंका लाग्छ भन्ने समेत ०३८।२।१५ मा इन्द्रबहादुरले प्रहरीमा गरेको कागज । ८. ०३८।१।२६ गतेदेखि ऐ. जेष्ठ २ गते सम्म म लुङखु देउरालीमा बसेको हुँ मैले भुवानीप्रसादलाई कर्तव्य गरी मारेको होइन म उपर किन जाहेरी दिएकी हुन् र इन्द्रबहादुरले किन शंका लाग्छ भन्ने समेत ०३८।१।२८ गते मृतक भुवानीप्रसादको दोकानमा गिलास माझ्ने सम्बन्धमा झगडा भई ३ दिनभित्र लास पार्छौ भनी दा