निर्णय नं. २८९१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८९१ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१५ २८१४ निर्णय नं. २८९१ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रि.नं. १५६० आदेश भएको मिति : २०४३।१०।१५।५ मा निवेदक : जि.पर्सा बसन्तपुर गा.पं.वार्ड नं. २ बस्ने अव्यादेवी कलवारनी विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी भू.सु.का.पर्सासमेत विषय : उत्प्रेषण (१) अधिकार क्षेत्रात्मक त्रुटि गरी गलत निकायमा पक्ष आफैं जान्छ र विलम्ब गरी रिट दायर गर्दछ भने पक्षले गरेको गल्तीबाट निजलाई नै फाइदा हुने गरी रिट क्षेत्रबाट मद्दत गर्न नसकिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४२।५।२३ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ । २. गोपाल शाहबाट नारायण शाहले मिति ०३६।१०।२३ मा खरीद गरी लिएको बसन्तपुर गा.पं.वार्ड नं. २ कि.नं.११९ ज.वि.०–५–० मैले नारायण शाहबाट ०४०।५।२४ मा फार्छे राजीनामा लिई भोगचलन गरी आएको र मैले लिँदा उक्त जग्गामा मोही नभएको हुँदा मैले नै जोत भोग गरी आएको छु । उक्त जग्गामा मोही कायम गरी पाउँ भनी नारायणदेवीले २०३१।१।१५ मा विपक्षी भू.सु.का.मा गोपाल शाहका नाउँमा उजूरी दिनु भएछ । बाली बुझेको रसीद साविक जग्गाधनीबाट मिलोमतो गरी लिएको हुुनु पर्दछ । मैले कबूलियत गरी दिएको र कमाउन समेत दिएको छैन । मैले जग्गा लिइसकेपछि सो उजूरी परेको हुँदा खारेज गरी पाउँ भन्ने मेरो दाता रामनारायणले ०४०।६।८ मा बयान गर्नु भएछ । ३. साविक जग्गाधनीले बाली बुझी लिएको भर्पाई पेश हुनआएको स्थानीय पञ्चायतमा कूत धरौटी राखेको निस्सा मिसिल सामेल रहेको र सरजमीनका बहुसंख्यकले नारायणदेवीले जग्गा जोती बाली लगाई आएको देखिन आएको हुँदा वादी दावी बमोजिम मोही कायम गरी दिने ठहर्छ भन्ने समेत विपक्षी भूमिसुधार कार्यालयबाट मिति ०४०।७।२८ मा निर्णय भएछ । ४. मिति ०४०।५।२४ मा उक्त जग्गा मैले खरीद गरी लिएकोमा मलाई बझ्दै नबुझी मेरो हकमा असर पर्ने गरी विपक्षी भू.सु.का.मा निवेदन दिएकोमा दरपिठ समेत गरिएन । सो सम्बन्धमा फैसला बदर हक कायम गरी पाउन जिल्ला अदालत समक्ष उजूर गर्दा मोही पनि विपक्षी भएकोले अ.बं.८६ नं. अन्तर्गत भू.सु.का.बाटै निर्णय हुने भनी पर्सा जि.अ.बाट खारेज भएको र ना.अं.अ.ले पनि सोही निर्णयलाई सदर भएकोले विपक्षी भू.सु.का.मा पुनः उजूर गरेकोमा मिति ०४०।७।२ मा मोही कायम हुने गरी निर्णय भइसकेको हुँदा पुनः कारवाही गर्न नमिल्ने भनी दरपिठ गरी दिनु भयो । ५. २०२१ साल पछिका जग्गामा कमाउन लिए दिएमा भू.सं.ऐनको दफा ३४(१) बमोजिम कबूलियत लिनु दिनु पर्दछ । कबूलियत नभएको अवस्थामा कूत बुझाएको वा धरौट राखेको आधारमा वा सरजमीनको आधारमा मोही कायम गर्न नमिल्ने भन्ने सम्मानीत अदालतबाट प्रतिपादित सिद्धान्त र प्राकृतिक न्याय सिद्धान्त समेतको प्रतिकूल हुने गरी मेरो जग्गामा विपक्षीलाई मोही कायम गर्ने गरेको भू.सु.का.पर्साको मिति ०४०।७।२८ को निर्णय र सो निर्णयलाई नै कायम राख्ने गरी मिति ०४२।४।२२।३ मा भएको दरपिठ आदेश समेत बदर गरी पाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ । ६. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मित